Free songs
Home / फिचर समाचार / जहाँ गरिबी, त्यहाँ क्षयरोगी

जहाँ गरिबी, त्यहाँ क्षयरोगी

युगबोध समाचारदाता

घोराही,  बंगलाचुली– ५ का ६३ वर्षीय वेदप्रसाद नेपालीको पारिवारिक अवस्था निकै कमजोर छ। ढुुंगा माटोको कामले नै उहा“को परिवार धानेको छ। दुुई छाक जुटाउन पनि मुुस्किल नै पर्छ। न राम्रो बास, न पोसिलो गास पाउन सकेको छ नेपालीको परिवारले। पोसिलो आहार, खुला आवास, सरसफाइ, स्वास्थ्य हेरचाहको अभावका कारण माइक्रो ब्याक्टेरिया ट्युुमरक्युुलोसी नामक किटाणुुको कारण क्षयरोग अर्थात (टिबी) लाग्ने गर्दछ। जसको संक्रमणमा परेका नेपालीले ६ महिनादेखि औषधि सेवन गरिरहनुुभएको छ। उहा“ले भन्नुुभयो– ‘खै कसरी क्षयरोगको शिकार भए“ थाहा छैन, खानपान, स्याहारसुसारमा त्यति नपुुगेकै कारण टिबी लागेको होला । ‘डाक्टर सापले अरुको श्वासप्रश्वास र पोशिलो खानपान, सगोलको बसाइलगायत धेरै कारणले लागेको हुुन सक्ने भन्नुु भा’हो।’ उहा“ले थप्नुुभयो।
घोराही चौघेराका जसिप कुवरको पनि अवस्था उस्तै हो। २६ वर्षीय कु“वर घोराही बजारमा अटो चलाउनुुहुुन्छ। उहा“ पनि क्षयरोगको शिकार हुनुभएको छ। अटो चलाउने पेशा, विभिन्न व्यक्तिहरुस“गको बसउठ्का कारण क्षयरोगको शिकार बन्नुुपरेको उहा“को भनाइ छ। उहा“ले भन्नुुभयो– ‘अटो चलाउ“दै गर्दा छाती दुुख्थ्यो। कतै चिसोले हो कि भन्ने लाग्यो। दुखाइ सञ्चो भएन। डाक्टरलाई देखाउ“दा टिबी भइसकेको रहेछ।’ उचित खानपान, बसोबास र सरसफाइको अभावमा निम्नवर्ग र समुदाय नै क्षयरोगको जोखिममा पर्ने गरेको स्वास्थ्य कार्यालय दाङका क्षयकुुष्ठ रोग अधिकृत डम्बरबहादुर कुु“वरले बताउनुुभयो। क्षयरोग गरिवीस“ग जोडिएको रोगको हो। जसको शिकार अधिकांश विपन्न वर्ग समुदाय हुने गरेका छन्। निम्नवर्ग र समुुदायका व्यक्तिहरु पोशिलो खानपान, उचित बसोवास, सरसफाइप्रति लापरवाही र कमजोर चेतनास्तरका कारण क्षयरोगको शिकार हुने गरेको उहा“को भनाइ छ। उहा“ले भन्नुुभयो– ‘जहा“ गरिबी, त्यहा“ क्षयरोगी देखिदै आएको छ।’

