Free songs
Home / समाचार / संक्षिप्त समाचार / गैरजिम्मेवार विज्ञप्तिप्रति खेद व्यक्त

गैरजिम्मेवार विज्ञप्तिप्रति खेद व्यक्त

घोराही (युस)– नया युगबोध राष्ट्रिय दैनिकका सम्पादक तथा प्रकाशक प्रताप रेग्मीले जिल्ला प्रहरी कार्यालय दाङले असार ३० गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताउ“दै त्यसप्रति खेद व्यक्त गर्नुभएको छ।

‘नक्कली पत्रकार बनेर बदमासी गर्ने व्यक्ति (सुनिल न्यौपाने) लाई युगबोध पत्रिकास“ग जोडेर समाजमा भ्रम पैदा गर्ने गरी आएको प्रहरी कार्यालयको विज्ञप्ति मिडियालाई बदनाम गर्ने निहीत उद्देश्यबाट अभिप्रेरित छ’– विज्ञप्तिमा भनिएको छ।

शान्ति सुरक्षाको महत्वपूर्ण र संवेदनशील जिम्मेवारी सम्हालेको जिल्ला प्रहरी कार्यालय जस्तो निकायबाट भ्रमपूर्ण, गैरजिम्मेवार र असान्दर्भिक विज्ञप्ति आएको भन्दै त्यसप्रति आपत्ति जनाइएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेयस“ग कुराकानी गर्दै गर्दा फोनको लाइन काटेको कुरा सम्पादक–प्रकाशक रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रहरीको विज्ञप्ति र व्यवहार दुबै गैरजिम्मेवार भएको विज्ञप्तिमा जनाइएको छ।

विगत साढे चारदशकदेखि निरन्तर प्रकाशित भएको र लामो इतिहास बोकेको मिडियालाई नक्कली पत्रकार बनेर ठगी गर्ने व्यक्तिसग जोड्ने जिल्ला प्रहरी कार्यालयले त्यसप्रति माफी माग्नुपर्ने र गल्ती सच्याउनुपर्ने माग विज्ञप्तिमा गरिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top