Free songs
Home / समाचार / संक्षिप्त समाचार / सवारी साधन बन्द गर्ने चेतावनी

सवारी साधन बन्द गर्ने चेतावनी

 राधेश्याम गुप्ता

लमही, लमही नगरपालिका वडा नं. ३ वनगाउदेखि वडा नंं. १ सिंगेखोला राजमार्गसम्मको सडकमा भएका खाल्टाखुल्टीले यातायात आवागमनमा समस्या भएको छ। यातायात व्यवसायीले उक्त सडक छिट्टै सुधार नगरे यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

वर्षायाम लागेस“गै सडकमा भएका खाल्टाखुल्डीले सवारी साधन आवागमनमा समस्या र सडक दुर्घटना निम्त्याउने जोखिम बढ्दै गएपछि स्थानीय यातायात व्यवसायीले उक्त सडक मर्मत गर्न आग्रह गरेका छन्। सडकमा भएका खाल्टाखुल्टीले सवारी साधन समेत बिग्रने भन्दै यातायातका साधनका चालकहरुले बाटो मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् भने सडक मर्मत नभए यातायात ठप्प गर्ने चेतावनी दिएका छन्।

त्यस्तै राप्ती बस व्यवसायी समितिका रुट इञ्चार्ज माधवप्रसाद पोख्रेल र रोयल देउखुरी यातायात प्रालि लमहीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले पनि बाटो सुधार नभएर उक्त रोडमा लोकल सवारी साधनहरु ठप्प पार्ने चेतावनी दिनुभयो।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी देउखुरीका अध्यक्ष गंगाराम भट्टराईले सडकमा भएका खाल्टाखुल्टीले एम्बुलेन्समा सवार विरामीलाई झनै कठिनाइ हुने भन्दै उक्त विषयमा संवेदनशील हुन आग्रह गर्नुभएको छ। सम्बन्धित निकायले छिटोभन्दा छिटो सडक मर्मत गर्नुपर्ने उहा“ले बताउनुभयो। समयमै सडक मर्मत नभए एम्बुलेन्स सेवासमेत बन्द गर्ने उहा“को भनाइ छ।

बराहादेव टेम्पु प्रालिका उपाध्यक्ष विष्णुप्रसाद आचार्य भन्नुहुन्छ– ‘लमही राजमार्गभित्रका सडक बिग्रिदै गएकाले सवारी साधन गुडाउन कठिनाइ भएको छ।’ त्यस्तै लालीगुरा“स अटो यातायात प्रालिका अध्यक्ष द्रोणप्रसाद तिमिल्सिनाले पनि सडक मर्मत नभए अटो सेवा बन्द गर्न बाध्य हुने बताउनुभयो।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले सडक मर्मत गर्न सडक डिभिजन कार्यालय दाङलाई पत्राचार गरिने बताउनुभयो। सडकको अवस्थाप्रति नगरपालिका गम्भीर रहेको भन्दै छिटोभन्दा छिटो सडक मर्मत गर्न पहल गर्ने प्रतिबद्धता उहा“ले व्यक्त गर्नुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top