Free songs
Home / समाचार / प्रमुख समाचार / सधैंको टाउको दुखाइ छाडा चौपाया

सधैंको टाउको दुखाइ छाडा चौपाया

 

आभास बुढाथोकी

घोराही । लमही–तुलसीपुरको मुख्य सडकखण्ड र बजार क्षेत्रमा छाडा चौपायाको रजाइ“ छ यतिबेला। अहिले बजारमा छाडिएका चौपायाहरु बीच सडकमा मस्त देखिन्छन् भने बजारवासी, व्यापारी र ट्राफिक प्रहरी चौपाया धपाउन व्यस्त छन्।

दाङका मुख्य बजार लमही, घोराही र तुलसीपुरका सडकमा यत्रतत्र बसेका छाडा चौपाया यतिबेला सबैको टाउको दुखाइको विषय बनेका छन्। राजमार्ग सडकखण्ड र बजार क्षेत्रमा छरिएर रहेका चौपायाको गतिविधिले व्यापारी र बजारवासी आजित छन्। उसो त बीच सडकमा रजाइ“ गरिरहेका छाडा चौपायाले सडक दुर्घटनाको जोखिम बढाएका छन् भने सडक नै जाम बनाएका छन्।

‘गुड्दै गरेको गाडी अघि चौपाया आइपुग्छन्। दुर्घटनाको सम्भावना ह्वातै बढेको छ’– चालक श्याम रावत भन्नुहुन्छ–
‘कति बेला के हुने हो पत्तो छैन।’ बीच सडकमा गएर बसेका चौपायाका गतिविधिले गाडीबाट झरेर धपाउनुपर्ने बाध्यता भएको उहा“ बताउनुहुन्छ। बजारमा सवारी आवागमनमा कठिनाइ र दुर्घटनाको जोखिम ह्वात्तै बढेको भन्दै छाडा चौपाया तत्काल व्यवस्थापना गर्नुपर्ने उहा बताउनुहुन्छ।

छाडा चौपाया व्यापारीका लागि त झन् टाउको दुखाइ बनेका छन्। ‘व्यापार कम र धपाउने काम बढी भएको छ अहिले’– व्यापारी हेमराज गौतम भन्नुहुन्छ– ‘एक पटक धपाएर हु“दैन। पटक–पटक धपाउ“दा हैरान भइसकें।’ यता, दिनभर ट्राफिक व्यवस्थापनका लागि उभिएका ट्राफिक प्रहरी पनि छाडा चौपायाले आजित छन्। ट्राफिक व्यवस्थापनका लागि खटिए पनि चौपाया धपाउने काम भएको एक ट्राफिक प्रहरीले बताए। ‘सडकका चौपाया हटाउनमै ठीक्क छ’– उनले भने– ‘नधपाए सडक दुर्घटना हुनसक्ने प्रवल सम्भावना रहन्छ। नधपाएर सुखै छैन।’ सडकमा हि“ड्ने सर्वसाधारणलाई त झन सास्ती दिएका छन्।

सडक चौपाया व्यवस्थापन स्थानीय तहलाई झन् टाउको दुखाइको विषय बनेको छ। व्यवस्थापन गर्न भन्दै जिम्मा दिने तर फेरि सडकमै आइपुग्ने प्रवृत्तिले टाउको दुखाइ बनेको छ। स्थानीय तहले पटक–पटक छाडा चौपाया व्यवस्थानका लागि बजेट छुट्याउ“दै आए पनि दीर्घकालीन व्यवस्थान हुन सकेको छैन।

गत वर्ष घोराही उपमहानगर, तुलसीपुर उपमहानगर र लमही नगरपालिकाले गरी छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै कुल आठ लाख छुट्याएका थिए। घोराही उपमहानगरपालिकाले छाडाचौपाया नियन्त्रण गरी करिब १० वटा गाई कृषक समूहलाई हस्तारणका गराएको थियो भने दुई ट्रक गाई तथा छाडा चौपायाहरुलाई रिहारमा पु¥यायो। त्यसस“गै गत वैशाखमा राप्ती अर्गानिक कृषक गौशाला तथा विविध पशुपालन समूहलाई ९४ वटा गाई जिम्मा लगाइयो। तर तीन महिना नहु“दा ती गाई पुनः सडकमै आइपुगे।

त्यस्तै लमही नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि भनेर ४४ गाई कपिलवस्तुको गौशालामा पठाएको थियो भने तुलसीपुर उपमहानगरपालिकाले पनि गतवर्ष गाई संरक्षण केन्द्रलाई पा“च लाख दियो।

‘बजारमा देखिएका छाडा गाई व्यवस्थापनस“गै संरक्षणका लागि पा“च लाख रुपैया“ छुट्याएर व्यवस्थापन ग¥यौं’– तुलसीपुर उपमहानगरपालिका वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने भन्नुहुन्छ– ‘वर्षदिन नपुग्दै छाडा चौपायाहरु फेरि सडकमा आइपुगेका छन्।’ छाडा चौपाया नियन्त्रण लागि पटक–पटक प्रयास भए पनि केही समयपछि पुन ः सडकमा आइपुग्दा टाउको दुखाइ भएको जनप्रतिनिधिहरु बताउछन्।

घोराहीका गाईगोरु चाक्लीघाटमा

 

घोराही, २१ साउन (युस)– घोराही उप–महानगरपालिकाले बजार क्षेत्रमा आएका पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ। लामो समयदेखि समस्याका रुपमा रहेका छाडा पशुचौपायालाई उपमहानगरको वडा नम्बर २ चाक्लीघाटमा गौशाला बनाएर व्यवस्थापन थालेको हो।

स्थानीयवासीहरुलाई रेखदेख गर्ने जिम्मा दिदै उपमहानगरले मंगलवारबाट बजारमा रहेका छाडा गाइगोरुलाई चाक्लीघाट लगेको छ। तत्काललाई अस्थायी संरचनाहरु बनाएर व्यवस्थापन गर्न थालिएको र छिट्टै दिगोरुपमा गाईगोरुलाई राख्ने  गरी गौशालाको सोच बनाएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो।

चाक्लीघाटकै स्थानीयलाई ती गाईगोरुको जिम्मा दिएको उपमहानगरले आवश्यक संरचना निर्माण, रेखदेखको व्यवस्थापन, सम्बन्धित स्थानमा गाईगोरु पु¥याउने खर्च व्यहोरेको छ। मंगलवार तीनवटा ट्रकमार्फत उपमहानगरले करिब एक सय गाईगोरुलाई चाक्लीघाट पठाएको छ। गौशालामा रहने गाईहरुबाट दूधको कारोवार, मलमूत्र संकलन गरेर बिक्री गर्ने सोचका साथ स्थानीयहरुले गाईगोरु पाल्ने जिम्मा लिएका हुन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top