Free songs
Home / विचार / मेरो देशको सौन्दर्यभित्रका कुरुपताहरु

मेरो देशको सौन्दर्यभित्रका कुरुपताहरु

जीतबहादुर शाह

वीरेन्द्रनगर खाल्डोमा छ। यो खाल्डोलाई हेर्नका लागि यही खाल्डोमा बस्ने मानिसहरु कहिलेकाही उकालो लाग्छन्। उकालो चढ्ने क्रममा कटकुवा, गढी, बयलका“डा र रातानाङ्लासम्म पुग्छन्। त्यहा“ पुगेर आफै बसेको खाल्डोलाई हेर्छन्। आफै बसेको घर नियाल्न खोज्छन्। आफू हिडिरहेको बाटो र चोक ठम्याउन खोज्छन्। जेहोस, राम्रो देखिन्छ वीरेन्द्रनगरको खाल्डो त्यहा“बाट हेर्दा। यस्तो देखिन्छ कि हेर्दाहेर्दै खाल्डोमा फर्किदा हरेकलाई अवेर भइसकेको हुन्छ। बेलुकी पख ओरालो झर्ने क्रममा लोडसेडिङ नभएको सा“झ प¥यो भने त वीरेन्द्रनगरको खाल्डो झनै राम्रो देखिन्छ। स्वर्गका देवदूत र अप्सराहरु बस्ने कुनै सुन्दर, स्वर्णीम र रंगीन बस्ती देवपुरी जस्तै। यस्तै–यस्तै कारणले गर्दा माथि पुगेको मान्छेको मन हत्तपत्त खाल्डोमा ओर्लन मानिरहेको हुदैन। यसमा यत्ति मात्र नभएर कारणहरु अरु पनि छन्।

वीरेन्द्रनगरको खाल्डोबाट आठ किलोमिटर उकालो चढेपछि कटकुवा आउछ। यो सुर्खेतको पुरानो सदरमुकाम पनि हो। सडक बाटोबाट नदेखिने गरी यही कटकुवामा विपश्यना ध्यान केन्द्र छ। पाखोभरि थरिथरिका रुखबृक्ष र बुट्यानहरुले ढाकिएको छ। गर्मीको महसुस कहिल्यै ह“ुदैन त्यहा“। त्यही पाखोमा रहेको छ विपश्यना केन्द्र। उक्त केन्द्रमा कम्तिमा दश दिने ध्यान सेवा निःशुल्क उपलब्ध गराइन्छ। मानिसहरु देशविदेशबाट आउ“छन् ध्यान गर्नका लागि। ध्यान गर्नका लागि भन्दा पनि शान्तिको अनुभूति गर्नका लागि। एकाग्रतालाई धारण गर्नका लागि। त्यहा“का सञ्चालक एवं मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक राजेश गौतमस“ग त्यहा“ स्थित विपश्यना केन्द्रको बारेमा जानकारी लिदै गर्दा समेत शान्ति र अनुपम आनन्दको अनुभूति भयो। त्यही बसेर बा“की जिन्दगी बिताइदिउ“ कि झै लाग्यो मलाई त। यस्तै–यस्तै सोच्दै बाटो तताउने काम भयो वीरेन्द्रनगरको खाल्डोतिर।

अलि तल झर्दै गर्दा सडक छेउमा दुईजना मानिस रुखको छेउ लागेर बसिरहेका थिए। समयले झिसमिसे सा“‘‘झलाई स्वागत गर्ने तयारी गर्दै थियो। त्यति अ“ध्यारै भइसकेको थिएन। नजिक गएर हेरेपछि मान्छे चिन्न सकिन्थ्यो। नजिक पुगेपछि मान्छे त देखिए नै। मान्छेको अगाडि मालपानी राखिएका बोतल र गिलासहरु पनि देखिए। खाल्डोबाटै खल्तीमा मालपानी बोकेर उकालो चढेका होलान् सायद तिनीहरु। उकालो चढ्ने क्रममा पसिनाले निर्थुक्क भिजेपछि चिसो हावालाई शीतन बनाएर मालपानी चढाउ“दै थिए तिनीहरु। अर्थात उनीहरुको उकालो चढ्नुको दूरदृष्टि नै उकालोमा गएर मालपानी चढाउने नै थियो होला शायद।

