Free songs
Home / समाचार / संक्षिप्त समाचार / सहकारी ऐन तथा नियमावलीबारे छलफल

सहकारी ऐन तथा नियमावलीबारे छलफल

युगबोध समाचारदाता

देउखुरी,  राप्ती गाउ“पालिका क्षेत्रका सहकारीका ब्यवस्थापक तथा पदाधिकारीहरुस“ग पछिल्लो सहकारी ऐन तथा नियमावलीका बारेमा छलफल गरिएको छ।

राप्ती गाउ“पालिकाको पा“चौ गाउ“सभा चलिरह“दा विधायन समितिलाई सहकारी ऐन तथा नियमावली निर्माणमा सहजताका लागि गोष्ठी आयोजना गरिएको छ। सरकारले पछिल्लो समयमा गत जेठमा ल्याएको सहकारी ऐन तथा नियमावलीका बारेमा अन्तरक्रियात्मक गोष्ठी गरिएको हो। आर्थिक विकास समितिका संयोजक ताराबहादुर डिसीको अध्यक्षता, राप्ती गाउ“पालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यता तथा राप्ती क्षेत्रका सहकारी प्रतिनिधिहरुको उपस्थितिमा सहकारी ऐन तथा नियमावलीको बारेमा एक दिने गोष्ठी आयोजना गरिएको हो।

गोष्ठीमा दाङ जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शिवध्वज मल्लले पछिल्लो सहकारी ऐन तथा नियमावलीको बारेमा जानकारी गराउनुभएको थियो। केन्द्र र प्रदेश तथा स्थानीय सरकारको सहकारीप्रतिको चासोलाई सूक्ष्म बुझाइका लागि राप्ती गाउ“पालिकाले सहकारी ऐन तथा नियमावलीका बारेमा एकदिने गोष्ठी आयोजना गरेको राप्ती गाउ“पालिका सहकारी शाखाका दयाराम चौधरीले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top