Free songs
Home / विचार / सर्कसको तालिम र रित्तो भेंडीगोठ

सर्कसको तालिम र रित्तो भेंडीगोठ

नरायणप्रसाद शर्मा

पैसा कमाउन सर्कसवालाहरु बाघ, भालु, हात्ती, बादर अनेक प्रकारका जन्तुहरुलाई तालिम दिएर जनतालाई तमासा देखाएर पेटपूजा चलाउ“छन्। तालिम पाएर अरुले गर्ने पनि त्यही हो। तर अलि फरक समय बित्दै जा“दा मैले सिकेको परम्परागत तालिम अनुसारको जीवनशैलीमा आनकोतान फरक देख्छु। पुरानो सनातनवादी चिन्तनको ठाउ“मा प्रगतिवादी चिन्तनको ठूलै छलाङ हो। सर्कसवालाहरुका  जनावर र मान्छे हुने फरक खोज्न पनि समाज विकास क्रमको इतिहास बुझ्नुपर्ने हुन्छ। तर केही खास–खास बानी भने पुरानै रह“दा रहेछन्। तीमध्ये लेख्ने बानी पनि एउटा रहेछ। हाम्रो पालामा, हाम्रो मुलुकमा पढ्नु भनेको कखरादेखि रुद्री, चण्डी, अमरकोश, दुर्गा सप्तशति एवं लघु कौमुदी रघुवंश आदि नै थिए। आजको जस्तो भए म पनि डाक्टर बन्दो हु, इञ्जिनियर, वकिल, कम्प्यूटर विशेषज्ञ र प्राविधिक हु“दो हु“। बढीमा आफू त आधुनिक शिक्षाको नाममा सामाजिक शिक्षातिर प्राइभेट परीक्षार्थी भइयो। स्वभावले, संगतले या लत लागेर या अर्को उपाय नपाएर पढ्ने र लेख्ने बानी प¥यो कि ? स्वस्फूर्त तालिम जस्तै भएछ।

त्यो समय प्रजातन्त्र, समाजवाद र साम्यवादको उदयको समय थियो। त्यसैबाट समाज रुपान्तरण गर्न सकिन्छ भनेर त्यसैमा आकण्ठ डुबिएछ। संघर्ष, आन्दोलन र क्रान्तिको ज्वारभाटाले छोपेछ। फुर्सदमा लेख्ने दौड चल्यो। लेख्ने रोगै लागे जस्तो भयो। उमेरको हिसावले जीवनको उत्तराद्र्धको पनि अन्तिम चरणमा आइपुग्दा लेख्ने बानी पटक्कै छुटेन। त्यो डहन मेटाउन लेख्नैपर्ने र मनको बह पोख्नैपर्ने। जमाना फेरियो। तर बानी त फेरिएन। थाहा छैन, मैले लेखेको कतिले पढ्छन्। सात करोड जनसंख्यामा एक करोडै मान्छेले त क्यै न क्यै लेख्दा हुन्। ती सबै पढी भ्याउन असम्भव हैन र ? तीन करोड नेपालीमध्ये लेख्नेहरु कति होलान् ? त्यति पढ्ने फुर्सद कोस“ग छ ? हात–हात मोबाइल र इन्टरनेटको जमाना आइसकेपछि पुस्तक, पात्रा र पत्रपत्रिका हेर्ने कति पो होलान् र ?

जेहोस्, मेरो लेख्ने मूर्खता छुट्ने भएन। मनोविज्ञानको एउटा विषय छ। त्यसको अंग्रेजीमा नाम म्भाभलअभ ःअभजबलष्कm। ठेट नेपालीमा यसको अर्थ बहानावाजी हो। जस्तो नाच्न नजान्ने आ“गन टेढो या अरु यस्तै केही नमिलेको बहाना गरेर आफ्नो कमजोरी ढाकछोप गर्छ। मैले पनि अर्कै ढंगको बहाना बनाउने गरेको छु। जब पुराना जमानाका तुलसीदासले भनेको सम्झन्छु– अरुले पढून् या न पढून् स्वान्तः सुखाय लेख्छु । अर्थात् आफ्नो मन बहलाउन, आत्मिक सुखको लागि लेख्छु। म फुच्चेको कुरा पनि त्यही हो। लेखिसकेपछि हलुको हुन्छ, आनन्द आउ“छ। उमेर छ“दा त तुलसीदासको भनाइमा विमति राख्न पछि पर्दैनथें र भन्थें– लेख्ने त समाज रुपान्तरणका लागि हो। आज फरक्क फर्केर सोच्छु– तुलसीदासको भनाइ ५० प्रतिशत एकदम सही छ। आखिरमा लेख्ने त आफ्नै लागि रहेछ।

यसरी मैले आफ्नो सोचाइको दृष्टिमा थपथाप गरेको छु। सामन्तवाद, दलाल, पू“जीवाद, औपनिवेशिक साम्राज्यवाद अथवा सम्पन्न वर्गको वर्चस्ववाद र मैले उठाएको झण्डामुनि यो पनि थपेको छु– अब पालो सकारात्मक चिन्तनको। दाङका दिवंगत शेरबहादुर थापा भित्री मनले समाजसेवी पनि हुनुहुन्थ्यो। कहिले काहीं उहा“ दिक्क परेर तर हा“स्दै भन्ने गर्नुहुन्थ्यो– सब छोड, गोर्खापत्र पढ, रेडियो नेपाल सुन। जे हुन्छ रामै्र भए जस्तो लाग्छ। आलोचक स्वभावका मान्छेलाई त्यो कुरा पचाउन गाह्रो थियो। अब त भन्न मन लाग्छ– आजसम्म जानी, नजानी जे–जे गरियो राम्रै गर्छु भनेर गरियो। अब त तनाउ, चिडचिडाहट, इष्र्या, अहंकार (त्भलकष्यल क्ष्चचष्तबतष्यल, व्भबयिगकथ, क्ष्नयष्कm) भन्दा सकारात्मक चिन्तनले बढी मनमा शान्ति र आनन्द दिनेरहेछ भन्ने कुरा बुझ्न थालें।

