Free songs
Home / फिचर समाचार / प्रदेश नं. ५ को आवधिक योजना सार्वजनिक

प्रदेश नं. ५ को आवधिक योजना सार्वजनिक

युगबोध समाचारदाता

बुटवल। प्रदेश नं. ५ को सरकारले प्रदेशको योजनाबद्ध विकासका लागि तयार पारेको प्रथम आवधिक योजना मंगलवार सार्वजनिक गरेको छ। प्रदेश सरकारको पञ्चवर्षीय आवधिक योजनामा प्रदेशको विकासलाई योजनाबद्धरुपले अघि बढाउने विषय एवं कार्यक्रम उल्लेख गरिएको छ।

प्रदेश सरकारले आव २०७६÷७७ को बजेट यसै  आवधिक योजनालाई आधार मानेर ल्याएको हो। यो आवधिक योजना नया“ आर्थिक वर्ष शुरु हुने साउन १ गतेदेखि लागु भएको मानिने छ।

प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजना पुस्तक मुख्यमन्त्री शंकर पोख्रेलले विमोचन गर्नुभयो। सो अवसरमा उहा“ले आवधिक योजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी योजना समेटिएको बताउनुभयो। आवधिक योजनामा प्रदेशको विकासमा मुख्य साझेदार निजी क्षेत्र, सहकारी र समुदायलाई जोड दिएकाले दुई तिहाइ लगानी निजी क्षेत्रको रहने बताउ“दै  उहा“ले आगामी पा“च वर्षभित्र अपेक्षाभन्दा बढी नै  लगानी भित्रिने दाबी गर्नुभयो।

मुख्यमन्त्री पोख्रेलले आवधिक योजना प्रदेश सरकारको सामथ्र्यभित्रै  रहेको बताउ“दै  प्रस्तुत योजना महत्वकांक्षी नभई वस्तुगत भएको दाबी गर्नुभयो। उहा“ले प्रदेश सरकारले राखेको लक्षभन्दा बढीनै  कूल गार्हस्थ्य उत्पादनमा बृद्धि भएको बताउ“दै  आगामी वर्ष आठ प्रतिशतको लक्षभन्दा बढी हुनेसमेत विश्वास व्यक्त गर्नुभयो।

सरकारमाथि भरोशा र काममा विश्वास गरेर हरेक काममा नजिकबाट निगरानी र चासो राखेर सक्रिय सहभागिता देखाउनसमेत आग्रह गर्नुभयो। उहा“ले भन्नुभयो– ‘यहा“ कामको खोजी हुन्छ, उपलब्धि खोजिदै न, यसै ले उपलब्धिपूर्ण कामलाई अघि बढाउनुपर्छ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा ईश्वर गौ तमले आवधिक योजनाले मुख्यतया कृषि, उद्योग र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आर्थिक बृद्धिदर बढाउने, आवश्यक भौ तिक पूर्वाधार निर्माण तथा विस्तार गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्य विस्तार गरी मानवीय पू“जी निर्माण गर्ने, सामाजिक समावेशिता र लै ङ्गिक समता प्रवद्र्धन गर्ने, प्रभावकारी विपत व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलित विकास गर्ने र विधिको शासन कायम गदैर्  सुशासन प्रत्याभूति गर्ने मुख्यलक्ष राखेको बताउनुभयो।

यस्तै  आवधिक योजनाले नेपालको संविधान, दिगो विकासका लक्षलगायत नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता, दीर्घकालीन सोचसहितको १५ औ ं राष्ट्रिय आवधिक योजना, प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत प्रारम्भ गरेका दीर्घकालीन महत्वका विषयहरु, प्रदेशको आर्थिक, सामाजिकलगायत वस्तुस्थिति विश्लेषणबाट देखिएका विषयहरु र राजनीतिक दल, निर्वाचित प्रतिनिधि तथा सरोकारवालाबाट प्राप्त सुझावलाई मार्गदर्शक आधार बनाइएको बताउनुभयो। यस्तै  योजनाको उद्देश्य सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्नुरहेको र आगामी पा“च वर्षमा विभिन्न परिमाणात्मक लक्ष हासिल गर्ने उल्लेख गरिएको छ।

‘बजेट कार्यान्वयनमा अगाडि’

यसै बीच मुख्यमन्त्री शंकर पोख्रेलले बजेट कार्यान्वयनका हिसाबले आफ्नो प्रदेश अघि रहेको बताउनुभएको छ। प्रदेशसभामा समसामयिक विषयमा उहाले कालोपत्रेसग सम्बन्धित आयोजनाको काम जेठ मसान्तसम्ममा नै  टुङ्गिने गरी काम गरिनेछ भन्नुभयो। उहाले भन्नुुभयो– ‘जेठपछि गरेका काममा समस्या हुन्छ भन्ने कुरामा सचेत छँंै , बजेट कार्यान्वयनमा प्रदेश नं. ५ अन्य प्रदेशको तुलनामा अगाडि छ।’

उहाले राप्तीको केही क्षेत्र डुबानमा परेको र खहरे खोलाका कारण यातायातमा समेत अवरोध उत्पन्न भएको जानकारी दिदै  प्रदेशसभालाई वर्षाका कारण आउनसक्ने सम्भावित खतरालाई ध्यान दिएर पूर्वतयारी र सतर्कता अपनाउन आवश्यक भएको बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top