Free songs
Home / फिचर समाचार / सारीलाई बालमैत्री वडा घोषणा

सारीलाई बालमैत्री वडा घोषणा

 सागर रिजाल

प्युठान,  जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ५ सारीलाई बालमैत्री वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासनले तोकेको निश्चित सूचकहरु पूरा गरेपछि वडालाई मंगलवार एक समारोहबीच बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष हिरामणि भण्डारीले जानकारी दिनुभयो।

घोषणासभामा शुभकामना दिदै वक्ताहरुले घोषणालाई प्रभावकारी बनाउन आगामी गतिविधि निरन्तर हुनुपर्ने बताए। बालमैत्री स्थानीय शासनको अवधारणाअनुसार विभिन्न ४२ वटा सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गर्न सकिने प्रावधान छ। छ महिनासम्मको शिशुलाई आमाले अनिवार्यरुपमा पूर्ण स्तनपान गराउनुपर्ने, एक वर्षभित्रका बालवालिकालाइ पूर्ण खोप, गर्भवती आमाको दक्ष प्रसूतिकर्मीबाट सुत्केरी,
गर्भवती वा सुत्केरी आमाले आइरन चक्की दुई सय २५ वटा खुवाएकै हुनुपर्ने सूचकमा उल्लेख छ।

त्यस्तै स्वास्थ्यचौकी व्यवस्थापनमा बाल क्लवको प्रतिनिधित्व, सबैका घरमा खानेपानीको सुविधा, साबुनपानीले हात धुने अभ्यास, पा“चवर्ष मुनिका बालबालिकाहरुको जन्मदर्ता, बालविवाहको संख्यामा कमी, चारवर्षसम्मका बालबच्चालाई शिशु कक्षामा भर्ना, सबै विद्यालयमा छात्रछात्रा शौचालय, स्थानीय तहले बनाउने नीति तथा कार्यक्रममा उनीहरुको सहभागिता र बालबालिकासम्बन्धी वडा कार्यालयमा सुझाव पेटिकाको व्यवस्थालगायत सूचकहरु पूरा भएमा मात्र घोषणा गर्नुपर्ने प्रावधान छ।घोषणासभामा मन्तव्य राख्दै जिल्ला बालसञ्जाल प्युठानका अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बालमैत्री घोषणा फेसनका लागि नभई वास्तविक रुपमा बालबालिकाले अनुभव गर्नेखालको हुनुपर्ने बताउनुभयो।

 

‘अहिलेका कतिपय अभिभावकहरु गरिब हौं भन्ने तर दिनभर कमाएको पैसा रक्सी मासुमा उडाउछन्’– उहाले भन्नुभयो– ‘यस्ता कामहरु अभिभावकले रोक्नुपर्छ।’ अभिभावकहरुले व्यवस्थित तरिकाले छोराछोरी विद्यालय पढाउन नसक्ने अवस्था कायमै रह्यो भने बालमैत्री स्थानीय शासनको घोषणाले स्थायित्व पाउन नसक्ने उहाले बताउनुभयो।

स्वर्गद्वारी नगरपालिका, कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्डे«नको सहयोगमा कार्यक्रम भएको हो। वडाध्यक्ष हिरामणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख नेत्रबहादुर रोकाय, उपप्रमुख गोमा रेग्मी, वडाध्यक्षहरु, विद्यालयका बालाबालिका, अभिभावक, शिक्षकलगायतको उपस्थिति थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top