Free songs
Home / विचार / लखनउको भुलभुलैया र हाम्रो देशको शिक्षा

लखनउको भुलभुलैया र हाम्रो देशको शिक्षा

जीतबहादुर शाह

अभिलेखको अध्ययन गर्दा बोध भयो, लखनउमा रहेको भुलभुलैया नामको महल मुस्लिम नवाव आशिफ उद्दौलाको कार्यकालमा बनाइएको रहेछ। एघार वर्षको अवधि लागेको रहेछ उक्त महल बनाउन। त्यतिबेला अरु हिसाबले भन्दा पनि सामरिक हिसावले उक्त महल अर्थात दरबार बनाइएको कुरा यसको संरचना हेर्दा बोध हुन्छ। भुलभुलैयाभित्र घुमफिर गर्नुपूर्व गाइडले हामीलाई भनिरहेको थियो– ‘भुलभुलैयाभित्र घुमफिर गर्नका लागि तेइससय भन्दा बढी मार्गहरु छन्। समूहबाट अलगिएर आ–आफ्नो हिसावले हिड्न थालियो भने तपाइ“हरु हराउन सक्नुहुन्छ। बाटो भुल्न सकिन्छ। त्यसैले समूहका सदस्यहरु नछुट्टिकन स“गस“गै हिड्नुहोला।’ हामीले पनि गाइडले भनेअनुसार नै ग¥यौं। किनभने गाइडको निर्देशनको भरमा घुमफिर गर्नका लागि हामीले गाइडलाई तोकिएको शुल्क समेत तिरिसकेका थियौं।

भुलभुलैयाभित्र साना–साना गल्लीहरु रहेछन् हिड्नका लागि। गल्लीको बीच–बीचमा साना साना मझेरीहरु रहेछन् उज्यालो भित्र छिर्नका लागि। साथै भित्रकाले बाहिरको दृश्य अवलोकन गर्नका लागि। कतै कतैका गल्ली त अ“ध्यारा पनि रहेछन्। मोबाइलको टर्च बालेर अगाडि बढ््यौं। बाटाहरु पनि सिधा नभएर यताउता घुमेका रहेछन्। गाइड पनि भएन र कसैका परिवारका सदस्यहरु आफ्नै हिसाबले घुम्न थालियो भने सा“च्चिकै हराउने र भेट्न गाह्रो हुने अवस्था रहेछ। त्यही भय र त्रासले पनि होला, समूहभित्र रहेका  ब्यक्तिहरु पनि आ–आफ्नो परिचित र परिवारका सदस्यहरुको हात समातेर हि“डिरहेका थिए। हामीले पनि त्यसै ग¥यौं। कतै–कतै कार्पेट विछ्याएका बैठक कोठा र साना साना हलहरु देखिन्थे। जुन–जुलाइको चर्को गर्मीमा पनि ती बैठक कोठाहरुमा चिसो हावाको ओहोरदोहर भइरहेकोे थियो। अन्यथा बाटा, खोपी, मझेरी र झ्याल बाहेक मानिसहरुले आराम गर्ने शयनकक्षहरु त्यहा“ थिएनन्।

मलाई लखनउको भुलभुलैया हेर्दै गर्दा हाम्रो देशको शिक्षाको झझल्को आइरहेको थियो। यसरी झझल्को आउनुमा लखनउको भुलभुलैया र हाम्रो देशको शिक्षा प्रणालीको बीचमा केही समानता देखिएर पनि हुन सक्छ। भुलभुलैयाभित्र प्रवेश गरेपछि कुन बाटो हिडेर कहा“ पुगिन्छ भन्ने विषयमा हि“ड्नेहरुलाई अन्यौल हुन्छ। त्यसैले ऊ केही खुशी र केही गमका साथ हिडिरहेको हुन्छ। हाम्रो शिक्षा क्षेत्र पनि त्यस्तै छ। एउटा बालक विद्यालयमा गइसकेपछि ऊ कहा“ पुग्ने हो ? के हुने हो ? असल वा खराव ? इमानदार वा भ्रष्ट ? देशभक्त वा विदेशभक्त ?
आत्मनिर्भर वा परनिर्भर ? स्वार्थी वा उपकारी ? दुष्ट वा दैव ? आदि बारेमा प्रशस्त द्विविधाहरु छन्। यीे भन्दा पनि महत्वपूर्ण कुरा असल जीवनको खोजीमा गएको एउटा बालक विद्यालयकै कारणले मृत्युको मुखमा पर्ने त होइन भन्ने कुरा एउटा अभिभावकको मनभित्र सल्बलाउनु पनि सामान्य जस्तो भइसकेको छ।

