Free songs
Home / विचार / विकासको बाधक चेतना

विकासको बाधक चेतना

डा.गोविन्दप्रसाद कुुुुसुम

स्नातकोत्तरको कक्षामा एकपटक पढाउदै गर्दा एकजना विद्यार्थीले भने– ‘सर, हाम्रो देशमा यही पाराले विकास हु“दैन। हामी भू–परिवेष्टित छौं र हामी केही गर्न सक्दैनौं ? यदि विकास हुने भए अगाडि नै भइहाल्थ्यो। सतिले सरापेको देश भएर होला, यहा“ राम्रो काम हु“दैन। गर्छु भन्ने व्यक्तिले समेत केही गर्न सक्दैन।’

उनको सोचलाई देखेर आफैलाई प्रश्न गर्न मन लाग्यो– ‘हाम्रो शिक्षा प्रणालीले कस्तो शैक्षिक जनशक्ति उत्पादन गर्न गइरहेको छ ?’ यस्तै प्रकारको सोच भएको जनशक्ति विकसित हु“दै जाने हो भने देशको अभिभारा बोक्ने गुरुतर जिम्मेवारी उठाउने भनिएकाहरूबाट भविष्यको निर्माण कस्तो होला ? यही प्रश्नको सेरोफेरोमा रहेर अध्ययन गर्ने हो भने नेपालको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक लगायतका विभिन्न क्षेत्रगत र मानवजन्य विकास पछाडि पर्नुको मुख्य कारण बुझ्न टाढा जानुपर्दैन। विकासको बाधक अरू कोही नभएर हामी आफैं हौं र हामीभित्र रहेको फिक्स्ड माइण्डसेट (पूर्वचेत) नै हो।

फिक्स्ड माइन्डसेटले परिवर्तन चाहदैन, नया काम हुन्छ भन्नेमा विश्वास गर्दैन। प्रक्रियालाई मात्र हेर्छ, परिणामउपर ध्यान दिदैन। यस्तो माइन्डसेट भएका व्यक्तिले आफ्नो क्षमतालाई देख्दैनन्। अरूले गरेको विकासलाई अति उच्चस्तरको क्षमता भएको कारणले मात्र सम्भव भएको ठान्छन्। युरोप, अमेरिका वा अन्य देश–महादेशमा भएको भौतिक, आर्थिक, प्राविधिक समृद्धिलाई हेर्ने दृष्टिकोण दैवीय शक्ति वा प्रकृतिले समृद्ध बनाएको रूपमा ठान्छन्। दक्षिण पूर्वी एसिया होस् वा अन्य एशियाली देशहरू जो कुनै समय नेपालभन्दा पछाडि थिए, आज अगाडि कसरी भए ? भन्ने यथार्थलाई त्यही ‘फिक्स्ड माइन्डसेट’ बाट हेर्छन्। जसले गर्दा नेपालमा विकास र आर्थिक समृद्धिको जतिसुकै कुरा गरे पनि नेपाललाई विकसित बनाउने काम हाम्रो हो भन्ने मान्न तयार हु“दैनन्। बरु दोष जति अरूलाई पन्छाएर फलानाले गर्नुपर्ने गरेन’ भन्दै बस्छन्। यस्ता व्यक्तिहरू आफ्नो घरको फोहोर सडकमा फालेर सरकारले शहर सफा गर्दैन भन्दै कुरा काटेर बस्छन्। आफूले गर्नुपर्ने काम गरेर मात्र अरूको बारेमा बोल्नुपर्छ भन्ने ज्ञान उजागर भएको पाइ“दैन उनीहरूमा। जबसम्म ‘फिक्स्ड माइन्डसेट’ लाई परिवर्तनस“ग साझेदारी गराउन सकिदैन तबसम्म उनीहरूको प्रवृत्ति, सोच र व्यवहार नकारात्मक वा ऋणात्मक भइरहन्छ। ऋणात्मक सोच र प्रवृत्ति नै विकासको बाधक हो। यहा“ पलायनवाद हावी हुन्छ। निराशा र कुण्ठाले दिमागभित्र जग हालेर बसेका हुन्छन्। यस्तो देशमा बस्नुभन्दा विदेश जानु बेस भन्दै मातृभूमि छोड्नका लागि भिसा आवेदकहरूको लाइनमा उभिन पुग्छन्।

