Free songs
Home / फिचर समाचार / साधारण चोरीले हैरान प्रहरी

साधारण चोरीले हैरान प्रहरी

 

कुमार श्रेष्ठ

बाके, नेपालगञ्जको एक रेडियो स्टेशनबाट केही महिनामा १२ वटा साइकल चोरी भए। सिसि क्यामेरामा चोर देखा पर्छ। सिसि क्यामेरामा देखिएको फोटोसहित स्टेशन प्रमुख प्रहरी कार्यालयमा पुग्छन्। न अहिलेसम्म चोर पक्राउ पयो न त साइकल चोरी नै बन्द भएको छ। चोरीबाट हैरान भएका स्टेशन प्रमुख भन्दै थिए– ‘एसपी सा’प, म त कर्मचारीको साइकलको पैसा तिर्दा तिर्दै हैरान भइसकें। केही त गरिदिनुपयो।’

नेपालगञ्जमा ‘आखा झिमिक्क, सामान गायब’ को अवस्था रहेको छ। प्रहरीको भाषामा यो ‘साधारण चोरी’ले हैरान नै पारेको छ। पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा पनि साधारण चोरी उकालो नै लागेको देखिन्छ। आर्थिक वर्ष २०७५÷७६ को जेठ मसान्तसम्ममा ७९ वटा साधारण चोरी भएका छन्। गएको वर्ष ५४ र त्यसअघि ४० वटा साधारण चोरी भएका थिए। यो प्रहरीमा आइपुगेको तथ्यांक हो। साइकल चोरेका, घुम्ती फोडेका, घरका सामान चोरेका कतिपय घटना त प्रहरीसमक्ष पुग्दै पुग्दैनन्। लागूऔषध प्रयोगकर्ताको संख्या बढोत्तरी भइरह“दा चोरीका घटना पनि उकालो लाग्दै गएको हो। किनकि, प्रहरीले पक्राउ गरेका चोरहरु अधिकांश लागूऔषध प्रयोगकर्ता रहेका छन्। यो वर्ष जिल्लामा डा“का चोरी पा“च, नकवजनी चोरी दुई, जबर्जस्ती चोरी र चौपाया चोरी एक÷एक, सवारी चोरी १४ वटा रहेका छन्। सवारी चोरी गतवर्ष र अघिल्लो वर्ष ८÷८ वटा थिए।

साधारण चोरी आफ्नै कमजोरीले हुने गर्दछन्। घर बाहिर जादा छिमेकीलाई भनेर नजानु, घर वरिपरि कोही आए÷गएको ख्याल नगर्नु, सामान जथाभावी राख्नु, मुख्यद्वार बन्द नगर्नु, ठूला कार्यालयमा समेत गेटपाले नराख्नुजस्ता कारणले चोरी भइरहेका छन्। नगरका प्रहरी बिटमा प्रहरी नहुनु, लागु औषध प्रयोगकर्ता बालक÷किशोरहरु सानोतिनो सामान चोर्न घरघर चाहार्नु, सीमावर्ती बजार नजिक भएकाले पारिबाट समेत सानातिना सामान बेच्ने निहु“मा चोर आउने भएकाले नेपालगञ्जमा साधारण चोरीको संख्या बढ्ने गरेको छ। प्रहरीले चोरीमा पक्राउ परेको व्यक्ति छुट्दा उसको गतिविधि निगरानी गर्दछ। कतिपय भने चोरीकर्ममा जेल परेर छुट्ने बित्तिकै फेरि उही धन्दामा लागेका छन्। पटके चोरको संख्या पनि बजारमा धेरै छ।

चोरी बढ्नुमा लागूऔषध प्रयोगकर्ताको ठूलो हात रहेको छ। पूर्व लागूऔषध प्रयोगकर्ताहरु अनुभव सुनाउ“छन्– ‘कामधन्दा केही हु“दैन। घरपरिवारले पैसा दिदैनन्। अनि, लागूऔषध खरीद गर्न कहा“बाट पैसा ल्याउने ? त्यसका लागि एउटै उपाय चोरी नै हो। चोरीको शुरुवात प्रायः आफ्नै घरबाट शुरु हुने गर्दछ।’ जिल्लामा प्रहरीले यो वर्षमात्रै दुई सय १८ जना लागूऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ। पक्राउ संख्या गतवर्ष एक सय ४७ र अघिल्लो वर्ष एक सय ३७ थियो।

नेपालगञ्जमा साधारण चोरी बढीजसो रातिमा हुने गरेको छ। यहा“ हुने ठूला–ठूला चोरी भने दिउ“सो भइरहेका छन्। नेपालगञ्जमा चोरी हुने सामान बेच्न गाह्रो पनि छैन। सीमावर्ती रुपैडिहामा लगेर चोरले सस्तोमा बेच्ने गर्दछन्। वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयमा साधारण चोरीका घटना लिएर दैनिकजसो नै पीडितहरु आउने गरेका छन्। कतिपयले रिस साध्न चोरीको आरोप लगाएर आएको पनि पाइएको छ। बिहीवार नै सरुवा भएर गएका वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज नारायण डा“गीले नेपालगञ्जमा साधारण चोरीको निवेदन आइरहने बताउनुभयो। ‘घर–घरमै, व्यक्तिको पछि पछि नै प्रहरी लाग्न सक्दैन, आफू सचेत नह“ुदा चोरीको फन्दामा परेका निवेदन आइरहन्छन्, डागीले भन्नुभयो– ‘प्रहरीले चोरलाई समात्दै कारवाही गरेको पनि छ।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top