Free songs
Home / फिचर समाचार / करेन्ट लगाएर माछा मारे कारवाही

करेन्ट लगाएर माछा मारे कारवाही

 दशरथ घिमिरे

देउखुरी। वडा प्रहरी कार्यालय लमहीले केही महिनाअघि मध्यनगरस्थित राप्ती नदीमा करेन्ट लगाएर माछा मार्दै गरेका छजनालाई पक्राउ ग¥यो। उनीहरुमाथि कारवाहीका लागि मुद्दा दर्ता गरियो।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई जरिवाना ग¥यो। प्रहरीले अप्राकृतिक तरीकाले माछा मार्ने कार्यलाई निरुत्साहित बनाउन थालेको छ। करेन्ट लगाएर माछा मार्ने कार्यमा संलग्नहरुमाथि कारवाही गर्न थालेपछि करेन्ट लगाएर माछा मार्ने कार्यमा कमी आएको छ।

वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रहरी प्रमुख पुरान मल्लले आफ्नो क्षेत्रभित्र पर्ने कुनै पनि खोला, नदी तथा कुलोमा अप्राकृतिक तरीकाले माछा मार्ने कार्यलाई रोकिएको बताउनुभयो।

‘हाम्रो क्षेत्रमा अप्राकृतिक तरीकाले माछा मार्ने गरेको देखेमा तत्काल खबर गर्नुस्। हामी कानुनी दायरामा ल्याउ“छौं’– उहाले भन्नुभयो– ‘जलचर ऐनमार्फत कारवाही गर्दै आएका छौं।’ जलीय जैविक विविधताको संरक्षणका लागि प्रहरीले थालेको यो अभियान सकारात्मक छ। पछिल्लो समय जलीय जैविध विविधताको संरक्षणमा नीति निर्माण गर्ने तहदेखि कार्यान्वयन गर्ने तह दुबै सक्रिय छन्।

प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्रदेश सरकारले जलीय जैविक विविधता संरक्षणका लागि आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल वातावरण पत्रकार समूहले लमहीमा आयोजना गरेको पानी छलफलमा प्रमुख जवाफदेही वक्ता रहनुभएका शर्माले प्रदेशभित्रका जलाधार क्षेत्रहरुको पहिचान गरी गुरुयोजना बनाई बहुउद्देश्यीय उच्च बा“धहरूलाई प्राथमिकता दिई जलस्रोतका अन्य आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखिएको बताउनु भयो।

यस्तै राजपुर गाउ“पालिकाका अध्यक्ष मछुवारा समूहमा आवद्ध लक्षित वर्गको वैकल्पिक रोजगारीको लागि बजेट बिनियोजन गरेको बताउनुभयो। परस्परागत पोखरी, सिमसार क्षेत्रको संरक्षण, नया“ रिचार्ज पोखरी बनाउन २५ लाख बजेट बिनियोजन गरिएको बताउनु भयो।

राप्ती गाउ“पालिकाका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले मध्य राप्ती जलाधार क्षेत्र संरक्षणमा जलीय जैविक विविधता संरक्षण एवं जलचर संरक्षण ऐन २०७५ बनाएर कार्यान्वयन गरिएको बताउनुभयो। यस्तै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो क्षेत्रमा पर्ने मध्य राप्ती जलाधार क्षेत्रमा विनाशकारी ढंगबाट माछा मार्ने कार्य रोकिएको, विनाशकारी ढंगबाट माछा मार्ने कार्यलाई निरुत्साहित गर्न भूमिका निर्वाह गरेको बताउनुभयो।

कार्यक्रममा वडा प्रहरी कार्यालयका निमित्त प्रमुख पुराण मल्ल, राप्ती गाउपालिका वडा नम्बर ३ का अध्यक्ष विद्याशरण चौधरीले जलचर संरक्षणको लागि भूमिका निर्वाह गरिएको बताउनुभयो। मध्यराप्ती जलाधार क्षेत्रमा जलीय जैविक विविधताको संरक्षणको लागि विभिन्न मछुवारा समूह गठन गरिएका छन्। कार्यक्रमको सहजीकरण पानी छलफल कार्यक्रमका संयोजक अमृता केसीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top