Free songs
Home / फिचर समाचार / न्यायमा सहज पहुँचका लागि कार्यशाला

न्यायमा सहज पहुँचका लागि कार्यशाला

 देवी गुरुङ

रोल्पा,  सहजरुपमा पीडितलाई न्याय दिन सक्ने वातावरण बनाउन भन्दै माहुरी होमले सरोकारवालाहरुस“ग कार्यशाला गरेको छ।

रोल्पामा सञ्चालित सहज परियोजनाले न्यायमा सहज पहु“च विस्तारका लागि बिहीवार लिवाङमा कार्यशाला सम्पन्न गरेको हो। मधेश मानवअधिकार गृह (माहुरी होम) को आयोजना तथा सहज परियोजनाको आर्थिक सहयोग रहेको कार्यक्रममा न्यायमा सहज पहु“च तथा प्रक्रियाका बारेमा छलफल भएको थियो। अहिले भइरहेको न्यायिक प्रक्रिया पीडितका लागि असहज भएको भन्दै सहभागीहरुले पीडितलाई झन् पीडा थप्ने गरी न्याय सम्पादन भइरहेको बताए। उनीहरुले फास्ट ट्रयाकको अवधारण अझै सञ्चालन हुन नसकेको भन्दै यसतर्फ सबैको सहकार्य भएमा पीडितलाई छिटो न्याय र पीडकलाई कानुनी दायरामा ल्याउन सकिनेमा जोड दिए।

भीएसओ एवं इन्टरनेशनल एलर्टका विष्णु नेपालीले सहजीकरण गर्नुभएको कार्यक्रममा उहा“ले पीडितको गोप्यता भंग नहुने तवरले र अनुसन्धानका लागि आवश्यक प्रमाणसमेत नष्ट नहुने किसिमले सहजकर्ताहरु र सरोकारवालाहरुले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। नाटकीयढंगबाट कार्यशालामा सहभागी विभिन्न सरोकारवालाहरु प्रहरी, न्यायिक समिति, महिला सञ्जाल, किशोरी सञ्जाल, स्वास्थ्यका प्रतिनिधि, पत्रकार, सहजकर्ताहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यशालामा सहभागी रोल्पा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मनकुमारी घर्तीले पीडितको न्यायिक सहजताका लागि सबैको सहकार्य हुनुपर्ने बताउनुभयो। अहिले पीडित न्यायका लागि विभिन्न प्रक्रियामा अल्झिएको भन्दै उहा“ले घटनाका आधारमा द्रुत सेवा दिनुपर्ने बताउनुभयो।
अहिलेको अभ्यासलाई हेर्दा पीडित न्यायका लागि धेरै ठाउ“ धाउनुपर्ने अवस्था रहेको र सम्बन्धित निकायले पीडितलाई नभई बरु फाइललाई पठाउनुपर्ने अधिकारकर्मीहरुले बताए। केही जिल्लाको अभ्यासका आधारमा स्थानीय तहहरुमा तीन किसिमको व्यवस्था गरिएको परियोजनाका विष्णु नेपालीले बताउनुभयो। घटना व्यवस्थापन, प्राथमिक सेवा प्रदायक र आधिकारिक निर्णयकर्ताका आधारमा न्याय सम्पादन सहज हुने उहा“ले बताउनुभयो। जसका लागि शुरुमा घटना दर्ता तथा पहिचान, प्रभावित र परिवारबारे बुझ्ने स्याहार योजना तथा कार्यान्वयन र कामबारे अनुगमन गर्दा सहज हुने नेपालीको भनाइ थियो। त्यसो गर्दा विभिन्न छ चरणमा काम हुने र त्यसका लागि अन्तिम फैसला हुने अवस्थाबाहेक अन्य ठाउ“मा फाइल पु¥याए हुने उहा“ले बताउनुभयो।

मधेश मानवअधिकार गृह (माहुरी होम) द्वारा सञ्चालित सहज परियोजना प्रदेश पाचका २४ स्थानीय तहमा सञ्चालित छ। परियोजनाको रोल्पा–प्युठान अधिकृत दिनेशकुमार चौधरीले रोल्पाका दुई स्थानीय तहहरु रोल्पा नगरपालिका र त्रिवेणी गाउ“पालिकामा काम गरिरहेको बताउनुभयो। उहा“का अनुसार रोल्पा नगरपालिकाको वडा नं. १ र ६, त्रिवेणी गाउ“पालिकाको वडा नं. ५ र ६ मा काम भइरहेको छ। यो कार्यक्रम देशभरमा प्रदेश २, ५ र ७ का १८ जिल्लाका ४६ स्थानीय तहमा सञ्चालित छ। सन् २०१४ देखि नेपालमा शुरु गरिएको यो परियोजना रोल्पा लगायत केही जिल्लामा भने डिसेम्बर २०१८ देखि शुरु भएको हो। लैंगिक हिंसा न्यूनीकरण, सुरक्षा र न्याय प्रणालीका विभिन्न पक्षहरुस“ग एकीकृत रुपमा सहज परियोजनाले काम गर्ने दिनेशकुमार चौधरीले बताउनुभयो। कार्यक्रमलाई सही तवरले सञ्चालन गर्न विभिन्न सरोकारवालाहरुस“ग सहकार्य र समन्वय भइरहेको रोल्पा, प्युठान जिल्ला सहजकर्ता राजेन्द्र बुढाले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top