हाम्रा विद्यालय र महाविद्यालयमा अध्ययन गरेका मानिसहरु असल हुन्छन् । विद्वान हुन्छन् र यो धर्तीका निम्ति केही गतिलो काम गर्छन् भन्ने कुरामा समेत पर्याप्त भ्रमहरु छन्। नियम जति गतिलो बनाए पनि नियत खराव भएपछि त्यो असल नियमले किनाराको साक्षी बस्नेबाहेक अरु काम नहु“दो रहेछ। अकुत सम्पति भएकाहरुले सम्पत्तिको छानबिन गर्ने जिम्मेवारी पाउ“दा रहेछन्। दूधको साक्षी बिरालो भए जस्तै। भ्रष्टाचार गर्दै उम्किदै गरेकाहरुले भ्रष्टाचारीहरुलाई कारवाही गर्ने अख्तियारी पाउ“दारहेछन्, जो चोर उसैको ठूलो स्वर भने जस्तै। कतै केही सिक्न नसकेर थला परेकाहरु अरुलाई सिकाउने जागिर पाउ“दा रहेछन्। जो अगुवा उही बाटोमा हगुवा भने जस्तै। यो पाराले हाम्रो शिक्षाले गतिला मानिस उत्पादन गरेको छ र तिनीहरुले यो देशका निम्ति गतिलो काम गरेका छन् भन्ने कुरामा भुलभुलैयाबाहेक अरु केही छ जस्तो मलाई त लाग्दैन।

एकजना निम्न माध्यमिक तहको लिखित परीक्षामा उत्तीर्ण भएको उम्मेदवारलाई एकजना अन्तर्वार्ताकारले सोध्दै थिए– ‘वि.सं. २०७२ सालमा जारी भएको संविधानले विद्यालयीय शिक्षालाई माध्यमिक र आधारभूत भनेर घोषणा गरिसक्यो। २०७३ सालमा संशोधन गरिएको शिक्षा ऐनले समेत त्यसलाई आत्मसात गरिसकेको छ। तपार्इं २०७६ सालमा आएर निमा. तहको शिक्षकका लागि अन्तर्वार्ता दिदै हुनुहुन्छ। के पारा हो यो ? किन भयो यस्तो ?’ उनले पनि जवाफ दिदै थिए– ‘यो अलमल किन लम्बिरहेको छ ? र मैले निमा तहको अन्तर्वार्ता अहिले आएर किन दिइरहेको छु ? यो कुरा मलाई पनि थाहा छैन।’ एउटा सामान्य अन्तर्वार्ता दिने ब्यक्तिले मात्र होइन, नीति निर्माता र उच्च पदस्थहरुलाई समेत यस्ता कुराहरुको जिज्ञासा राख्दा चित्तबुझ्दो जवाफ आउने स्थिति देखिदैन।

