Free songs
Home / फिचर समाचार / मेलमिलापबाटै मुद्दा किनारा

मेलमिलापबाटै मुद्दा किनारा

युगबोध समाचारदाता

घोराही। गम्भीर प्रकृति बाहेकका मुद्दा सम्पादन गर्ने अधिकार पाएका स्थानीय तहका न्यायिक समितिले मेलमिलामै जोड दिएर मुद्दा किनारा गरिरहेका छन्।

फौजदारी र देवानीअन्तर्गतका गम्भीर प्रकारका (एक वर्षभन्दा बढी कैद सजाय हुने) मुद्दाबाहेक विवाद, कुटपिट, लेनदेनजस्ता उजुरी न्यायिक समितिले सम्पादन गर्दै आएका छन्। घोराही उपमहानगरपालिकाको न्यायिक समितिले पनि दर्ता भएका उजुरीहरु मेलमिलापमै जोड दिएर किनारा गरिरहेको न्यायिक समितिका संयोजक सीता न्यौपाने बताउनुहुन्छ। स्थानीय स्तरका साना घटनालाई ठूलो रुप लिन नदिन पक्ष–विपक्षलाई सहमतिमार्फत न्याय सम्पादन गरिरहेको उहाले बताउनुभयो। ‘न्यायिक समितिमा मात्रै होइन स–साना उजुरीहरु वडास्तरबाटै मेलमिलाप गराएर टुंगो लगाइरहेका छौं’– उहाले भन्नुभयो।

घोराही उप–महानगरपालिकाको न्यायिक समितिमा आ.व. ०७४÷०७५ मा दुई सय ५६ उजुरी परेकामध्ये एक सय पा“चवटा मुद्दा टुंगो लगाइएको थियो। आव ०७५/०७६ मा दर्ता भएकामध्ये एक सय ९५ मध्ये ७९ मुद्दा टुंगो लगाइएको छ। न्यायिक समितिका अनुसार सोही आवमा किनारा हुन नसकेका मुद्दा अर्काे वर्षमा किनारा लगाइन्छ। जस अनुसार ०७४÷०७५ मा टुंगो नलागेका एक सय ५१ मध्ये चालु आवमा १८ वटा मुद्दा किनारा लागेका छन्। त्यस्तै ०७५/०७६ मा टुंगो नलागेका एक सय १६ वटा मुद्दा आउने आवमा किनारा लगाइने न्यायिक समितिले जनाएको छ।

उपप्रमुख एवं न्यायिक समितिका संयोजक सीता न्यौपानेका अनुसार लेनदेन, जग्गा विवाद, कुलो, नाला, पानी र घरेलु हिंसाका उजुरीहरु न्यायिक समितिमा बढी आउने गरेका छन्।

‘न्यायिक समितिको क्षेत्राधिकारका उजुरीहरुको मात्र न्याय सम्पादन गरिरहेका छौं’– उहाले भन्नुभयो– ‘तर ती बाहेकका मुद्दा भने अदालतमा पठाउछौं।’ जनशक्तिको अभाव भए पनि न्याय सम्पादनमा कठिनाई नभएको उहा बताउनुहुन्छ। न्यायिक समितिले बिहीवार पत्रकार सम्मलेन गर्दै वर्षभरि भएका गतिविधि र न्याय सम्पादनबारे जानकारी गराएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top