अस्ति एकजना कलाकार एवं नाट्यकारको छोटो जीवन चर्चा पढें र बडो घत लाग्यो । उनी त नकारात्मक चिन्तन गर्ने मान्छेको छेउ“मै पनि बस्दैन भन्दा रहेछन्। आफू फूल जस्तो सुन्दर, सुगन्धित र हलुको बन्ने प्रयासमा छन् रे। म पनि बारम्बार सोच्छु– एक्लै घण्टौंसम्म कोठामा बसिरहन सक्ने अभ्यासमा बुद्ध चिन्तन पनि सहायक भएको त सत्य हो। अब पनि उठापट्कीको राजनीतिमा लाग्ने उमेर हो र ? त्यसैले विगतलाई सम्मान गर्दै वर्तमानमा आनन्दी जीवन बिताउन अन्तर्मनको यात्रा नै रमाइलो लाग्छ।

अहिले संसारमा चलेको द्वन्द्व कुनै महानताको लागि रहेनछ। त्यो त केवल व्यापार बृद्धि, आफू शक्तिशाली बन्ने र संसारको सुपरपावर बन्न खोजेको पो रहेछ। त्यहा“ उदात्त मानवताको सुवास छैन। हाम्रै संसदलाई हेरौं न। फेरि पनि संसदमा पहिले को बोल्नेको लडाइ“ कायमै छ। प्रकृतिको ठूलो प्रकोप भयो। लगभग सयजना काल कबलित भए होलान्। हजारौं घरबार बिहीन भए। संवेदना हैन उठापट्कीको राजनीति चलेको चल्यै छ। समस्याबिहीन त कुन मुलुक होला र ? हाम्रो यहा“ त समाधानमै देखेस् पखेस् छ।

अब त अविकसित मुलुकको चरित्र यस्तै हो भनेर चित्त बुझाउनुबाहेक अर्को विकल्प देखिएको छैन। यो मन समुद्र जस्तै हो। यसमा आउने अनेक तर¨ र आफूले टेकेको धरतीको साइनो के हो भनेर नबुझ्दा नै मान्छे आकुल व्याकुल हुने गरेको छ। यस्तोमा आफ्नो मन बिसाउने ठाउ“ अथवा विषय नै सकारात्मक चिन्तन हो। मान्छेका चाहना त अनन्त हुन्छन्। तर प्यास लागेको बेला तपाइ“को प्राथमिक वस्तु पानी हो। त्यसपछि के हो भनेर अहिले नै किन छटपटिनु ? हरेक मान्छेको अन्तिम चाहना त उही शान्ति र आनन्द। उही मन बहलाव। त्यसमा पनि आखिरी चरणतिर आफ्नै कोठा संसार। अन्तिम बिसौना या अन्तिम आश्रम। यस्तै एक्लै गुनगुनाएको विषय नै लेखनको विषय बन्छ भने कसले के भन्ला भन्ने के को पिरलो ?

हाम्रो परिवेश, आमा, बाबु, परिवार, समाज, गुरु पनि विचरा सर्कसवाला हुन् एक प्रकारले। तिनले जस्तो तालिम दिए त्यस्तै बन्ने हौं हामी। कतै भूलचूकले उछिट्टिए भेडाको बथानमा बाघको झैं छुट्टै करामत देखाउन कतिबेर † सन् साठीपछिको कुरा हो । सोभियत संघका राष्ट्राध्यक्ष ख्रुश्चेभको जीवनी पढेको। बाल्यकालमा उनले भेडा चराउथे रे। त्यसबेलाका कम्युनिष्ट नेताहरुलाई उनले भेडा बनाउन शुरु गरेको त यल्तसिनले सोभियत रुसको गोठै रित्तो पारेपछि संसार छक्क पयो ।

इतिहासबाट शिक्षा लिने हो भने के कस्तो गल्ती हु“दा यसपालिको चुनावमा कांग्रेसको गोठ सुनो सुनो भए झैं आउ“दा दिनमा नेकपाको गोठ पनि खाली हुन सक्दैन र ? विकासको भौतिक खेल आज छ भोलि छैन। तर तपाइ“ जे हो अन्तर्मनले त्यही हुने हो भने त आफ्नो निष्ठा बेच्न भएन। आ“धी आए अड्न सक्नुपयो। पहिरो आउन लागे ठाउ“ फेर्न सक्नुप¥यो। खोलो आए अलि पर पन्छनु पयो। जब समय आउछ बोटबिरुवा रोप्नुप¥यो। महान् कृष्णसेनले देश सजाउने काममा जीवन आहुति गर्दा चम्किला शहीद बन्न पुगे। आज उनका नाममा बाटाघाटा बन्छन्। प्राविधिक शिक्षालय बन्छन्। पुष्प बाटिका बन्छन्। यस्तै हो सकारात्मक परिवर्तनको रुपान्तरण। यस्तै–यस्तै अनुभवबाट खारिदै जा“दा सकारात्मक चिन्तनको मूल बाटो भेटिन्छ। कतै गल्ती भयो त भेडो गोठ रित्तो भो। व्यक्तिगत वा सामाजिक जीवनमा त्यो लागु भइ छोड्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top