Free songs
Home / विचार / अमेरिकाको अनुभव–१

अमेरिकाको अनुभव–१

रमेशकुमार अधिकारी

म केही समयदेखि अमेरिकामा छु। यो मेरो दोस्रो भ्रमण हो। पहिलो पटक सन् २००५ को अप्रिल महिनामा अमेरिका आएको थिए“। त्यस बखत म नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयमा सेवारत थिए“। अमेरिकी सरकारको प्रतिष्ठित कार्यक्रम इन्टरनेशनल भिजिटर्स लिडरसिप प्रोग्राम (आइभिएलपि) का लागि अमेरिकी सरकारबाट छनोटमा परेर अमेरिका आउने अवसर मिलेको थियो। ‘अनलाइन मिडिया’ विषयमा प्रोग्राम निर्धारित थियो। अमेरिकी सरकारको डिपार्टमेण्ट अफ स्टेटस्ले तय गरेको तालिकाबमोजिम वासिङ्गटन, न्यूयोर्क, फ्लोरिडा, आइवा र क्यालिफेर्निया राज्यका विभिन्न शहरमा आयोजित कार्यक्रममा तीन हप्तासम्म सहभागी भएर नेपाल फर्केको थिए।

उक्त कार्यक्रमले मलाई मिडियाका आधारभूत मूल्यमान्यताको ज्ञान हासिल गर्न र अझ बढी मिडिया फ्रेण्डली हुन उत्पे्ररित गरेको हो। साथै अमेरिकाको विकास, आधुनिकता र सम्पन्नतालाई पहिलो पटक प्रत्यक्ष अनुभव गर्ने मौका मिलेको थियो ।

यस पटकको अमेरिका भ्रमण नितान्त पारिवारिक हो। यस भ्रमणमा मेरी जीवनसङ्गिनी सुशीला साथमा छिन्। हाम्री प्रिय छोरी प्रतीक्षा र सहृदयी जुवाइ“ सुरेन्द्रराज शर्मा– दुबैजना द युनिभर्सिटी अफ साउदर्न मिसिसिपिमा विज्ञान संकायमा पिएचडी स्टुडेण्टको आमन्त्रणमा यो भ्रमण सम्भव भएको हो। हाम्रो बसाइ मिसिसिपि राज्यको ह्याटिसबर्ग शहरमा छ। प्रिय छोरी, जुवाइ“ र नाति सामिप्यको साथमा यहा“को बसाइ अत्यन्त आनन्दमय छ।

यहा“ आएपछि क्रमशः अध्ययनका लागि अमेरिका आएका नेपाली विद्यार्थी र यतै बसोवास गरेका नेपाली समुदायस“ग परिचय र आत्मीयता बढिरहेको छ। यहा“ युनिभर्सिटि अफ साउदर्न मिसिसिपिमा विज्ञान संकायमा पिएचडी स्टुडेण्ट तथा नेप्लीज स्टुडेण्ट्स एशोसियसनकी पे्रसिडेण्ट विदुषि शान्ति पाण्डेकोे आमन्त्रणमा विभिन्न कार्यक्रममा सहभागी हुने अवसरसमेत जुरेको छ। यहा“ रह“दै गर्दा अमेरिकाका अन्य शहरमा भ्रमण गर्ने कार्य पनि भइरहेको छ।

अमेरिका बसाइमा केही सिकौं भन्ने उद्देश्यबाट मैले समयको उपयोग गरिरहेको छु। खासगरी यहा“को समाज र सिष्टमलाई अध्ययन÷अवलोकन गर्ने कोसिस गरिरहेको छु। यस क्रममा केही अनुभवहरु जम्मा भएका छन्। बसाइ अवधिभर थप अनुभवहरु पनि हासिल हु“दै जानेछन्। यसप्रकार जम्मा भइरहेका आफ्ना अनुभवहरुलाई यथाप्रसंग नेपालको सन्दर्भ जोडेर प्रिय पाठकहरु समक्ष क्रमशः पस्कदै जाने उद्देश्य राखेर यो लेख तयार गरेको छु। यो क्रम केही समयसम्म जारी रहने छ।

अनुभवको कुरा गर्दा सर्बप्रथम यहा“को दैनिक जीवनमा प्रविधिको सङ्गतलाई उल्लेख गर्न चाहन्छु। मिसिसिपि राज्यको ह्याटिसबर्ग शहरमा हाम्रो बसोवास छ। हामी बसेको घरमा सानो गुगल उपकरण राखिएको छ। सो उपकरणस“ग दोहोरो संबाद गर्न सकिन्छ। हे गुगल, हाउ इज वेदर टुडे ? भनेर प्रश्न ग¥यो भने उक्त उपकरणले सो दिनको मौसम पूर्वानुमान सुमधुर स्वरमा सुनाउ“छ। गुगललाई बेरीमा संग्रहित ज्ञानमा आधारित भएर सोधिएका जुनसुकै प्रश्नमा उत्तर दिएको सुनेर म अचम्मित भइरहेको छु। आर्टिफिसियल इन्टेलिजेन्सको यो सहज सुविधाले हरेक व्यक्तिको गुरु बन्न पुगेको छ गुगल। प्रविधिको यो सुविधाले वल्र्ड वाईड वेव पेजमा गएर जानकारी लिनुपर्ने कुरालाई सरल, शीध्र र सहज बनाइदिएको छ। यो सुविधा मोबाइलएप्सका माध्यमबाट पनि उपयोग भइरहेको छ।

