Free songs
Home / समाचार / संक्षिप्त समाचार / पेट्रोलियम पदार्थको अभाव

पेट्रोलियम पदार्थको अभाव

युगबोध समाचारदाता

घोराही। दाङमा पेट्रोलियम पदार्थको अभाव भएको छ। नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगञ्जले पेट्रोल र डिजेल नपठाउ“दा दाङमा पेट्रोलियम पदार्थको अभाव भएको हो।

नेपाल आयल निगम नेपालगञ्जले पठाएपछि नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरले घोराही र तुलसीपुरका २९, पश्चिम रुकुम, रोल्पा र सल्यानका एक–एक पम्पलाई वितरण गर्दै आएको छ। तर गएको असार २६ गतेपछि पेट्रोलियम पदार्थ नपठाउदा चरम अभाव हुदै गएको छ। अन्य पम्पहरुमा तेल आए पनि डिपो कार्यालय तुलसीपुरमार्फत वितरण हुने ठाउ“हरुमा नेपालगञ्जबाटै नपठाएका कारण यहा“ तेलको चरम अभाव भएको डिपो प्रमुख सुजितकुमार पोख्रेलले जानकारी दिनुभयो। नेपालगञ्ज क्षेत्रीय कार्यालयले दाङको देउखुरी, घोराहीका कञ्चन, जलजला, दूधरासको कालिका मालिका र घोराही सिमेन्ट उद्योगमा भने तेल सिधै पठाउने गरेको छ।

२६ गतेदेखि डिजल ठप्प रहेको र पेट्रोल दैनिक नौ हजार लिटरमात्रै आएको प्रमुख पोख्रेलले बताउनुभयो। तुलसीपुर इन्धन डिपो खारेज गर्ने सरकारले तयारी गरेको स्रोतले बताएको छ। नेपालगञ्जबाटै पेट्रोलियम पदार्थ पठाउने गरी तुलसीपुर डिपो हटाउने योजनाका साथ लागिपरेका कारण पनि अहिले तेल नपाइएको बताइएको छ। तुलसीपुर डिपोले घोराही र तुलसीपुरमा दैनिक ४० हजार लिटर पेट्रोल र एक लाख २० हजार लिटर डिजल खपत हुदै आएको जनाएको छ।

तर ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा अभाव रहेको भन्ने गरिएको छ। अन्य ठाउहरुमा आन्दोलन नहुने तर दाङमा मात्रै किन आन्दोलन भन्ने पनि प्रश्न गर्न थालिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top