यहींनेर बुझ्नुपर्छ, हामीमा देशप्रेमको भावना कुन गहिराइसम्म पुगेको छ ? देशभक्तिको सोच र देशलाई माया गर्ने बानीको अभाव भएकोले धेरैलाई लाग्ने गरेको हुनुपर्छ– नेपालमा विकास हुदैन। तर ‘विकास किन हुदैन ? हामीले मुलुकको विकास किन गर्न सकेनौं ? कहा“–कहा“ कमजोरी देखिए ? ती कमजोरी सुधार्ने र नया“ ढोका उघार्ने उपाय के हुन् ? भन्नेबारेमा कमै आत्ममन्थन भएको छ।

‘फिक्स्ड माइन्डसेट’ को विपरीत ग्रोथ माइन्डसेट (उन्नतचेत) हुनु जरुरी छ, जसले सकारात्मक सोचतर्फ अगाडि बढ्न उत्प्रेरित गर्छ। यस्तो माइन्डसेटले जहिले पनि अन्य देशले विकास गर्न सक्छन् भने हामीले किन गर्न नसक्ने ? गर्न सक्छांै भन्ने सोचसहित राम्रा काममा हात हाल्छ। नकारात्मक टीकाटिप्पणी गर्दैन। त्यस्तो विचारले अ“ध्यारोमा समेत अघि बढ्ने बाटो देखिरहेको हुन्छ। तर सकारात्मक विचारले व्यक्तिमा ऊर्जा उत्पन्न गर्छ भन्ने यथार्थलाई बिर्सेर अरूद्वारा गरिएका वा राज्यले गरेका वा समुदायभित्र भएका राम्रा काम र विषयउपर समेत खोट देखाएर खिसीट्युरी गर्ने र अस्वस्थ आलोचना गर्ने नकारात्मक प्रवृत्तिले आफ्नो सकारात्मक ऊर्जा खेर जान्छ भनेर हेक्का नराख्ने परम्परा विशेषतः पढे लेखेका बुद्धिजीवीहरूमा पाइन्छ।

विरोध गर्नैपर्छ भन्ने एक प्रकारको ग्रन्थीले ‘ग्रोथ माइन्डसेट’ लाई निस्क्रिय बनाएको हुन्छ। कतिपय देशमा ‘बाह्य बौद्धिकता’ जसको एउटा लक्ष हुन्छ, जसले त्यहा“को शासकीय प्रणालीलाई कमजोर बनाउन चाहन्छ र समाजलाई टुक्र्याएर आफ्नो हित र चासोलाई स्थापित गर्न खोजेको हुन्छ। त्यस्तो ‘बाह्य बौद्धिकता’ ले ‘ग्रोथ माइन्डसेट’ लाई ‘फिक्स्ड माइन्डसेट’ तर्फ डो¥याउ“छ। विदेशका गैरसरकारी संस्था र त्यहा“को बुद्धिविलासले यही बाटोतर्फ हिड्नका लागि कमजोर मुलुकका बुद्धिजीवीलाई प्रलोभनमा फसाइरहेका हुन्छन्। नेपालको संविधानले २०७२ मा आफ्नो पूर्ण आकार नपाउञ्जेलसम्मको अवधिभर हाम्रो मुलुकभित्र ‘बाह्य बौद्धिकता’ले लामै खेलोफड्को गरेको विषय सम्झना बाहिर छैन। अझैसम्म त्यस्तो बौद्धिकताको धङ्धङी सडकमाथि दौडिरहेकै छ।

अहिले सरकारको विरोधका लागि बिरोध गरेर आफ्नो ऊर्जा फाल्ने समय होइन। सरकारको बिरोध गर्नुहु“दैन भन्ने होइन। सकारात्मक विरोधद्वारा सरकारलाई बाटो बिराउनबाट बचाउनुपर्छ। लोकतान्त्रिक मान्यताअनुसार सरकारले जनतालाई दिएको बचन पूरा गराउनेतर्फ सरकार बाहिरका दबाब समूहको काम सरकारलाई सचेत गराइराख्नु हो। तर सरकारले गर्ने सबै काममा खोट लगाउ“दा, दबाब समूहले कुन चाहि“ राम्रो काम ग¥यो त ? भन्ने प्रश्न उठ्छ। त्यसैले कुनै पनि दबाब समूहले सरकारलाई गलाएर आफू ठूलो हुन्छु भन्न पनि सुहाउ“दैन। दुबै आ–आफ्नो ठाउ“मा संविधानतः ठूलै हुन् तर कार्यक्षेत्र फरक हुन्छन्। कार्यक्षेत्रले सीमास्तम्भ खडा गरेको हुन्छ। त्यसलाई भत्काउनु हुदैन।

