Free songs
Home / फिचर समाचार / पातीहाल्नामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

पातीहाल्नामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन

सागर रिजाल

प्युठान,  प्युठान नगरपालिका–१० पातीहाल्नामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ। स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्यको पहु“च पु¥याउने नेपाल सरकारको नीति अनुसार पातीहाल्नामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रको बिहीवार एक कार्यक्रमबीच प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले उद्घाटन गर्नुभएको हो। उद्घाटन गर्दै नगरप्रमुख कक्षपतिले स्वास्थ्य सेवाको पहु“चमा नरहेका वस्तीमा प्युठान नगरपालिकाको पहलमा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताउनुभयो। प्युठान नगरपालिका वडा नम्बर १० भित्र पर्ने पातीहाल्नाका जनताले नजिकबाट स्वास्थ्य सेवा नपाएकाले सहज पह“चमा ल्याउन यस ठाउ“मा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो।

‘धेरै लामो समयको प्रयासपछि यस स्थानमा स्वास्थ्य केन्द्र स्थापना भएको छ’– नगरप्रमुख कक्षपतिले भन्नुभयो– ‘यसको दिगो व्यवस्थापनमा यहा“का स्थानीयहरुले साथ दिनुपर्छ।’ जिल्ला सदरमुकाम छेउमै भए पनि यो क्षेत्र विकासका दृष्टिकोणले पछाडि परेको उहा“ले बताउनुभयो । उहा“ले भन्नुभयो– ‘यस क्षेत्रमा विकास गर्नलाई नगरपालिकाले योजना बनाएर अगाडि बढेको छ।’ नगरपालिकाले नगर क्षेत्रका १० वटै वडाका जनतालाई स्वास्थ्यको पहु“चमा पु¥याउने लक्ष लिएको नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो।

स्थानीय खुशी

लामो समयदेखि स्वास्थ्य सेवाको पहु“चभन्दा बाहिर रहेका पातीहाल्ना, बुकेनी, नेपाने, गहतेरालगायतका स्थानीयहरु स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि खुशी भएका छन्। बिरामी भएको समयमा एक घण्टा पैदल हिडी खंलगा पुगेर उपचार गराउने यस क्षेत्रका स्थानीयहरु गाउ“मै केन्द्र सञ्चालनमा आएपछि खुशी भएको बताउ“छन्। ‘भौगोलिक विकटताले गर्दा यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पाउन निकै समस्या थियो’– स्थानीय राधा थापाले भन्नुभयो– ‘हाम्रो समस्यालाई बुझी लामो समयपछि स्वास्थ्य केन्द्र सञ्चालन भएको छ।’ यसको संरक्षण र दिगो व्यवस्थापनमा स्थानीयहरु जुट्ने उहा“ले बताउनुभयो।

घरदैलो अभियान

प्युठान नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷०७७ मा नगर क्षेत्रभित्र रहेका जनतालाई स्वास्थ्यको सहज पहु“चमा पु¥याउने उद्देश्यले घरदैलो अभियान सञ्चालन गर्ने बताएको छ। नगर क्षेत्रभित्रका ६० वर्षभन्दा माथिका जनता स्वास्थ्य सेवा लिन स्वास्थ्य केन्द्रसम्म
आउन नसक्ने भएकाले उनीहरुलाई मध्यनजर गरी यो अभियान सञ्चालन गर्न लागिएको नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो। यही साउनदेखि महिनाको १० दिन घरदैलोमा उपचार दिन
जाने व्यवस्था मिलाइएको उहा“ले बताउनुभयो । यो अभियानले स्वास्थ्य सेवाको पहु“चमा नआएकालाई सहयोग पुग्ने विश्वास लिइएको उहा“ले बताउनुभयो।

नगरका चार वडामा स्वास्थ्य केन्द्र सञ्चालन

स्वास्थ्य केन्द्र नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप प्युठान नगरपालिकाका चार वटा वडामा स्वास्थ्य केन्द्र सञ्चालन हुन लागेको नगरपालिका स्वास्थ्य संयोजक दधिराम सुवेदीले जानकारी दिनुभयो। प्युठानमा पा“चवटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन हुने उहा“ले बताउनुभयो। मल्लरानी गाउ“पालिकामा एउटा र प्युठान नगरपालिकामा चारवटा स्वास्थ्य केन्द्र सञ्चालन हुन लागेको उहा“ले बताउनुभयो। मल्लरानी गाउ“पालिकामा सञ्चालन भइसकेको र प्युठान नगरपालिकामा पनि सञ्चालन हुने क्रम जारी रहेको उहा“ले बताउनुभयो। बिहीवार प्युठान नगरपालिका–१० पातीहाल्नामा उद्घाटन भयो भने अब क्रमश प्युठान नगरपालिका–४ मङराखोला, वडा नम्बर–२ जुडापाटा, वडा नम्बर–७ को पुण्यखोलामा सञ्चालन हुने उहा“ले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्र सञ्चालनका लागि बजेटसमेत विनियोजन गरिएको छ। वडा नम्बर ४ मा ६३ लाख ४६ हजार छ सय ३० रुपैया“ बजेट विनियोजित भएको छ भने अरु तीन स्थानका लागि प्रति स्वास्थ्य केन्द्र ३८ लाख ८६ हजार नौ सय २० रुपैया विनियोजित गरिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top