Free songs
Home / फिचर समाचार / ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

 सागर रिजाल

प्युठान। प्युठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने भएको छ। नगरक्षेत्रमा रहेका वासिन्दालाई स्वास्थ्यको पहु“चमा पु¥याउन नगरपालिकाले पँचौं नगरसभाबाट यो निर्णय पारित गरेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो। नगर क्षेत्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य पहिचान, उपचार तथा सचेतना जगाउने उद्देश्यसहित यो निर्णय गरिएको नगरप्रमुख कक्षपतिले बताउनुभयो।

सेवाको सोमवार प्युठान नगरपालिका–३ डा“डागाउ“बाट शुभारम्भ गरिएको छ। नगरका १० वटै वडामा यो कार्यक्रम गरिने नगरप्रमुख कक्षपतिले बताउनुभयो। ‘ज्येष्ठ नागरिकलाइ विकासको अनुभूति दिलाउन यो सेवा सुचारु गरेका हौं’– नगरप्रमुख कक्षपतिले भन्नुभयो– ‘नगरका १० वटा स्वास्थ्य संस्थाबाट यो सेवा प्रवाह गर्छौं। गरिबी तथा जनचेतनाको कमीले गर्दा ज्येष्ठ नागरिकहरु स्वास्थ्य संस्था जानुहुन्न। ज्येष्ठ नागरिकलाई स्वास्थ्यको पहु“चमा राख्न यो अभियान शुरुवात गरेका हौं।’

बिरामी पत्ता लगाउने अभियान

नगरपालिकाले यो कार्यक्रम मार्फत नगरपालिकामा कस्ता खालका बिरामीहरु छन् भन्ने थाहा हुने नगरप्रमुख कक्षपतिले बताउनुभयो। स्वास्थ्य अवस्थाको स्थिति, तथ्यांक संकलन, जनताको अवस्था पत्ता लगाइने कक्षपतिले बताउनुभयो। नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्याएको छ। स्वास्थ्य संस्थाको एकजना कर्मचारीलाई दैनिक दुईसय रुपैया“ भत्ता दिई घरमै सेवा दिन पठाउने छौं’– कक्षपतिले भन्नुभयो– ‘ कर्मचारी नपुगेमा र दिन नपुगेमा बढाउने योजना छ।’

ज्येष्ठ नागरिकस“गै अरु बिरामीलाई पनि स्वास्थ्य सेवा दिइने नगरप्रमुख कक्षपतिले बताउनुभयो। स्वास्थ्यको पहुच बृद्धि गर्न, निजीमा उपचार गराउने बिरामीलाई निःशुल्क औषधिको बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको उहाले बताउनुभयो।
सेवाको शुभारम्भमा डाडागाउकी ६८ वर्षीया शान्तादेवी कुमालको स्वास्थ्य जा“च गरिएको थियो। सापडाडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, नगरप्रमुख, वडा अध्यक्ष, वडा सदस्यलगायतको उपस्थितिमा उहा“को स्वास्थ्य जाच गरिएको हो। जाचमा कुमालको ब्लड प्रेसर र आ“खाको समस्या देखिएको सापडा“डा स्वास्थ्य चौकीका इञ्चार्ज गोविन्दराज घिमिरेले जानकारी दिनुभयो। उहा“लाई भिटामिन सी, स्वास्थ्य शिक्षा र थप औषधिका लागि स्वास्थ्य संस्थामा सम्पर्कका लागि अनुरोध गरेको उहाले बताउनुभयो।

क्षयरोगका बिरामी बढी प्युठान नगरपालिका–३ मा क्षयरोगका बिरामी बढी रहेको एक तथ्यांकले बताएको छ। आर्थिक वर्ष ०७५/०७६ मा यस वडामा ३४ जना क्षयरोगका बिरामी भेटिएको सापडाडा स्वास्थ्य चौकी प्रमुख गोविन्दराज घिमिरेले जानकारी दिनुभयो। डाडागाउमा पनि तीनजना क्षयरोगका बिरामी भेटिएका र औषधि उपचार भएको उहाले बताउनुभयो । औषधि पूरा नखाने, सरसफाइको कमी, खानपानको समस्यालगायतले गर्दा क्षयरोगका बिरामी बढेको उहा“ले बताउनुभयो। घरमै दिने सेवाले यस्ता रोगमा कमी ल्याउन मद्दत पुग्ने विश्वास लिएको उहा“ले बताउनुभयो। वडा नम्बर तीनमा २० वर्षमुनिका १७ जना गर्भवती रहेको उहाले बताउनुभयो।

वडाले चेतनामूलक कार्यक्रम गर्ने
प्युठान नगरपालिका वडा नम्बर तीनले वडाका वासिन्दालाई स्वास्थ्य जागरण फैलाउन चेतनामूलक कार्यक्रम गर्ने वडाध्यक्ष प्रेमबहादुर हमालले बताउनुभयो।

वडाबाट यो कार्यक्रमका लागि एक लाख ५० हजार रुपैया बजेट विनियोजन गरेको उहाले बताउनुभयो। त्यस्तै वडाले स्वास्थ्य संस्थामा गर्भवती हुने महिलालाई थप एक हजार रुप‘या दिने निर्णय गरेको छ। पहिलेदेखि पाउदै आएको दुई हजार आठ सय रुपैयामा थप एक हजार दिइने वडाध्यक्ष हमालले बताउनुभयो। ५ नम्बर प्रदेश सरकारले ८४ वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगी स्वास्थ्य सेवा दिने कार्यक्रम अगाडि बढाइरहेको समयमा प्युठान नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम जिल्लामै नौलो हो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top