Free songs
Home / समाचार / संक्षिप्त समाचार / महासंघलाई गैरजिम्मेवार निर्णय नगर्न सुुझाव

महासंघलाई गैरजिम्मेवार निर्णय नगर्न सुुझाव

युुगबोध समाचारदाता

घोराही। प्रगतिशील पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति दाङले महासंघका पूर्वअध्यक्ष केवी मसालमाथि आएको ज्यान मार्ने धम्कीप्रति आपत्ति प्रकट गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखालाई गैरजिम्मेवार निर्णय नगर्न आग्रह गरेको छ।

प्रगतिशील पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति दाङका अध्यक्ष महेश रिजालद्वारा जारी विज्ञप्तिमा यही साउन १३ गते योगी एडभरटाइजिङ घोराही दाङका सञ्चालक नारायणनाथ योगीले महासंघका पूर्वअध्यक्ष मसालमाथि गरेको दुव्र्यवहार र ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

वक्तव्यमा भनिएको छ– ‘महासंघका पूर्वअध्यक्ष मसाल नागरिक समाज दाङको बैठक सकेर बजारतर्फ गइरहेको बेला शाक्य गहना पसलअगाडि जबर्जस्ती मोटरसाइकल रोकेर निज योगीले काट्छु, मार्छुु र सिध्याइदिन्छुु भन्दै अपशब्दमा गालीगलौज गरी धम्की दिई ज्यान मार्ने खालको व्यवहार प्रदर्शन गरेको घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं।’ साथै मानवअधिकार उल्लंघन गरी सार्वजनिकस्थलमा अशोभनीय र निन्दनीय व्यवहार गर्ने निज योगीलाई प्रशासनले कानुुनी दायरामा लिई हदैसम्मको कारवाही हुुनुुपर्ने मागसमेत गरिएको छ।

विज्ञप्तिमा प्रगतिशील पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति दाङले नेपाल पत्रकार महासंघ दाङले गतसालको साधारणसभाबाट महासंघको भवन पछाडिका संरचना हटाउने भनी गरेको निर्णयलाई हालको कार्यसमितिले उल्टाई योगी एडभरटाइजिङलाई नै संरचना बनाउन दिने भनी गरेको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै यस्तो गैरजिम्मेवार काम नगर्न महासंघलाई आग्रह गरेको छ। साधारणसभाको निर्णयलाई उल्लंघन नगर्न कार्यसमितिलाई सचेत बन्नुुपर्ने सुुझाव विज्ञप्तिमा दिइएको छ।

यसैबीच मानवअधिकार संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केवी मसालमाथि यही साउन १३ गते योगी एडभरटाइजिङ घोराहीका नारायणनाथ योगीले न्यूरोडमा बाटो छेकी गालीगलौज गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको घटनाप्रति प्रतिष्ठानले आपत्ति जनाएको छ।

प्रतिष्ठानका उपाध्यक्ष केशवराज अधिकारी र सचिव केशव पौडेलले बिहीवार विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाउ“दै दोषीमाथि कानुुनी कारवाहीको माग गर्नुुभएको छ। घटना भएको तीन दिन बितिसक्दा पनि दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै ध्यानाकर्षण गराइएको छ। सार्वजनिक स्थलमा मानवअधिकार उल्लंघन गर्दै ज्यान मार्ने धम्की दिएकाले तत्काल पक्राउ गरी कानुुनी कारवाही हुुनुुपर्ने माग विज्ञप्तिमा गरिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top