पर्दा पछाडि एउटा यस्तो शक्ति क्रियाशील छ, जसले नेपालमा कम्युनिष्ट नाम गरेको पार्टीको सरकार पा“च वर्षसम्म चलोस् भन्ने चाह“दै चाहन्न। त्यसले विभिन्न दबाब समूहलाई आफ्नो एजेन्डामा घुमाउन चाहन्छ। यसतर्फ सतर्क रहनुपर्छ। यहा“ प्रश्न कम्युनिष्ट पार्टीको बहुमतको सरकारको होइन। प्रश्न हो, मुलुकलाई अस्थिर बनाइराख्ने र आफ्नो विभिन्न आन्तरिक लाभका एजेन्डालाई लागु गर्नका लागि खेल खेल्नेहरूस“ग सतर्क हुने कि नहुने ? सरकारको विकास र समृद्धिको नीति लागु गर्ने विषय कम्युनिष्ट पार्टीको विषय मात्र होइन र हुनु हु“दैन पनि। यो नीति सबै नेपालीको हितकै लागि कार्यान्वयन हुने हो। यसमा अनावश्यक वादविवादको ठाउ“ किन राख्ने ? हो, नीति कार्यान्वयनका सवालमा ठाउ“–ठाउ“मा अप्ठ्याराहरू छन्। सरकारी कार्यशैली कमजोर होलान्, कर्मचारीतन्त्रबाट सेवा प्रवाह राम्रोस“ग भएको छैन होला, ती विषयलाई सुधार्नु जरुरी छ। अस्थिरता र संक्रमणकालको लामो हण्डर खा“दै स्थिरता र संक्रमणकालको अन्त्य अन्त्यतिर आइपुग्दा नपुग्दै विकासका जनआकांक्षा सबै एकैपटक पूरा हुन्छन् भन्ने होइन। ग्रोथ माइन्डसेट लिएर सबैजना हि“ड्नु जरुरी छ र सरकारले पनि सबैलाई साथ लिएर, सबैस“ग सहकार्य गर्दै जा“दा फिक्स्ड माइन्डसेट ग्रोथ माइन्डसेटमा परिवर्तन हुन्छ।

मलेसिया र सिङ्गापुरले एकै दिनमा विकास गरेका होइनन्। उनीहरूस“ग रहेको निजामती प्रशासन सक्षम, चुस्त र सेवा प्रवाहमा प्रभावकारी छ। सफल आर्थिक विकासका लागि सुशासन स्थापना गरेका छन्। किनकि सुशासन नै आर्थिक लोकतन्त्रको आधारशीला हो। त्यहा“को कर्मचारीतन्त्रले योग्यता प्रणालीलाई प्रमुख आधार मानेको छ। आमनागरिकमा कानुनको पालना गर्नुपर्छ भन्ने बलियो मान्यता छ। सरकारले पनि कानुनको पालना गराउने सवालमा दाया“–बाया“ हेर्दैन। उसलाई थाहा छ, अगाडि हि“ड्नकै लागि प्रकृतिले मानिसका आ“खा अगाडि बनाएको हो।

नेपालको कर्मचारीतन्त्रमा ‘ग्रोथ माइन्डसेट’को कमी भएको यथार्थलाई बुझ्दै उसको समग्र मनोबल बढाउने र ऊ कुनै पनि कठिनाइ र जटिलतालाई सहजै पार गर्न सक्छ भन्ने भावनाको विकास गराउनु जरुरी छ। संघीय व्यवस्थापनको सन्दर्भमा देखिएको संक्रमणकालको अपव्याख्या गर्दै सिङ्गो लोकतन्त्रलाई नै कमजोर बनाउने खेलहरू हुनसक्नेतर्फ कर्मचारीतन्त्र सजग र सचेत हुनैपर्छ। यसका लागि निजामती प्रशासनको नेतृत्वले समग्र प्रशासनलाई जनमुखी र जिम्मेवार बनाउन कुनै कसर बा“की राख्नुहु“दैन। अन्यथा विकास र समृद्धिका लागि चालिएका नीतिगत विषयहरू कार्यान्वयनमा आउन सक्ने छैनन्।
(लेखक लोकसेवा आयोगका पूर्व सदस्य हुनुहुन्छ।)
साभारः गोरखापत्र

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top