Free songs
Home / समाचार / संक्षिप्त समाचार / हरित कृषि र हरित शहर परियोजना सञ्चालन हुने

हरित कृषि र हरित शहर परियोजना सञ्चालन हुने

नेपालगञ्ज,  (रासस)– बाकेको खजुरा गाउ“पालिकामा ‘हरित कृषि र हरित शहर’ परियोजना सञ्चालन हुने भएको छ। सो प्रोजेक्ट सञ्चालनका लागि खजुरा गाउ“पालिका र चाइना इन्स्टिच्युट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच सम्झौता भएको छ।
परियोजनाको काम सन् २०२० देखि शुरु हुने गरी सम्झौता भएको गाउ“पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो। अध्यक्ष कक्षपतिले परियोजनाको लागत र यसको स्वरुपलगायतका विषयमा छलफल गरेर टुंगो लगाइने बताउ“दै खजुरा गाउ“पालिकाका लागि यो ठूलो उपलब्धि हो भन्नुभयो। गाउ“पालिकाका प्राविधिक प्रमुख कञ्चन तिवारीले हरित कृषि र हरित शहरीकरण प्रोजेक्ट लागु भएपछि खजुरा विश्वभरिकै रिसर्च सेन्टरका रुपमा विकास हुने र कृषिका विषयमा अनुभव साटासाट तथा खजुरा कृषि क्याम्पसको सपना पनि साकार हुने बताउनुभयो। खजुरामा हरित शहर तथा कृषिको दिगो विकासका लागि यसअघि युएन तथा चाइनाको टिम खजुरा गाउ“पालिकाको अध्ययन गरेर फर्केको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top