Free songs
Home / फोटो ग्यालरी / पचास प्रतिशत अनुदानमा पावर ट्रेलर वितरण

पचास प्रतिशत अनुदानमा पावर ट्रेलर वितरण

युगबोध समाचारदाता

गढवा,  राजपुुरस्थित सूर्योदय कृषक बहुुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा नेपाल सरकार प्रदेश नं. ५ ले उपलब्ध गराएका १४ थान पावर टेलरहरु एक कार्यक्रमबीच बिहीवार वितरण गरिएको छ।
प्रदेश नं. ५ को भूूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ५० प्रतिशत अनुुदानमा श्रेष्ठ एग्री इन्पुट्स प्रालि सप्लायर्समार्फत राजपुुरको सूर्योदय सहकारीद्वारा वितरण गरिएको हो। संस्थाका अध्यक्ष शालिकराम जैसीले एक कार्यक्रमबीच गोलाप्रथाबाट पावर ट्रेलरहरु वितरण गर्नुभएको ब्यवस्थापक प्रेमनारायण न्यौपानेले बताउनुुभयो।

प्रदेश नं. ५ को ५० प्रतिशत सरकारी अनुदानबाट नवप्रतिभा कृषक सहकारी संस्था बगरापुरलाई एक थान, न्यूू राप्ती कृषक समूह गढवा–७ लाई दुई थान, सूर्योदय सहकारी संस्था बेलालाई १० थान र हरित तारा कृषि सहकारी संस्थालाई एक थान गरी १४ थान पावर टेलरहरु वितरण गरिएको हो। अनुदानमा पाउने पावर टे«लरको मूल्य प्रतिथान रु.९७ हजार पा“चसय रहेको सहकारीले जनाएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top