Free songs
Home / समाचार / संक्षिप्त समाचार / लमहीमा बृहत स्वास्थ्य शिविर हुने

लमहीमा बृहत स्वास्थ्य शिविर हुने

युगबोध समाचारदाता

देउखुरी,  देउखुरीमा विगत तीन वर्षदेखि सञ्चालनमा आएको फ्लोरेन्स अस्पतालले आफनो तेस्रो वार्षिकोत्सवको अवसरमा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। स्थापनाकालदेखि बिरामीको उपचार खर्चमा बिशेष छुटसहितको सेवा दिदै आएको यस अस्पतालले यही असार २८ गते अस्पतालमा विभिन्न विषयगत डाक्टरी सेवा दिने बताएको छ।

एक दिन सञ्चालन हुने स्वास्थ्य शिविरमा औषधि निःशुल्क पाइने छ भने ल्याब टेष्टमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। जसमा धेरैजना विरामीहरुले जा“च गर्ने ब्लड सुगर जा“च भने सोही दिनका लागि निःशुल्क गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. पुष्प भुसालले बताउनुभयो। शिविरमा जनरल सर्जन, फिजिसियन, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, बालरोग विशेषज्ञ, महिला तथा प्रसुतिरोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ सेवा दिइने निर्देशक भुसालले बताउनुभयो। यसअघि पनि नया“ वर्ष २०७६ सालको अवसरमा अस्पतालले दुई सय ७५ जनाले विभिन्न जा“चमा छुट पाएका थिए। यस्तै अस्पतालले उपचार गरेर घर फर्कने बिरामीहरुको पारिवारिक अवस्था हेरेर पनि छुट दिदै आएको छ। अस्पतालले ‘बिरामी भएपछि होइन, बिरामी नहुनका लागि स्वास्थ परीक्षण गरौं’ भन्ने मुख्य उद्देश्यका साथ आफ्ना सेवाहरु विस्तार गर्दै आएको डा. भुसालले बताउनुभयो। देउखुरीमा पहिलो पटक स्थापना भएको अस्पताल चौविसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, इसिजि तथा ल्याब सेवा दिदै आएको छ भने साप्ताहिक र मासिकरुपमा विशेषज्ञ डाक्टरबाट हाडजोर्नी नसा तथा बाथरोग र फिजिसियन सेवा दिदै आएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top