Free songs
Home / समाचार / संक्षिप्त समाचार / बुटवलको सडक सीमा थप अनिश्चित

बुटवलको सडक सीमा थप अनिश्चित

बुटवल,  (युस)– निकै लामो समयदेखि अन्योलमा रहेको बुटवलको सडक विस्तार योजना थप अनिश्चित भएको छ।
नारायणीदेवी प्रधान समेत बुटवलका ३४ जना घरधनीहरुले घर भत्काउने कार्य रोक्न निशेधाज्ञाको माग गर्दै दायर गरेको रिट निवेदनउपर बुधवार भएको सुनुवाइमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो आदेश दिएको हो। सडक सीमाभित्र बनेका बुटवलका घर टहरा भत्काउने÷नभत्काउने भन्ने मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले निवेदकहरुले घर निर्माण गर्दा नक्सा पास एवं इजाजत प्राप्त गरे नगरेको विषयमा बुटवल उपमहनगरपालिकाबाट सक्कलै फाइल झिकाउने आदेश जारी भएपछि सडक विस्तार योजना थप अनिश्चित बनेको हो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य न्यायाधीशको समेत जिम्मेवारी सम्हाल्नुभएका न्यायाधीश शेषराज सिवाकोटी र न्यायाधीश कमलकृष्ण अधिकारीको संयुक्त इजलासले निवेदकहरुले घर निर्माण गर्दा नक्सा पास एवं इजाजत प्राप्त गरेको हो होइन भन्ने सक्कलै फाइल बुटवल उपमहानगरपालिकाबाट झिकाउन आदेश दिएको हो। यसअघि तीनपटक पेशीमा चढिसकेको सो मुद्दामा अदालतले बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाबाट मुआब्जा सम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको थियो। घरधनीहरुले आयोजनाले घर भत्काउने भए आफुहरुलाई मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top