त्यसको केही मिटर ओरालो झरेपछि फेरि अर्को दृश्य आ“खामा प¥यो। सडकको छेउमा मोटरसाइकल राखिएको थियो। मोटरसाइकलकै छेउमा एकजोडी केटाकेटी थिए। मैले देख्दा केटाको हातमा केही थिएन। केटीले भने चुरोटको सर्को तानेर धुवा“ उडाइरहेकी थिइन्। म त झसङ्ग भए“ यो दृश्य देख्दा। यो उमेर भइसक्यो मैले समेत त्यसरी चुरोट कहिल्यै तानेको छैन। ती सोरह सत्र वर्षकी नानीले यो के गरेको होला ? यो बानी कसरी सिकेको होला ? साझ पर्दै गर्दा त्यो जंगल किन रोजेको होला ? साथमा भएको केटो को होला ? उनको निम्ति दुव्यर्सनको साथी वा जीवनभरका लागि ? मैले त्यही उमेरकी मेरी आफ्नी छोरीलाई सम्झें। यति सोच्दासोच्दै हामी चढेको गाडी वीरेन्द्रनगरको खाल्डोस्थित हामी बस्ने घरको आगनमा पुगिसकेको थियो।

नजरमा परेका कतिपय वस्तु र घटनाले जीवनमा गहिरो प्रभाव छोडेर जान्छन्। मेरो नजरमा परेका उल्लिखित दृश्यहरुले पनि मभित्र पनि त्यस्तै प्रभाव छोडेका छन्। मलाई महसुस भएको छ, हाम्रो देश सुन्दर छ कटकुवाको विपश्यना ध्यान केन्द्रजस्तै। मानिसहरु खुशी खोज्न हाम्रो देशमा आउ“छन्। विपश्यना ध्यान केन्द्र जस्तै सुन्दर र शान्त थलोमा महिनौं बसेर ऊर्जा र सिर्जनाका साथ फर्किन्छन्। हामीले भने यति सुन्दर थलोलाई दुरुपयोग गरिरहेका छौं। कसैले यसलाई दुव्र्यसनको लागि उपयुक्त ट्रान्जिट प्वाइन्ट बनाइरहेका छौं। कसलै यसलाई मानव बेचविखनको उर्वर भूमि बनाइरहेका छौं। कसैले यसलाई रेमिट्यान्सबाट बा“च्ने देशको रुपमा विकास गर्न खोजिरहेका छौं। युद्धभुमि बनाउने चेष्टा पनि भइरहेको छ। भ्रष्टाचार र व्यभिचारको त उर्वर भन्दा पनि अति उर्वर थलो भइरहेको छ हाम्रो देश।

भ्रष्टाचारको नायकको रुपमा कर्मचारीलाई देखाइ“दैछ। के गरोस् विचरा कर्मचारी † राजधानीबाट मन्त्री जम्बो टिम ल्याएर आउछन्। राम्रा होटलहरुमा बस्छन्। बिल भुक्तानी नगरी राजधानी फर्कन्छन्। मन्त्री आफ्नो कार्यक्रममा आएकोे नाताले हाकिमले होटेलको बिल भुक्तानी गर्दछ। कतिपय अवस्थामा ब्यापारीहरुले पनि भुक्तानी गर्दछन्। एकाध मन्त्रीहरुले आफै पनि भुक्तानी गरेर जान्छन्। विचरा मन्त्रीको पनि विवशता होला। त्यत्रो टिमको खानपानको भुक्तानी गर्न मन्त्रीस“ग कमाइ छ कि छैन ? विकल्पमा कर्मचारीको हाकिम अघि सर्ने क्रममा भ्रष्टाचारको विजारोपण त्यहींबाट शुरु हुन्छ। त्यो बिलको भुक्तानी ब्यापारीले गर्ने हो भने कालोबजारीको शुरुवात पनि त्यहींबाट हुने गर्दछ। यो एउटा सानो दृष्टान्त मात्र हो। भ्रष्टाचार गर्ने र हुने कारणहरु धेरै छन् यो देशमा।