वास्तवमा यहा“कोे दैनिक जीवनमा प्रविधिको उपयोग यति अपरिहार्य भएको देखिन्छ कि व्यक्ति हरहमेसा इन्टरनेट प्रविधिस“ग जोडिन अनिवार्य छ। चाहे कुनै विषयमा जानकारी लिन होस् वा कुनै सार्वजनिक निकायबाट सेवा पाउन होस् अथवा बजारबाट सामान किनमेल गर्न होस् वा कुनै अपरिचित ठाउ“मा पुग्न होस् प्रविधिको साथले सहज बनाइदिएको छ यहा“को दैनिक जीवन।

सार्वजनिक निकायहरुबाट सेवा पाउन निवेदन गर्ने काम अनलाइनबाटै गर्न सकिन्छ। शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्ने लगायतका काम घरबाटै गर्न सकिन्छ। सेवाप्रदायक निकायले बुझ्नुपर्ने सबै कुरा अनलाइनबाटै बुझ्ने गर्दछन्। सम्बन्धित निकायबाट आउनुपर्ने कागजातको आधिकारिक प्रति भने हुलाकबाट आफ्नो मेल बक्समा आउने व्यवस्था छ। यसरी अनलाइन सेवा र हुलाक सेवाको तालमेल पनि यहा“ अत्यन्त प्रभावकारी देखिन्छ।

व्यक्ति, बैंक र बजारबीचको त्रिपक्षीय सम्बन्धलाई पनि प्रविधिले अत्यन्त सहज बनाएको महसुस हुन्छ। प्रविधिको प्रयोग सुरक्षित, शीघ्र र किफायती भएकाले अमेरिकी समाजमा अनलाइन सेवाको उपयोग दैनिक जीवनको अभिन्न अङ्ग भएको देखिन्छ। घरैमा बसीबसी बजारमा कुन स्टोरमा कुन ब्राण्डका कस्ता सामान कति मूल्यमा उपलब्ध छन् र तिनमा कुनै डिस्काउण्ट अफर वा स्किम छ छैनलगायतका जानकारी लिन, मन परेको सामान रोज्ने काम गर्न, आपूर्तिका लागि अर्डर गर्न, मूल्य भुक्तानी गर्न र सामान घरैमा डेलिभरी हुने व्यवस्था गर्न सकिन्छ।

अमेरिकामा अनलाइन सपिङको सेवा दिने स्टोरहरु धेरै रहेछन्। तर अहिले अमेजन कम्पनीको अफर, स्तरीयता, विविधता र सस्तो मूल्यका कारण यसको बजार पकड निकै बलियो छ। अनलाइनबाट सामान अर्डर र भुक्तानी पठाएपछि सो कम्पनीले जहिले डेलिभरी दिने समय दिएको हुन्छ सो समयमा सामान आइपुग्छ। अर्डर गरेको सामान कहा“ आइपुग्यो भनेर चेक गर्न पनि मिल्ने रहेछ। यसरी गरिने कारोवार शतप्रतिशत सुरक्षित, विश्वसनीय र सामानहरु गुणस्तरीय छन् भन्नेमा उपभोक्ता ढुक्क भएको पाइन्छ।

निजी सवारी साधनको प्रयोग गरेर यात्रामा निस्कदा पुग्ने ठाउ“को ठेगाना मोबाइलमा रहेको एप्समा सेट गरेर सो एप्सले मिठो बोलीमा गाइड गरे अनुसार सडक पछयाउ“दै जा“दा ठ्याक्कै सेट भएको ठेगानामा पुगिने रहेछ। ठूला शहरका बाख्ला बस्तीभित्रका ठेगानामा पुग्न प्रविधिले पु¥याएको सहयोगले जीवनयापनलाई अत्यन्त सरल बनाएको महसुस हुन्छ। समयको महत्व बुझेको व्यस्त अमेरिकी समाजमा प्रबिधिमा आधारित जीवन जीउने तरिका आउ“दा दिनमा अझ व्यापक हु“दै जाने देखिन्छ। यस सन्दर्भमा नागरिक, सरकार र बजार बीचको विश्वासलाई बलियो बनाउन र कारोवारलाई सुरक्षित, सदृढ र सहज बनाउन विशेषतः प्रविधिको सुविधा उपलब्ध गराउने सेवा प्रदायक, बजारको प्रतिष्पर्धी क्षमता र उपभोक्ता हितप्रतिको इमानदारिता, नागरिकले निर्धक्क भएर रहरले प्रविधिको प्रयोग गर्ने बानीका बीच सरकारको प्रभावकारी नियमन प्रणालीले स्थापित गरेको अटुट सम्बन्ध र गहिरो विश्वास उदाहरणीय छ। यस सन्दर्भमा अमेरिकामा कानुनको शासन अत्यन्त सुदृढ र सशक्त छ भन्ने कुरा पाइलापाइलामा महसुस गर्न सकिन्छ।

