Free songs
Home / समाचार / प्रमुख समाचार / समृद्धिको मुख्य बाधक भ्रष्टाचार : आयुक्त

समृद्धिको मुख्य बाधक भ्रष्टाचार : आयुक्त

 निमुसंगम घर्ती

घोराही। चालु आर्थिक वर्षमा दाङका विभिन्न एक सय ११ कार्यालयका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी परेका छन्। आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले सोमवार घोराहीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका विषयमा अन्तत्र्रिmया आयोजना गरी दाङबाट परेका उजुरीहरुका बारेमा जानकारी दिएको हो।

उजुरी परेकामध्ये सबैभन्दा धेरै संघीय मामिला तथा सामान्य प्रशासनका ३५, शिक्षाका २३, वनका १८, स्वास्थ्यका नौ,  सिंचाईका पाच, सुरक्षाका चार, पूर्वाधार तीन, कृषिका दुई, शहरी विकास र युवा तथा खेलकूदका एक÷एकवटा उजुरी परेको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो। कुल एक सय ११ उजुरी मध्ये ५३ वटाको छानबिन सकिएको र ५८ वटा उजुरीमाथि छानबिन भइरहेको उहा“को भनाइ थियो। यसैबीच स्थानीय तहमा सबै भन्दा धेरै शान्तिनगर गाउ“पालिकाका सात, तुलसीपुर उपमहानगरका छ, लमही नगरपालिकाका पा“च, बबई गाउ“पालिकाका पा“च, राजपुर गाउ“पालिकाका चार र दंगीशरण एवं गढवा गाउपालिकाका एक÷एकवटा भ्रष्टाचारका उजुरी परेको गैरेले बताउनुभयो। ती उजुरीमाथि आवश्यक छनविन भइरहेको आयोगले जनाएको छ।

१३ अप्रेशन, १८ जना घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्षमा १८ जना व्यक्तिलाई घुस रकमसहित पक्राउ गरेको छ। आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले दाङ, बा“के र बर्दिया गरी तीन जिल्लामा भ्रष्टाचार नियन्त्रणका लागि काम गर्दै आएको छ। सर्वसाधरणदेखि सरकारी कार्यालयका प्रमुख समेत घुस रकमसहित पक्राउ परेको सम्पर्क कार्यालयका प्रमुख उपसचिव गणेश गैरेले जानकारी दिनुभयो। आयोग र प्रहरीको टोलीले दाङमा एक जना प्रहरी र अन्य दुईजना सर्वसाधारणलाई घुस रकमसहित पक्राउ गरी अदालतमा मुद्दा दर्ता गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार पूर्णआकाश दिपसिंहस‘गै सर्वसाधारण सुनिल न्यौपाने र अर्का तेजबहादुर गिरीलाई स्ट्रिङ अप्रेशनमार्फत घूस रकम सहित पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरिएको उपसचिव गैरेले जानकारी दिनुभयो। त्यस्तै बा“केबाट सातवटा घटनामा ११ जना घुसरकम सहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगञ्जका प्रमुख विनोदकुमार श्रीवास्तव, नेपालगञ्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्द रहनुभएको छ। त्यस्तै, नेपालगञ्ज सवडिभिजन वन कार्यालयका रेञ्जर जगवीर खत्री, फरेष्टरहरु बहादुर केसी, केशवबहादुर ओली र वन रक्षक हरिबहादुर चन्दलाई अख्तियारले घूसरकमसहित पक्राउ गरेको हो।

यसैबीच बा“के मालपोतका खरिदार सञ्जयकुमार ठाकुर, नेपालगञ्ज बसपार्क अस्थायी प्रहरी पोष्टका हवल्दार गोविन्द नेपाली, उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जका नायव सुब्बा कृष्णकुमार पाठक, लामीडा“डा वन उपभोक्ता समूह राप्ती सोनारी गाउ“पालिकाका अध्यक्ष टीकाराम कामी र दिपक खुनालाई पनि अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेर मुद्दा दायर गरेको जनाएको छ। यसैगरी बर्दियामा राजापुर नगरपालिका वडा नम्बर १० का सदस्य उत्तम चौधरी, इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी निरीक्षक गणेशसिंह मेहता र गुलरिया नगरपालिकाका सबइन्जिनियर रमेशकुमार गौतमलाई अख्तियारको टोलीले घूस रकमसहित पक्राउ गरेको जनाएको छ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले भ्रष्टाचार नै सुशासन र समृद्धिको बाधक भएको बताउनुभएको छ। आयुक्त गुरुङले भ्रष्टाचार विकासको बाधक रहेको बताउनुभयो। समृद्धि र सुशासनको मार्गलाई अबरोध गर्ने नै भ्रष्टाचार भएको उल्लेख गर्दै उहा“ले जनता चनाखो र कर्मचारी सदाचारी बन्न आवश्यक रहेकोमा आयुक्त गुरुङले जोड दिनुभयो। पारदर्शिता र जवाफदेहिता भए मात्रै देश विकास र नागरिकको अधिकार स्थापित हुने उहा“को भनाइ छ। कार्यक्रममा सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गैरेले भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाको समेत आवश्यक परेको बताउनुभयो। भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै व्यक्ति जिम्मेवार, जवाफदेही र उत्तरदायी हुनुपर्नेमा उहा“ले जोड दिनुभयो।

भ्रष्टाचार रोक्नका लागि आयोगले विभिन्न विकल्पहरु अपनाइरहेको भन्दै उहा“ले आयोगले अब बिचौलियाको भेषमा कर्मचारी परिचालन गर्न लागेको बताउनुभयो। विशेषगरी जनताको बढी भीड हुने मालपोत र यातायात कार्यालयमा बिचौलिकाकै भेषमा सूक्ष्म निगरानी बढाएर भ्रष्टाचार रोक्ने आयोगले योजना बनाएको जानकारी दिनुभयो।

आयोगको कार्यालय बुटवलका प्रमुख तारानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले घुस लिने र दिने दुबैलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो। नागरिकस्तरमै भ्रष्टाचारका बारेमा सचेतिकरण गर्न आवश्यक रहेको र सेवा प्रवाह गर्ने निकाय पारदर्शी तथा जवाफदेही हुनैपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बोल्ने सहभागीहरुले आयोगले छिटोछरितो उजुरीको छानबिन गर्नुपर्ने बताए।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top