Free songs
Home / समाचार / प्रमुख समाचार / सयौं युवायुवती गैरकानुनी नेटवर्किङमा, दाङ, सल्यान र कैलालीका ४४ जना नियन्त्रणमा

सयौं युवायुवती गैरकानुनी नेटवर्किङमा, दाङ, सल्यान र कैलालीका ४४ जना नियन्त्रणमा

 कुमार श्रेष्ठ

बाके। नेपाली युवायुवती भारतीय नेटवर्किङ कम्पनीमा फसिरहेको पाइएको छ। ओरियन्स नामक कम्पनीले विभिन्न जिल्लाका युवायुवतीलाई प्रलोभनमा पारेको हो।

कम्पनीको सदस्यता र सामान बेचेवापत राम्रो कमिसन पाइने लोभमा युवायुवती फसिरहेका हुन्। यसरी फस्नेमा प्रायःजसो ११ र १२ कक्षा पढ्दै गरेका युवायुवती छन्। शुरुमा सदस्यता दिलाउने र चार दिनको आधारभूत प्रशिक्षण दिने गरिएको छ। प्रशिक्षणपछि उनीहरुलाई अरुलाई सदस्यता बनाउन र सामान बेच्न पठाउने गरिन्छ। युवायुवतीलाई सदस्य बनाउने, प्रशिक्षण दिने काम भारतीय शहरमा हुने गरेको छ। सामान भने नेपाल र भारत दुबैतिर बिक्री गर्ने गरिन्छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा बाके प्रहरीले सोमवार सीमावर्ती शहर रुपैडिहाबाट ओरियन्स कम्पनीको प्रशिक्षणमा बसेका ४४ जना युवायुवतीलाई नियन्त्रणमा लिएपछि वास्तविकता बाहिर आएको छ। रुपैडिहामा छात्रावास खोलेर दाङ, कैलाली र सल्यानका युवायुवतीलाई प्रशिक्षण दिने काम भइरहेको थियो। दाङका २९, कैलालीका ११ र सल्यानका चारजना युवायुवतीलाई बाके प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

बाके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले ठूलो संख्याका नेपाली युवायुवतीलाई रुपैडिहामा राखेर प्रशिक्षण दिने गरेको सूचनाका आधारमा भारतीय प्रहरीस“ग मिलेर छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो। उहा“का अनुसार, नियन्त्रणमा लिइएका सबैस“ग सोधपुछपछि युवतीहरुलाई माइती नेपालमा पठाइएको छ।

ओरियन्स कम्पनीले शुरुमा युवायुवतीलाई सदस्य बनाउने गर्दछ। फाराम भरेको दुई हजार पाच सय लिन्छ। सदस्यता दुई प्रकार हुन्छन्, टुडी र थ्रीडी। टुडी बनेपछि ३४ हजार रुपैया“ तिर्नुपर्छ। थ्रीडी बन्दा एक लाख रुपैया“ बुझाउनुपर्छ। जस्तो, टुडी सदस्य बनेका व्यक्तिले पैसा बराबरको औषधि पाउछन्। त्यो औषधि घरपरिवारलाई खुवाउने या अरुलाई बेच्ने उसको हातमा हुन्छ। एकजनाले दुईजना सदस्य बनाउनुपर्छ। एकजना सदस्य बनाएवापत १० प्रतिशत उसले पाउ“छ। जस्तो, थ्रीडीवाला सदस्य बनाएमा उसले २० हजार पाउछ।

‘आफू स्वस्थ रहौं, अरुलाई पनि स्वस्थ बनाऔं’ ओरियन्सको मूल नारा रहेको छ। ओरियन्सले शुरुमा रुपैडिहामा प्रशिक्षण दिने, त्यसपछि बहराइच, दिल्ली र चेन्नइमा प्रशिक्षण दिने पक्राउ परेकाहरुले बताएका छन्। ओरियन्सले उत्पादन गरेका आयुर्वेदिक औषधिहरु हुन्।

ओरियन्सको दाङको तुलसीपुरमा कार्यालय रहेको छ। एसपी ओलीले रुपैडिहा, बहराइच, दिल्ली, चेन्नई हु“दै खाडी मुलुकसम्म मार्केटिङ गर्न युवतीहरुलाई पठाउने आशंका गर्नुभयो। ‘यो त एकप्रकारले मानव तस्करी नै हो, मैले राम्ररी बुझ्दैछु’– एसपी ओलीले भन्नुभयो– ‘कमिसनको नाममा युवायुवतीलाई फसाउने काम भइरहेको छ।’

भारतमा एकताका ताज, फेसन र विन–विन नामक यस्ता नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई यसरी नै ठग्ने गरेका थिए नेपालमा युनिटी जसरी।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top