अब म पाठकहरु समक्ष यहा“ आए पछिको पहिलो औपचारिक कार्यक्रममा सहभागी भएको सन्दर्भ उल्लेख गर्न चाहन्छु। २९ मार्च २०१९ अर्थात चैत्र १५, २०७५ का दिन यहा“को द युनिभर्सिटी अफ साउदर्न मिसिसिपिमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको संगठन नेप्लीज स्टुडेण्ट्स एशोसिएसनले फुड फेयरको आयोजना गरेको थियो। सो कार्यक्रममा सहभागी हुने शौभाग्य मिल्यो। उक्त फुड फेयरमा एशिया, दक्षिण अमेरिका, अफ्रिकाका विभिन्न मुलुकलगायत अमेरिकाको मौलिक परिकारहरुको प्रदर्शन गरिएको थियो। परिकारहरु विद्यार्थीहरुले आफ्नै हातले तयार पार्नुभएको थियो। परिकारहरु इच्छाअनुसार ग्रहण गर्न सकिने प्रबन्ध थियो। पाहुनाहरुले नेपाली परिकारहरुप्रति विशेष रुचि राखेर मिठो मानीमानी खाएको देख्दा नेपाली परिकारमा मौलिक आकर्षण भएको अनुभव भयो। सो कार्यक्रममा नेपाली बिद्यार्थीहरुको एकता, सहयोग र सिर्जनशीलताको राम्रो परिचय बनेको देख्न सकिन्थ्यो। पोष्ट डक्टरेट, पिएचडी, ग्य्राजुयट तथा अण्डर ग्य्राजुयट गरी करिव ७० जना नेपाली विद्यार्थीहरु द युनिभर्सिटी अफ साउदर्न मिसिसिपिका विभिन्न संकायमा अध्ययनरत रहेको र सबैको पर्फर्मेन्स उच्च रहेको जानकारी पाउ“दा असाध्यै खुशी लाग्यो।

नेप्लीज स्टुडेण्ट्स एशोसिएसनले आयोजना गरेको अर्को एउटा कार्यक्रममा पनि सहभागी हुने अवसर मिलेको छ। सो बारेमा अर्को लेखमा प्रकाश पार्नेछु। अहिले भने यहा द युनिभर्सिटी अफ साउदर्न मिसिसिपिमा अध्ययनरत युवा विद्यार्थीहरुस“ग शिक्षा प्रणालीका बारेमा मैले गरेको कुराकानीको सारलाई उल्लेख गर्न चाहन्छु ।

उहा“हरुको भनाइ छ– ‘शिक्षाले मानिसलाई असल, योग्य र सर्जक बनाउ“छ। संसारको अहिलेसम्मको सभ्यताको विकास मानिसकै सिर्जनात्मक प्रतिभा र पौरखले सम्भव भएको हो। शिक्षित समाजको अभावमा विकसित र समृद्ध राष्ट्रको सपना साकार बन्न सक्दैन।
अन्य मुलुकबाट अमेरिका आउनेहरुका लागि अध्ययन गर्न अत्यन्त अनुकूल वातावरण छ। यहा“ सहज विषय स्थानान्तरण, विश्वस्तरीय मान्यता र योग्यता सुहाउ“दो सेवा गर्ने अवसरले गर्दा विद्यार्थी सधै तनावरहित भएर अध्ययन गर्न सक्छन्। यहा“ इच्छा भइञ्जेल पढन सकिन्छ। आर्थिक समस्याले अध्ययन रोकिदैन। पर्फमेन्स बेस्ड छात्रबृत्तिको व्यवस्था छ। सरकारले दिएको परिचयपत्रका आधारमा बैंकहरुले क्रेडिट कार्ड दिन थाल्छन्। इमानदार र मेहनतीका लागि अवसर र इज्जत उपलब्ध छ।

उचित शिक्षाको अवसर पाए भने हरेक नेपाली उत्कृष्ट प्रतिभा बन्न सक्छन्। राज्यले शिक्षामा यथेष्ट लगानी गर्नुपर्दछ। वर्तमान विश्व प्रतिस्पर्धाको युगमा नेपाल सरकारले शिक्षालाई विश्वस्तरीय बनाउन जोड दिनुपर्दछ। राज्यले सबै नेपालीलाई सहज र सुलभ रुपमा शिक्षा हासिल गर्न पाउने अवसर प्रदान गर्नुपर्दछ। आधुनिक विषयहरुलाई विस्तार गर्न आवश्यक छ। अनुसन्धानमा आधारित शिक्षामा जोड दिनुपर्दछ। विदेशमा अध्ययन गरेर स्वदेशमा सेवा गर्ने रहर हरेक नेपालीमा हुन्छ। देशको विकास र समृद्धिका लागि राज्यले शिक्षित नेपाली जनशक्ति नेपालमा उपयोग हुने स्थिति बनाउन जरुरी छ।’ आजलाई यत्ति।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top