Free songs
Home / फिचर समाचार / बजारभरि छाडा चौपाया

बजारभरि छाडा चौपाया

ओपेन्द्र बस्नेत

तुलसीपुर, छाडा पशुचौपायाको व्यवस्थापन स्थानीय तहहरुका लागि बोझिलो बनेको छ। गाउ“घरमा कृषकले लगाएको बालीबोट सखापै पार्न थालेपछि र गाउ“पालिका र शहरमा दुर्घटना हुन थालेपछि उपमहानगरपालिकाका लागि छाडा पशुचौपाया बोझिलो र चुनौतीको विषय बनेका हुन्।

पशु चौपाका कारण तुलसीपुर, घोराही र लमही बजारमा यत्रतत्र सडकमा रहेका गाईगोरुका कारण सडक दुर्घटना, सवारी आवागमनमा अवरोध र यात्रु ओहोरदोहरमा समस्या देखिएको छ। दाङका दुई ठूला तुलसीपुर र घोराही उपमहानगरपालिकाका बजारमा सडकै छेकेर बसेका गाईगोरुले उपमहानगरपालिकाले गर्ने कामको शैली, र व्यवस्थापकीय पक्षलाई गिज्याइरहेको सर्वसाधारण बताउ“छन्। ‘अस्ति एकजना सल्यानकी महिला बाटोमा सरासर हिडिरहेकी थिइन् पछाडिबाट गोरु गएर भ्वाक्क हान्दियो’– ठेलामा फलफुल बेच्ने अमर विकले भन्नुभयो – ‘यसको जिम्मेवार को बन्ने न गाई गोरुको गोसा“ छ न त जिम्मा लिने मान्छे नै।’ छाडा चौपायाले ठेलामा बेच्न राखेका फलफूल, तरकारीसमेत खाइदिने गरेको व्यापारी विकले बताउनुभयो।

शहरबजारको कुरा गरिरह“दा ग्रामीण भेगको कुरा भने फरक छ। ग्रामीण भेगमा छाडा छोडिएका पशु चौपायाले सिजन अनुसार मकै, धान, तोरी, गहु“, मसुरोलगायतका बालीबोटमा क्षति पु¥याउने गरेको शान्तिनगर गाउ“पालिका–५ का होताराम ओलीले बताउनुभयो। अघिल्लो वर्ष छाडा गाई गोरुले दुई कट्ठा जग्गामा लगाएको मकै र तरकारी खाइदिएको ओलीले गुनासो गर्नुभयो। यद्यपि जोत्दासम्म गोरुलाई र दूध दिदासम्म गाई पाल्ने र त्यसपछि छाडा छोड्ने प्रवृत्तिले पनि पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या देखिएको भन्दै नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले यसका लागि स्थानीय तहले कानुन बनाउनुपर्ने सुझाव दिनुहुन्छ।

के गर्दैछन् स्थानीय तह ?

हुलका हुल पशु चौपाया बजारमा छरपष्ट बस्दा यातायात नै ठप्प पारिरहेका बेला तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर–१३ को फूलबारीमा छाडा चौपायाको व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ। त्यसका लागि उपमहानगरपालिकाले तुलसी सहकारीस“ग सम्झौता गरेको छ। उपमहानगरको आफ्नै दुई विगाह १८ कट्ठा जग्गा सहकारीलाई २० वर्षका लागि भाडामा दिएको र त्यही जग्गामा छाडा चौपाया राख्नका लागि पूर्वाधारको काम शुरु भएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डा“गीले बताउनुभयो। मलमुत्र खेर नजाने गरी पूर्वाधार निर्माण भइरहेकाले अबको पँ“च महिनाभित्रमा बजारमा देखिने सबै पशुचौपायाको फूलबारीमा लगेर व्यवस्थापन गरिने प्रवक्ता डा“गीले बताउनुभयो। दिदासम्म दूध खाने र पछि छाडा छोड्ने प्रवृत्तिलाई रोक्न उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि घर–घरमा पुगेर गाईगोरुमा ट्यागलगाउन बजेटको व्यवस्था गरेको छ।

घोराही उपमहानगरपालिकाले राप्ती अर्गानिक कृषक गौशालास“ग सहकार्य गरेर छाडा पशुचौपायाको व्यवस्था गरेको जनाएको छ। तत्कालको समस्यालाई हल गर्न गौशालास“ग सहकार्य गरेर घोराही बजारमा देखिएका करीब एकसय छाडा पशुचौपायालाई १६ नम्बर वडामा व्यवस्थापन गरेको उपमहानगरपालिकाले जनाएको छ। तर बजार क्षेत्रमा यत्रतत्र गाई भेटिने क्रम रोकिएको छैन। ती गाईहरुलाई अस्थायीरुपमा पूर्वाधार निर्माण गरेर चाख्लीघाटमा व्यवस्थापन गर्ने तयारी गरेको उपमहानगरपालिकाले जनाएको छ। यसैगरी शान्तिनगर गाउ“पालिकाले पनि छाडा पशुचौपाया व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा यो विषयलाई समेटेको छ। गौशालालाई आर्थिक स्रोतको रुपमा विकास गर्ने योजना सुनाउ“दै शान्तिनगर गाउ“पालिकाका अध्यक्ष कमानसिंह डा“गीले ५ या ३ र ४ नम्बर वडाको बीचमा पर्ने गरी छाडा गाईको व्यवस्थापन गर्न गौशाला निर्माण गरिने बताउनुभयो। ‘गाउ“मा पञ्चामृत र गहु“तको अभाव भइसक्यो’– अध्यक्ष डा“गीले भन्नुभयो– ‘गोबर, दुध र गहु“त बेचेर पनि पैसा कमाउन सकिन्छ।’ पूर्वपश्चिम राजमार्गअन्तर्गतको लमही नगरपालिकाले पनि छाडावस्तुको व्यवस्थापनका लागि कान्जीहाउस सञ्चालन गरेको छ।

दंगीशरण र बबईमा व्यवस्थित

जिल्लाका विभिन्न पालिकामा छाडा गाईवस्तुको व्यवस्थापन चुनौती बनिरहेका बेला दंगीशरण गाउ“पालिकालगायतका दुईवटा पालिकाले छाडा गाईवस्तुलाई व्यवस्थितरुपमा पालेका छन्। दंगीशरणले वडा नं. ५ को चिसापानी सामुदायिक वनमा गौशाला निर्माण गरी चार सय ९० वटा गाईवस्तु पालिएको गाउ“पालिकाका अध्यक्ष भागीराम चौधरीले बताउनुभयो। उहा“का अनुसार पा“चजना हेरालुले गाईवस्तुको दैनिक हेरचाह, खानपिनको व्यवस्था गर्दै आएका छन्। यसैगरी बबई गाउ“पालिकाले पनि हापुरे बजारलगायत पालिकामा भेटिने छाडा गाईवस्तुहरुलाई वडा नं. ५ को जौबारीमा राखेको छ। तीनजना हेरालु राखेर गाईवस्तुको हेरचाह गर्ने काम भइरहेको बबई गाउ“पालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top