Free songs
Home / फिचर समाचार / ‘स्वनियमनबाटै पत्रकारिता मर्यादित बनाउछौं’

‘स्वनियमनबाटै पत्रकारिता मर्यादित बनाउछौं’

युगबोध समाचारदाता

घोराही। नियमनको नाममा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने सोचमा सरकार रहेको भन्दै दाङका पत्रकारहरुले स्वनियमनको माध्यमबाट पत्रकारितालाई मर्यादित बनाउने बताएका छन्। सञ्चार क्षेत्रलाई मर्यादित बनाउन भन्दै सरकारले प्रेस बिरोधी विधेयक ल्याएर अंकुश लगाउने काम गरिरहेको पत्रकारहरुको ठहर थियो।

नेपाल पत्रकार महासंघ दाङ शाखाले बुधवार घोराहीमा आयोजना गरेको मिडिया स्वनियमनसम्बन्धी छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले स्वनियमनको माध्यमबाट सञ्चार क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाइने बताउनुभयो। पत्रकारहरुलाई विभिन्न बहानामा नियन्त्रणमा लिन सरकार अग्रसर देखिएको भन्दै संविधान बिरुद्धका कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभयो। उहा“ले प्रेस स्वतन्त्रताको नाममा आचारसंहिता मिच्ने छुट पनि सञ्चार क्षेत्रलाई नभएको भन्दै कमीकमजोरी सुधार गर्न सकिने विषयमा सरकार कठोर बन्न आवश्यक नरहेको धारणा राख्नुभयो।

 

त्यसैगरी, महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पत्रकारलाई समाचार लेखेकै भरमा जेल र जरिवाना कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो। सञ्चार संस्था र पत्रकारहरु जिम्मेवार रहेको भन्दै उहा“ले नियन्त्रणको सोचले अघि बढ्ने कल्पना नगर्न सरकारलाई चेतावनी दिनुभयो।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासंघका पूर्वअध्यक्षद्वय केवी मसाल, प्रताप रेग्मी, पत्रकार महासंघका सल्लाहकार दुर्गालाल केसी, राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, महासंघका उपाध्यक्ष लीला शाह, पूर्वसचिव सुदर्शन रिजाल, प्रेस चौतारी दाङका अध्यक्ष जे.एन.सागर, नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, रेडियो स्वर्गद्वारीका सम्पादक बसुन्धरा गौतम, दाङ खबरका सम्पादक टीका बस्नेतलगायत पत्रकारहरुले आफूहरुबाटै प्रेसलाई मर्यादित र अनुशासित बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो। स्वनियमनलाई प्रभावकारी बनाउन जिल्लास्थित सञ्चारकर्मीहरुबीच नियमित छलफल गर्ने संस्कृति आवश्यक रहेकोमा उहा“हरुको जोड थियो।

महासंघका जिल्ला अध्यक्ष सविन प्रियाशनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव भुपेन्द्र ओलीले गर्नुभएको थियो।

पत्रिकामाथि आच आउने प्रहरी क्रियाकलाप्रति महासंघको आपत्ति

यसैबीच नेपाल पत्रकार महासंघले आपराधिक गतिविधिमा संलग्न भएका आरोपितले भनेकै भरमा नया युगबोध दैनिक पत्रिकामाथि आच आउनेगरी जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति जारी गरेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ। पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले सम्बन्धित निकायबाट आधिकारिक जानकारी नलिएरै पत्रिकासग नाम जोडेर राज्यकै निकायले विज्ञप्ति निकाल्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताउनुभयो।

यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले जिल्ला प्रहरी कार्यालयलाई विज्ञप्ति सच्याउन आग्रह गर्नुभयो। उहाले जिम्मेवार सञ्चार माध्यम र त्यहा“ कार्यरत पत्रकारमाथि आच आउनेगरी प्रहरीले विज्ञप्ति निकालेको भन्दै पत्रकार होइन भन्ने जान्दाजान्दै पनि युगबोधस“ग जोडेकोमा आपत्ति जनाउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top