सरकार अहिले शिक्षामा कुल बजेटको कम्तिमा बीस प्रतिशत छुट्याउनुपर्छ भन्नेहरुको छ। तथापि बजेट आउ“दा दश प्रतिशतभन्दा अघि बढ्दैन। शिक्षालाई कक्षा १० सम्म निःशुल्क गरिएको छ। शिक्षकबिनाको विद्यालयको परिकल्पना कसले ग¥यो ? यदि शिक्षक त्यहा“ हुने हो भने उसलाई तलव दिनुपर्छ कि पर्दैन ? सरकारले उसलाई तलव दिने होइन भने विद्यार्थीहरुले शुल्क तिर्नुपर्छ कि पर्दैन ? प्रारम्भिक बाल कक्षामा पढाउने शिक्षकलाई अधिकांश विद्यालयहरुले छ घण्टाको ड्यूटीमा खटाएका छन्। साना नानीहरुको दिसापिसाव स्याहारेर उज्यालो भविष्यतिर डो¥याउने तिनै शिक्षकहरुको दैनिक दुईसयका दरले मासिक छ हजार छ। अरुको नबढ्दा पनि जसको तलव र पारिश्रमिक बढाउन जरुरी थियो। तथापि अरुको बीस प्रतिशतले बढ्दा समेत उनीहरुको किन बढ्दैन ? विद्यालयका कर्मचारीहरुको हालत त्यस्तै छ। शिक्षामा काम गर्ने मानिसहरुको अनुहार ह“सिलो देख्न नसक्ने नियतका साथ को बसिरहेको छ माथि ? के यही पाराले बन्छ समृद्ध नेपाल ? के सुखी नेपाली बनाउने तरिका यही हो ?

बाहिर आएका आंशिक तथ्यहरुलाई आधार मान्ने हो भने उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदनमा उल्लेख भएका कुराहरु शिक्षालाई गुणस्तरीय किसिमबाट अग्रगति दिनका लागि कोशेढुंगा सावित हुने किसिमका देखिन्छन्। यो प्रतिवेदन तयार पार्दा समेत सिंगो देशका शिक्षाका सरोकारवालाहरु अहोरात्र खटेर कसैले आफ्ना विचारहरु सम्प्रेषण गरेका थिए भने कसैले त्यस्ता विचारहरुलाई प्रतिवेदनमा लिपिबद्ध गरेका थिए। उक्त प्रतिवेदन सरकारलाई बुझाएको एक महिनाभित्र शिक्षाको राष्ट्रिय नीति आउने र त्यसको एक महिनाभित्र संसदको हिउ“दे अधिवेसनमै शिक्षा ऐन आउने कुरा पनि सबैबाट अपेक्षा गरिएको थियो। तथापि यो केही भएन। किन भएन ? यो देशको शिक्षा उ“भो लागेको देख्न नचाहने को हावी भइरहेको छ ? किन सार्वजनिक गरिदैन ? शिक्षालाई भुलभुलैया जस्तो किन बनाइ“दैछ ? यस्तो गरियो भने फाइदा कसलाई हुन्छ ? के शिक्षा राम्रो भयो र जनता शिक्षित भए भने डराउनुपर्ने शासकहरु अझै पनि जिउ‘“दैछन् र ?

ब्यक्तिगतरुपमा भलाकुसारी गर्ने क्रममा समेत माध्यमिक तहसम्मको जिम्मेवारी स्थानीय तहलाई दिएको सन्दर्भमा संविधान बनाउने विधायकहरुले समेत आश्चर्य मानेका छन्। यस्तो सुझाव कसैले नदिए पनि किन भयो त यस्तो भन्दा कसैस“ग जवाफ पनि छैन। राष्ट्रिय परीक्षा बोर्डको प्रदेश र शाखा कार्यालयमा एसइइस“ग सम्बन्धित समस्याहरु ल्याएर अभिभावक र विद्यार्थीहरु आउ“छन्। उक्त परीक्षा बोर्डलाई यो कुरा बोध छैन। न त यो विषयमा अधिकार र जिम्मेवारी नै छ। जसलाई अधिकार र जिम्मेवारी छ उस“ग अर्थात इकाईंस“ग स्टाफ छैन। शिक्षा क्षेत्रले डाइनामिक, विज्ञ, ऊर्जाशील र शिक्षाको उन्नतिका लागि समर्पित मन्त्री पनि पाएकै हो। तथापि किन भइरहेको छ यस्तो ? देशको भाग्यरेखा कोर्न मद्दत गर्ने शिक्षा क्षेत्रलाई किन लखनउको भुलभुलैया जस्तै बनाइ“दैछ ? धरोधर्म यो बारेमा मलाई त चेतना नै भएन। सबैलाई चेतना भया।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top