Free songs
Home / समाचार / संक्षिप्त समाचार / मानसिक स्वस्थताका लागि तनाव व्यवस्थापन आवश्यक

मानसिक स्वस्थताका लागि तनाव व्यवस्थापन आवश्यक

घोराही,  घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा निर्माणाधीन अवस्थामा रहेको मानसिक सन्तुलन गुमाएकाहरुको आश्रय, उपचार र परामर्श केन्द्र आगामी भदौदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ।

हेल्थ फाउण्डेशन, घोराही उपमहानगरपालिका, वडा कार्यालयसहित विभिन्न व्यक्ति एवं संस्थाहरुको सहयोगबाट निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको र भदौदेखि सञ्चालनमा ल्याउने तयारी भएको प्रेरणाका लागि अभियान नेपाल दाङले जनाएको छ। प्रेरणाका लागि अभियान नेपाल दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा बिहीवार घोराहीमा भएको जनप्रतिनिधिहरुका लागि मानसिक स्वास्थ्य प्रबद्र्धन विषयक छलफलमा अभियानका सचिव गुणाखर भुसालले मानसिक सन्तुलन गुमाएर सडकमा आएका व्यक्तिहरुको जिम्मा लिन लागेको जानकारी दिनुभयो।

मानसिक सन्तुलन गुमाएर सडकमा आएर बेसहारा बनेका व्यक्तिहरुलाई केन्द्रमा राखेर उपचार, परामर्श, संरक्षण गर्ने योजना रहेको र यो विषय सबैको साझा बन्न आवश्यक रहेको उल्लेख गर्नुभयो। करीब एक करोडको लागतमा भवन तयार हुन लागेको र २० देखि २५ जनासम्म मानसिक सन्तुलन गुमाएकाको उपचार गर्ने योजना रहेको बताउनुभयो।

घोराही उप–महानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन समितिका संयोजक खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानेले मानसिक सन्तुलन गुमाएकाहरुको व्यवस्थापनमा सरकारी र गैरसरकारी निकायको समन्वयले प्रभावकारी सुधार ल्याउन सकिने बताउनुभयो।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहाल, उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, डा. प्रभात रिजाल, हेल्थ फाउण्डेशनका सुपरभाइजर गिरिराज पौडेल लगायतले तनाव व्यवस्थापनका लागि चिन्ता नगर्ने र जीवनलाई सरलढंगले बुझ्नु नै मानसिक स्वास्थ्यको मुख्य उपचार भएको बताउनुभयो। त्यसैगरी हेल्थ फाउण्डेशनका मनोविमर्शकर्ता भूमिका घर्ती मगरले मानसिक समस्या जटिल बन्दै गएको भन्दै जीवनलाई सहजढंगले जीउन सक्नुपर्ने बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top