कर्मचारी त अहिले यति निरीह अवस्थामा छ कि देशको आधुनिक इतिहासमा कर्मचारीका निम्ति यो भन्दा उदासीन समय सायद आएको पनि थिएन र आउ“दैन पनि होला। कर्मचारीलाई जसले जे गरे पनि हुन्छ र जे भने पनि हुन्छ भन्ने मानसिकता हावी भएको छ। उसलाई आत्मनिर्भर भएर बा“च्नका लागि प्रोत्साहनका कुरा उठ्दैनन् कतै। कर्मचारीका निम्ति केही भलो हुने काम होला भन्ने सोच्दा पनि अनर्थ हुने बेला भएको छ अहिले। मन्त्रीले सचिवलाई दास सोच्ने। सचिवले तलकालाई दास सोच्ने। तलको कर्मचारी सवै हिसावले तलै हुन्छ भन्ने सोच्ने। माथिकाले उसको कुरा सुन्न त के, भेट्न पनि आवश्यक नठान्ने। त्यसमा पनि अझै कर्मचारीहरुलाई तीनवटा सरकार र भिन्नभिन्न समूहमा विभाजित गरेर उनीहरुभित्रै लडाउने। मलाई त लाग्छ, पहिलेजस्तै एउटै ऐन नियमभित्र बाधेर तीनै तहको सरकारको अनुभव लिने गरी कर्मचारीलाई सेवा गर्न अनिवार्य गरिदिएको भए समायोजनको यो नाटक मञ्चन गर्नुपर्दैनथ्यो होला सायद।

कोलम्बसले अमेरिका पत्ता लगाउनुपूर्व सुनका मूर्ति बनाइन्थे यो देशमा। त्यतिबेलै मानव विकासका लागि विशेष सभ्यता, संस्कार र शिक्षाको विकास भइसकेको थियो यो देशमा। तथापि अमेरिकाको सामु आज हाम्रो देशको कुरा गर्दा लाजले मुख ढाक्नुपर्ने अवस्था छ। यो कर्मचारीको कारणले भएको हो जस्तो लाग्दैन। देशको अगुवाइ गर्नेहरुको लाचारीका कारणले यस्तो भएको हो। सत्ताको कुर्सी पाएपछि सबैभन्दा अनुशासित, सजायको भागी, चरित्रवान र रोलमोडल आफै हुनुपर्छ भन्ने मानसिकता सत्तामा पुग्नेहरुले किन बनाउदैनन् ? किन अरुलाई मात्र औंलो ठड्याउछन् माथिकाहरु ? यसरी सानातिर मात्रै औंला ठड्याउने पाराले हुन्छ देशको समुन्नति ? यसरी हुन्छ रामराज्य ? घर बिग्रियो भने घरमुलीले जिम्मा लिनुपर्दैन ? पूर्वाधारको पनि पूर्वाधार भनिने शिक्षा क्षेत्र त झन यति ध्वस्त भयो कि त्यसको हिसाव समयले कुनै बेला गर्छ होला सायद।

प्रकृति र पूर्खाहरुले हामीलाई उपहारको रुपमा सुन्दर देश नेपाल दिएकोमा कुनै सन्देह छैन। तथापि हामी गतिला भएनौं। ध्यानकेन्द्र हुने ठाउ“लाई दुव्र्यसन केन्द्र बनाउने चक्करमा लाग्यौं। सुंगुरलाई स्वर्ग जाने कुरा गर्दा त्यहा“ आची पाइन्छ र ? भनेर सोधै झै हाम्रो मानसिकता भयो। जति माथि उडे पनि गिद्धले तल हेर्दा सिनो भन्दा अरुलाई ध्यान नदिएको झै प्रबृत्ति भयो। देशको सिंगो कर्मचारी जगत र शिक्षा जगतलाई हा“क्ने विधेयकहरुको बारेमा कुनै टुंगो लाग्न सकेको छैन। सबैले आ–आफ्ना स्वार्थका डम्फुहरु बजाइरहेका छन्। देशको स्वार्थका कुराहरु ओझेलमा परेका छन्। कसलाई कति अधिकार भन्ने कुरामै छिनाझप्टी भइरहेको छ। साच्ची म त अलमलमा छु। पशुपतिनाथको देश हो भन्छन्। पशुपतिनाथको देशमा सायद यसरी नै हुने होला कि विकास † सबैलाई चेतना भया।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top