Free songs
Home / समाचार / संक्षिप्त समाचार / नेतृत्वलाई अवसरमा बदल्छौं ः जनप्रतिनिधिहरु

नेतृत्वलाई अवसरमा बदल्छौं ः जनप्रतिनिधिहरु

युगबोध समाचारदाता

घोराही,  दंगीशरण गाउ“पालिकाका जनजाति जनप्रतिनिधिहरुले आफूले पाएको नेतृत्वलाई गाउ“पालिकाका जनताको विकास गर्ने अवसरका रुपमा लिने बताएका छन्। गाउ“पालिकाको कार्यालयमा आयोजित आदिवासी जनजाति जनप्रतिनिधि तथा अन्य जनजातिहरुको नेतृत्व विकासका लागि गरिएको कार्यक्रममा बोल्दै उनीहरुले खासगरी जनजाति बाहुल्यता रहेको दंगीशरणमा उनीहरुको विकासका लागि काम गर्ने प्रतिवद्धतासमेत जनाए।

कार्यक्रममा बोल्दै उनीहरुले पिछडिएको समुदायको प्रतिनिधित्व आफूहरुले गर्ने मौका पाएको उल्लेख गर्दै नेतृत्व विकास तालिमले अग्रसर भएर काम गर्ने ऊर्जा मिलेको बताए। कार्यक्रममा बोल्दै गाउ“पालिकाका अध्यक्ष भागीराम चौधरीले सबै समुदायको विकास र
उत्थानका लागि गाउ“पालिकाले काम गर्ने प्रतिबद्धता जनाउनुभयो। सबै मान्छेमा केही न केही क्षमता हुन्छ, त्यसको सदुपयोग गर्ने सवालमा जनजातिहरु अलि पछि परेको उल्लेख गर्दै चौधरीले भन्नुभयो– ‘नेतृत्व विकास कार्यक्रमले भएको क्षमतालाई उजागर गर्ने काम गर्नेछ भन्ने मैले आशा गरेको छु।’ उहा“ले आदिवासी जनजातिहरुको क्षमता विकास, सीप प्रवद्र्धन गर्न गाउ“पालिकाले कार्यक्रम ल्याउने बताउनुभयो। तर उहा“ले हरेक वर्ष एउटै किसिमको भन्दा पनि फरक–फरक कार्यक्रम ल्याएर क्षमता विकास र सीप प्रवद्र्धन गरिने बताउनुभयो।

दाङ सञ्चार प्रालिको आयोजना तथा दंगीशरण गाउ“पालिकाको सहयोगमा असार २४ गतेदेखि शुरु भएको तीनदिने तालिममा पालिकाका आदिवासी जनजाति जनप्रतिनिधिहरु, गाउ“पालिकाका आदिवासी जनजाति महिला तथा पुरुष गरी ३५ जनाको सहभागिता थियो। तालिमको सहजीकरण दुर्गालाल केसी, जयनारायण पुनलगायतले नेतृत्व विकास, बोल्ने कलाको प्रवद्र्धन, योजना निर्माण तथा फरफारकलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top