Free songs
Home / फिचर समाचार / रोग पत्ता लगाइसकेका छौं, अब उपचारमा लाग्छौंः नगरप्रमुख

रोग पत्ता लगाइसकेका छौं, अब उपचारमा लाग्छौंः नगरप्रमुख

 लक्ष्मी आचार्य

घोराही। घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौ धरीले विकास निर्माणका काममा भएका कमजोरी पत्ता लगाइसकेको बताउनुभएको छ। मंगलवार नागरिक समाज दाङका प्रतिनिधिस“गको भेटमा उहा“ले उक्त कुरा बताउनुभएको हो।

विकास निर्माणमा देखिएको बेथितिबारे नागरिक समाजको जिज्ञासामा प्रमुख चौ धरीले समस्या पत्ता लगाइसकेको बताउनुभएको थियो। ‘रोग पत्ता लगाइसकेका छौ ं, अब उपचारमा लाग्छौ ं’– उहाले भन्नुभयो।

नागरिक समाजका प्रतिनिधिको जिज्ञासामा बोल्दै  नगरप्रमुख चौ धरीले विकास निर्माण तथा सडक मर्मतका क्रममा प्राविधिक कारणले त्रुटि भएको बताउनुभयो। निर्माण तथा मर्मतका क्रममा भएका त्रुटि व्यवस्थित छानबिन गरिने उहा“ले बताउनुभयो। ‘प्राविधिकको बारेमा धेरै  कुरा उठेका छन्। रिसोलिङ प्रविधि प्रयोग गरिएका सबै  काम छानबिन हुन्छ।’ प्रमुख चौ धरीले भन्नुभयो– ‘नया“ प्राविधिक झिकाएरै  काम गर्ने तयारी पनि भइरहेको छ।’

खरिद ऐनमा जनप्रतिनिधिको भूमिका नहुनुले पनि विकास निर्माणका काम प्रभावित हुने गरेको चौ धरीको भनाइ थियो। उहा“ले टेण्डर प्रक्रिया ढिलो हुने काम आगामी वर्षदेखि रोकिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आर्थिक वर्षको अन्तिम महिनामा हतारमा विकास निर्माणको काम गर्ने प्रचलन रोक्न नागरिक समाज दाङले उपमहानगर प्रमुख चौ धरीलाई ध्यानाकर्षण गराएको थियो।

असारमा हतार–हतारमा विकास निर्माणका गुणस्तरहीन काम गर्ने परिपाटीले निरन्तरता पाइरहेकोे भन्दै  नागरिक समाज दाङका प्रतिनिधिहरुले उपमहानगर प्रमुख चौ धरीलाई भेटी यस्ता गलत काम रोक्ने योजनाबारे जिज्ञासा राखेका थिए। उनीहरुले विकास निर्माणको असी प्रतिशत काम असारमा सक्ने विगतदेखिको रोग जनप्रतिनिधि आएपछि पनि सुधार नहुनु दुःखद रहेको बताएका थिए।

नागरिक समाजका प्रतिनिधिले सडक मर्मतका नाममा रिसोलिङ प्रविधि प्रयोगका क्रममा त्रुटि भएको जनगुनासोपछि उपमहानगरले गठन गरेको जा“चबुझ समितिको प्रतिवेदन नागरिक समुदायकाबीच सार्वजनिक गर्न समेत आग्रह गरेका छन्। त्यस्तै  उनीहरुले अस्पताल, अदालत रोडलगायतका ठाउ“मा भइरहेका निर्माणको अस्तव्यस्तता, मलखादको समस्या, पेट्रोलियम पदार्थमा देखिएको असहजता, नक्सापासमा उपमहानगरका प्राविधिकहरुको व्यवहारले सेवाग्राहीले पाएको सास्तीलगायतका समस्या राखेका थिए। संयोजक चन्द्रराज पन्तको नेतृत्वमा नागरिक समाज दाङको टोली उपमहानगर पुगेको थियो भने छलफलमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौ पाने तथा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम शर्मा पनि सहभागिता थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top