Free songs
Home / फिचर समाचार / कमैया मुक्तिको २० वर्ष : अझै अभावै अभाव

कमैया मुक्तिको २० वर्ष : अझै अभावै अभाव

दशरथ घिमिरे

देउखुरी। सालका ठूला तर बुढा रुखले घेरिएको छ वस्ती। तिनै बुढा रुखमुनि मकै हुर्किदैछन्। खालतिर धानका केही गह्रा छन्। तर, यति खेतीले त वर्षभरिखान पुग्दैन।

गढवा गाउ“पालिका वडा नं. ५ भवानी शिविरमा २०५० सालमा राप्ती नदीमा आएको बाढीका कारण विस्थापित हुन पुगेका व्यक्तिहरुको वसोवास छ। सरकारले जग्गाको पूर्जा दिन्छ कि भन्ने आशामा बसेका यहा“का नागरिकको पीडा कम्ता छैनन्। भूमि अधिकारको पक्षमा नारा लगाउन विन्तिराम चौधरी काठमाडौंसम्म पुग्नुभयो। घोराही, लमही पुगेको गन्ती नै छैन। तर बिन्तीराम नारा लगाउ“दा लगाउ“दै थाकिसक्नुभएको छ।

‘कति लगाउने हो नारा। काठमाडौंमा १४÷१४ दिनसम्म आन्दोलन गरियो। खै पाएको पूर्जा ?’– उहा“ले भन्नुभयो– ‘भएको जग्गा नदीमा छ। शिविरमा घरवास छ। यसको कुनै आधारै छैन।’

जति पटक आयोग बन्छन् त्यति पटक नै विन्तिरामले निवेदन दर्ता गर्नु भएको छ। तर त्यसको कुनै अत्तोपत्तो छैन। ‘सिफारिस दर्ता गर्न जाउआउ त्यसैमा खर्च पु¥याउन मुस्किल परिसक्यो’– उहाले भन्नुभयो– ‘हामीहरुको समस्याको सुनुवाइ कहिले हुन्छ ?’ विन्तिराम चौधरी र उहा“की श्रीमती सुन्दरवतीको संयुक्त नाममा तीन कट्ठा साढे ५ धुर मात्रै जग्गा छ। तर यो जग्गा राप्तीको बगरमा छ।

‘हरेक वर्ष मालपोत बुझाउ“छु। जति थियो सबै खोलामा छ’– उहाले भन्नुभयो– ‘शिविरको बास छ।’ घर परिवार पाल्न विन्तीराम चौधरीका कान्छा छोरा द्रोणबहादुर इ“टा भट्टामा काम गर्नुहुन्छ। ‘त्यही छोराले ल्याएको कमाइले घरगृहस्थी चल्छ’– विन्तीरामले खटियाबाट उठ्दै भन्नुभयो– ‘खेती गर्ने जग्गा जमिन छैन। यही खाली ठाउमा केही मकै र धान छ। यतिले खानै पुग्दैन।’ सिठा बेरेको, माटोले लिपेको र टिनले छाएको घरमा विन्तीराम चौधरीको छ जनाको परिवार बस्दै आएको छ।

झण्डै १३ बर्ष अ“ध्यारोमा बित्यो। उज्यालोका लागि न बिजुली थियो, न हिड्नको लागि बाटो नै। खोलाको पानी खाएर बसेका विन्तिराम बस्दै आएको शिविरमा एक वर्ष भयो बिजुली पुगेको। भर्खरै बाटो बनेको छ। खानेपानीको लागि नल्का गाडिएको छ। ‘बल्ल हो यहा“ बाटो आएको। त्यही बाटो पनि अधुरो छ’– उहा“ले भन्नुभयो– ‘वडा कार्यालयले बाटो, बिजुली र पानीको लागि नल्का दिएको छ।’ राप्ती गाउ“पालिका वडा नं. २ नया“वस्ती शिविर निवासी बिन्तीराम चौधरीको उमेर ७० वर्ष भयो। बाल्यकाल र जवानी जमिनदारको घरमा गुजारेका बिन्तीराम अहिले बुढेसकाल आफ्नै घरमा बिताइरहनुभएको छ। तर सरकारले उपलब्ध गराएको जग्गा बैंकमा धितो चल्दैन। जसले गर्दा बिन्तिरामका छोराहरुले आफ्नै ठाउ“मा व्यवसाय गर्न सकेका छैनन्। ‘खेती गर्ने जग्गा जमिन छैन अर्को काम गर्ने सीप पनि छैन’– उहा“ले भन्नुभयो– ‘छोराहरु कमाउन विदेश गए। कान्छो छोरो विदेशबाट फर्किएको छ। जेठो विदेशमै छ।’

सरकारले असार २०७५ साउन २ गते मुक्त कमैया घोषणा ग¥यो। तर, कमैया बसेकाहरुको व्यवस्थापन गर्न अहिलेसम्म सकेको छैन। १४ सय २६ जना मुक्त कमैया छन्। यी परिवारका सदस्य १४ वटा शिविरमा छन्। तत्कालीन गाविसको सिफारिस र मालिकले प्रमाणित गरेका छुट मुक्त कमैया ३३ सय ८५ छन्। यो सहित मालिकले प्रमाणित गर्न नमानेका पा“च हजार ४६ जना छुट मुक्त कमैया रहेका छन्। प्रमुख समस्या भनेकै छुट मुक्त कमैयाको लगत संकलन नहुनु रहेको छ। मुक्त कमैया दिवसको अवसरमा दाङको लमहीमा कार्यक्रम राखिएको छ।
मुक्त कमैयालाई सरकारले ब“धुवा बनायोः चौधरी

सरकारले छुट मुक्त कमैयाको लगत संकलन गरेर परिचयपत्र वितरण गरेमा केही हदसम्म समस्या समाधान हुने मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीले बताउनुभयो। ‘सरकारले मुक्त कमैयाको लगत लिएर परिचयपत्र वितरण गर्न जरुरी छ’– उहाले भन्नुभयो– ‘सरकारले मुक्त कमैयालाई थप ब“धुवा बनाउने काम गरेको छ। जग्गा दियो, पूर्जा पनि दियो। तर पूर्जा कतै धितो राख्न नमिल्ने बनाइदियो। यो फुकुवा हुनुपर्छ।’ मुक्त कमैया परिवारका सदस्यले जग्गाको पूर्जा धितो राख्न नपाउदा बृद्धि विकास रोकिएको भन्दै चौधरीले सरकारले यस समस्यालाई गम्भीररुपमा लिनुपर्ने र समस्या समाधान गर्नुपर्ने माग राख्नुभयो।

पछिल्लो सुकुम्बासी आयोगमा परेका निवेदनहरुमध्ये दुई लाख १९ हजार सात सय ४३ सुकुम्वासी, ७२ हजार छ सय २७ भूमिहीन, पाच लाख ६९ हजार दुई सय १७ अव्यवस्थित बसोवासी रहेका छन्।

दाङ जिल्लामा एक हजार चार सय २६ परिचयपत्र प्राप्त मुक्त कमैया रहेकोमा सात सय पा“च लालपूर्जासहितका जग्गा भएका र १० जना लालपूर्जा भएका तर जग्गा नभएका मुक्त कमैया रहेका छन्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top