Free songs
Home / समाचार / संक्षिप्त समाचार / रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र

रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र

युगबोध समाचारदाता

घोराही,  रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्सेकले ज्ञापनपत्र बुझाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको सम्झनामा मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा इन्सेक जिल्ला प्रतिनिधिसहितको मानवअधिकारकर्मीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत बुधवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा रोम विधानअन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध, आमनरसंहार र मानवताविरूद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप नहुने भन्दै दण्डहीनताको अन्त्यका लागि सकारात्मक परिवेश निर्माण गर्न रोम विधानले सहयोग पु¥याउने उल्लेख गरिएको छ। साथै ज्ञापनपत्रमार्फत राज्यले नेपालको मानवअधिकार संरक्षण र संबद्र्धनका लागि रोम विधानको अनुमोदन गर्नु आवश्यक रहेकोमा जोड दिइएको छ।

इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको
थियो । ज्ञापनपत्र बुझ्दै प्रजिअ रिजालले तत्काल प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाइदिने प्रतिबद्धता जनाउनुभयो। उहा“ले रोम विधान अनुमोदनका लागि आवश्यक नीति र पूर्वाधार तयार गर्ने जिम्मेवारी राज्यको भएको उल्लेख गर्दै ज्ञापनपत्र जस्ताको तस्तैप्रधानमन्त्रीसमक्ष पुयाउने बताउनुभयो। ज्ञापनपत्र बुझाउन इन्सेक जिल्ला प्रतिनिधि, मानवअधिकार सञ्जालका सदस्यहरु तथा हरप्लेस दाङका संयोजक विनोद केसी, अपांग मानवअधिकार एवं सरोकार मञ्चका चिन्तामणि पौडेल, कानुन व्यवसायी गोपाल नेपाली र सञ्चार अनलाइनका प्रकाशक सम्पादक किरण गौतमको टोली प्रशासन पुगेको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top