Free songs
Home / फिचर समाचार / बाढीले पुलको बिजोग

बाढीले पुलको बिजोग

 गिरिराज नेपाली

घोराही। बुुधवार राति र बिहीवार बिहान बेसरी पानी प¥यो। केहीबेरको लगातारको झरी, ५÷६ वर्षदेखि नै निर्माणाधीन अवस्थामा रहेका पुल। जसले विगतको दुःख पुनः दोहोरियो।

असार अन्तिमसम्म पत्रेखोला पुल बाहेकका बबई, कटुवा, गुुर्जे र संक्रामखोला पुल निर्माण सम्पन्न हुुने यो वर्षको वर्षातमा खोलाको दुःख भोग्नुु नपर्ने निर्माण कम्पनीदेखि सडक कार्यालयसम्मको जवाफ थियो। तर वर्षात शुरु भइसक्यो, पुल निर्माणको हालत अझै उस्तै छ।

जसको पीडा फेरि सर्वसाधारणले भोग्नुुुपर्ने देखिन्छ। बिहीवार गुुर्जे, कटुुवा, बबई र संक्राम खोलामा उही पुुरानै दुःख सर्वसाधारणले भोग्नुुप¥यो। बिहीवार खोलामा पानी बढेपछि घर जान बाटो रोकिएकी तुलसीपुर–१८ की मनमाया ओलीले भन्नुुभयो– ‘यो वर्ष पुल बन्छ भन्थे त।’ पुल नबन्दा भोग्नुुपरेको पीडालाई उहाले यसरी पोख्नुुभयो। अन्य खोलाहरु पनि यस्तै छन्। समयमा निर्माण सम्पन्न हुुन नसक्दा वर्षांैदेखि सर्वसाधारणले कष्ट सहनुु परेको छ।

दुुईदिन गाडी चल्यो, ग्याबिन भत्कियो

कटुवाखोला पुल जसको नामै काफी। अर्थात दाङमा निर्माणाधीन पुलहरुमध्ये सबैभन्दा चर्चा पाएको पुल जसको हालत अझै उस्तै छ। समयमा काम नहुु“दाको पीडा ब्यथा कटुवाखोला पुलले बोकेको छ। सर्वसाधारणदेखि मन्त्रीसम्मको नजर कटुवाखोलामै परेको छ। जसको हालत अझै उस्तै छ। पुलको माथिको बारा रङरोगनले चिटिक्क देखिन्छ। जसलाई देख्दा बिगतको पीडामा केही भए पनि राहत मिल्छ। तर तल माटो फिलिङ गरिएको ग्याबिङ पानीले भत्काउ“दै गरेको दृृश्य देख्दा सबैलाई पुलकै पीरले चस्काउछ।

दुुई चारदिनदेखि निर्माणाधीन कटुुवाखोला माथिबाट सवारी साधन आवतजावत गरिरहेका थिए। तर बिहीवार बिहानदेखि कटुवाखोला पुल ठप्प बन्यो। जसको मुख्य कारण माटो फिलिङ गरेको दक्षिण पूर्वको ग्याबिन बुुधवार राति र बिहीवार बिहानको पानीले बगाउ“दा पुल ठप्प बनेको छ। पूर्णरुपमा सम्पन्न हुन नसकेको पुल माथिबाट सवारीसाधन चल्दा धेरै राहत मिले पनि कमजोर ग्याबिनवालका कारण दुुईदिनमा पुलको आवातजावत रोकिएको स्थानीयहरु पीडा पोख्छन्। घोराही–३ का रामकामेश्वर केसीले भन्नुुभयो– ‘पुल बन्न वर्षांै लाग्यो, दुुईदिन चल्यो, तेस्रो दिन ग्याबिन नै बगायो।’ पुल निर्माणमा भएको चरम लापरवाहीका कारण समयमा बन्न नसकेको पुल ढिलैभए पनि मुुस्किलले सवारी साधन आवतजावत गर्न सक्ने भए पनि अपरिपक्व कामले फेरि दुःखदिन्छ कि भन्ने चिन्ता सर्वसाधारणले खेप्नुपरेको उहाको भनाइ छ।

