Free songs
Home / समाचार / संक्षिप्त समाचार / सिभिल र कर्णालीको शाखा स्थापना

सिभिल र कर्णालीको शाखा स्थापना

देउखुरी, (युस)– देउखुरीमा एकै दिन दुईवटा बैंकको शाखा स्थापना गरिएको छ। लमहीमा सिभिल बैंक लिमिटेड र सिसहनियामा कर्णाली विकास बैंकको शाखा स्थापना गरिएको हो।

सिभिल बैंकको ९४ औं शाखाको रुपमा लमहीमा खुलेको हो। बैंकको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्नुभयो। बैंकको उद्घाटन गर्दै नगर प्रमुख केसीले बैंकले कृषि व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। बैंकले ‘समृद्धिको लागि बैंक’को नारा अनुसार साना तथा मझौला व्यवसायलाई लक्षित गरेर कर्जा उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ। प्रदेश ५ का बैंकका प्रमुख किरण धमलाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यामा कार्यक्रम सम्पन्न भएको थियो।
दाङको लमहीमा वाणिज्य र विकास बैंकगरी १७ वटा शाखा स्थापना भइसकेका छन्। लमही शाखा प्रमुख सौरव न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सौरव शर्माले गर्नुभएको थियो।

यस्तै राप्ती गाउ“पालिका वडा नम्बर ५ सिसहनिया“मा बिहीवार १७ औं शाखाको रूपमा कर्णाली डेभलपमेन्ट बैंकको उद्घाटन गरिएको छ। सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले बैंकको उद्घाटन गर्नुभएको छ। भण्डारीले बैंकमार्फत जनतालाई छिटो, छरितो र सर्वसुलभ तरीकाले सेवा दिन आग्रह गर्नुभयो।

बैंकका अध्यक्ष राजेन्द्रवीर रायको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउ“पालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, साविक सिसहनिया“ गाविसका निवर्तमान अध्यक्ष शिवा शर्मा, प्रगतिनगर खानेपानीका अध्यक्ष शान्तराज शर्मा, सिसहनिया उद्योग
वाणिज्य संघका निवर्तमान अध्यक्ष पूर्णबहादुर बुढाथोकीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार राउतको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन शर्मिला महतराले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top