Free songs
Home / समाचार / प्रमुख समाचार / लमही–कोइलावास सडक चिराचिरा : डिजाइनमै देखियो कमजोरी पानीले पाएन निकास

लमही–कोइलावास सडक चिराचिरा : डिजाइनमै देखियो कमजोरी पानीले पाएन निकास

 दशरथ घिमिरे

देउखुरी । लमही–कोइलावास हुलाकी राजमार्गअन्तर्गत पहाडी क्षेत्रमा बनेको कालोपत्रे सडक निर्माण सम्पन्न नहु“दै  चिराचिरा परेर भत्किएको छ। पहाडी क्षेत्रमा वर्षाको पानी थेग्न नसक्ने सा“घुरो नाला निर्माण गरिएको छ। जसले गर्दा नालास“गै  कालोपत्रे गरिएको सडक नै  चिराचिरा हुने गरी भत्किन पुगेको हो। आधा मिटर चौ डा सा“घुरो नाला बनाइएको छ। जसबाट वर्षाको पानी पास हुन सकेन। नालाले पानी थेग्न नसक्दा पिच सडक भत्काएर पानी बगेको स्थानीयले बताएका छन्।

भारत सरकारको लगानीमा नेपाल सरकार भौ तिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग आयोजनाबाट लमही–कोइलावास सडक कालोपत्रे भइरहेको हो। तर पहाडी क्षेत्रमा हुलाकी सडकको डिजाइन गलत हु“दा ठूलो आर्थिक नोक्सानी हुन पुगेको छ।
आधा मिटरको मात्रै  नालाको डिजाइन हो। कालोपत्रे सात मिटरको छ। तर सडकको दुबै  किनारमा २÷२ मिटरको ग्राभेल छ। आधा मिटर चौ डाको नाला र पिचको दुबै  किनारमा भएको ग्राभेल नै  वर्षातको पानीले सडक बिगार्नुको प्रमुख कारण बन्न पुग्यो। कम्तिमा डेढ मिटर चौ डा नाला, नालास“गै  सटाएर पिच गरिएको भए यति धेरै  भौ तिक क्षति नहुने देखिन्छ। यस्तै  राप्ती पुलदेखि दक्षिणतर्फको होचो भागमा समेत पानीले क्षति पु¥याएको छ। सडकलाई खोलेर भेल बगेको छ।

यता निर्माण कम्पनी कालीका कुमार जेभीले वर्षाको पानीले कालोपत्रे गरिएको र निर्माणाधीन सडकमा ठूलो क्षति पु¥याएको बताएको छ। झण्डै  दुई करोडको आर्थिक नोक्सानी भएको छ। ठूलीचौ रदेखि कोठरीसम्मको चार किलोमिटरको दूरीमा ठूलो क्षति भएको छ। तीन ठाउ“मा सडक दबेर कालोपत्रे चिरिएको छ। अन्य ठाउ“मा पक्की नाला र वाल भत्किएको छ। ‘प्रारम्भिक रिपोर्ट अनुसार झण्डै  दुई करोडको क्षति भएको अनुमान छ’– कालीका कुमार जेभीका साइट म्यानेजर राजेन्द्र श्रेष्ठले भन्नुभयो– ‘पानीले सडकमा ठूलो क्षति पु¥याएपछि अहिले सबै  काम रोकेका छौ ं।’

लमहीदेखि कोइलावाससम्म ३३ किलोमिटरको दूरी छ। जसमध्ये १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बा“की सडक क्षेत्रमा पिचको तयारी चल्दै  थियो। वर्षा शुरु भएपछि सडक निर्माणको काम रोकिएको छ। ७६ करोडको लागतमा विगत दुई वर्षदेखि लमही–कोइलावास सडकको निर्माण कार्य भइरहेको हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top