‘ठेकेदार कम्पनीलाई केही छैन। जहिले बनाए पनि भो, जे बगाए पनि भो, गाडी चलेकै थियो त भन्ने भइहाल्यो। पुलको हालत फेरि उस्तै भैगो, न कुुनै कानुुन छ, न कुुनै जिम्मेवारी छ। दुुःख पाउने हाम्ले नै हो’– उहा“ले थप्नुुभयो। २०७१÷७२ देखि निर्माण शुरु गरिएको कटुवाखोला पुलको काम अझै सकिएको छैन। निर्माण शुरु भएको दुुई वर्ष आर्थिक वर्ष २०७२÷७३ मा निर्माण सम्पन्न गरिसक्नुुपर्ने थियो। तर उक्त अवधिभर कुनै काम हुुन सकेन। एक पटक म्याद थप गरी २०७४ असोज मसान्तसम्म सारियो। तर उक्त अवधि गुुज्रिएको पनि दुुई वर्ष पूरा भयो। तर पुलको बेहाल उस्तै रहेको सडक डिभिजन कार्यालय दाङका प्रमुुख जितेन्द्र चौधरीले बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘सामान्य वर्षाले पनि ग्याबिन बगायो। पुल बन्न छ वर्ष लाग्यो। हामी पनि आजित छौं।’ कटुवाखोला मात्रै होइन बबई, गुुर्जे, संक्रामखोलाको अवस्था पनि उस्तै छ।

असार मसान्तसम्म सबै पुलको निर्माण कार्य सम्पन्न हुने भनिए पनि अझै हुुन सकेको छैन। जुन बुुधवार राति र बिहीवार बिहानको वर्षातले देखाइसकेको छ। केही दिनदेखि सवारी साधन सामान्यरुपमा ओहोरदोहोर गरे पनि बिहीवार बिहान ग्याबिनको माटो बाढीले बगाउ“दा पुलको सास्ती उस्तै दोहोरिएको छ। केही दिन सवारी साधन सञ्चालन भए पनि पुलको काम अझै सम्पन्न हुुन नसकेको सम्बन्धित निकायको भनाइ छ।

प्रजिअको सक्रियता
कटुवाखोला पुलको ग्याबिन बाढीले बगाउ“दा बन्द भएको आवतजावत खुलाउन बिहीवार प्रमुख जिल्ला अधिकारी नै कस्सिनुप¥यो। ग्याबिनका कारण जिल्लाको आवागमन नै ठप्प हुु“दा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बिहीवार बिहान ४० जना सुरक्षाकर्मीको टोलीसहित ग्याबिन निर्माणमा जुट्नुुभयो। बिहीवारसम्म रातिसम्म पनि काम  जारी रह्यो।

प्रजिअ रिजालले भन्नुुभयो– ‘जिल्लाको यातायात सेवा नै ठप्प हुुनेभएकाले तत्काल काममा लागेका हौं।’ निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण समयमा पुल निर्माण र परिपक्व काम हुुन नसकेकाले यस्तो आपत खेप्नुु परेको उहा“को भनाइ छ। बाढीले बगाएको ग्याबिनका कारण अर्काे विपत्ति आउन सक्ने भएकाले विपत व्यवस्थापन कार्ययोजनाअन्तर्गत तत्काल पुल मर्मतमा खटिएको उहा“को भनाइ छ। उहा“ले थप्नुुभयो– ‘बिहान कोही थिएनन् सुरक्षाकर्मीले मात्रै काम गरे।’ निर्माण कार्यमा लापरवाही गर्ने कम्पनीलाई तत्काल सम्बन्धित कार्यालयले कारवाहीका लागि सिफारिस गर्नुुपर्ने उहॉ“को भनाइ छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top