वर्षेनि बढ्दै क्षयरोगी

स्वास्थ्य कार्यालय दाङका अनुुसार दाङमा वर्षेनि क्षयरोगको समस्या बढ्दै गइरहेको छ। जसको निवारणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहे पनि चेतनाको अभाव र लापरवाहीका कारण संक्रमितको संख्या बढ्दै गइरहेको क्षयकुुष्ठ रोग अधिकृत कुु“वरले बताउनुुभयो। दाङमा वर्षेनि करिब १२ सय नया“ क्षयरोगी फेला पर्ने गरेको जनाइएको छ। गत आर्थिक वर्षमा दाङमा पिबिसीका छ सय ९१, पिसिडीका दुई सय १६ र इपिका दुई सय ५६ गरी एक हजार एक सय ६३ जना नया“ बिरामी फेला परेको क्षयकुुष्ठ रोग अधिकृत कुु“वरले जानकारी दिनुुभयो। चालु आर्थिक वर्षको फागुनसम्म मात्रै छ सय २१ जना नया“ रोगी फेला परेको उहा“ले बताउनुुभयो। जसमा पिबिसी तीन सय ९६, पिसिडी ८८ र ईपी एक सय ३७ जना फेला परेको उहा“ले जानकारी दिनुुभयो। जसमा ९० प्रतिशतले औषधि सेवन गरेका छन् भने ८६ प्रतिशत निको हुुने गरेका छन्। बा“कीले दोहोरिने समस्या भोगिरहेका छन्। दोहोरिने बिरामीको समस्याले पनि क्षयरोगीको बृद्धिदरमा मद्दत पुु¥याएको उहा“को भनाइ छ। खानपान, स्वास्थ्य हेरचाह र व्यक्तिगत लापरवाहीका कारण केही प्रतिशत बिरामीहरु दोहोरिने गरेको उहा“ले बताउनुुभयो।

खुल्न चाहन्नन् क्षयरोगी

अझै पनि समाजले क्षयरोगीप्रति हेर्ने नजर र गर्ने व्यवहारमा परिवर्तन नआउ“दा क्षयरोगी खुल्न नसक्दा क्षयरोग निवारण तथा नियन्त्रणमा चुनौती पैदा भइरहेको क्षयकुुष्ठ रोग अधिकृत कुु“वरले बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘अझै पनि क्षयरोगको शिकारमा कुनै युवा छ वा कुनै युवती छिन् भन्ने थाहा पाए बन्न लागेको सम्बन्ध पनि रोकिन्छ। घरपरको आवतजावत नै रोकिन्छ। जसका कारण क्षयरोगीहरुले विभदेको महसुस गर्नुुपरेको छ।’ समाजकै कारण खुलेर आउन नसक्दा धेरै क्षयरोगीहरु निजी औषधि पसलहरुबाट औषधि सेवन गर्ने, समस्या देखाउन नसक्ने उहा“ले बताउनुुभयो।

सक्रिय खोजी

विगतका दिनमा क्षयरोगको औषधि उपचार, परीक्षणको व्यवस्था सीमित स्थानहरुमा मात्रै थियो। आजभोलि निजी औषधी पसल, स्वास्थ्यचौकी र अस्पतालहरुमा क्षयरोगको औषधि उपचार हुने भएकाले बिरामीहरु लुक्दै निजी औषधि पसलबाट औषधि लिदै खा“दै गर्ने भएकाले अझ जोखिम बढ्दै गइरहेकाले क्षयरोगीहरुको सक्रिय खोजी आवश्यक रहेको उहा“ले बताउनुुभयो। सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरे पनि कतिपय समाजको संकोच, भौगोलिक तथा आर्थिक अवस्थाका कारण औषधि उपचारको पह“ुुच बाहिर रहेकाले क्षयरोेगको निवारणका सक्रिय खोजी आवश्यक रहेको उहा“ले बताउनुुभयो। जसमा सबैको सहकार्य, क्षयरोग निवारणतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुुभयो।

औषधि खान र खुवाउन मुुस्किल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकसय ६४ जनाले नियमित औषधि सेवन गरिरहेका छन्। तर उपयुुक्त भौतिक संरचना नहुु“दा बिरामीलाई औषधि गर्न र स्वास्थ्यकर्मीलाई औषधि खुवाउन निकै मुुस्किल परेको क्षयरोग शाखामा कार्यरत अहेव नीमा खड्काले बताउनुुभयो। उहा“ले भन्नुुभयो– ‘स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउनुुपर्ने हो, न खुुवाउने ठाउ“ छ, न पानी नै हुुन्छ। सा“घुरो कोठामा कोचकोच गरी बस्नुुपर्छ। जसले गर्दा आफैले पनि जोखिम मोल्नुुपरिरहेको छ।’ बिरामीहरुले बस्ने ठाउ“ नपाउ“दाको समस्या पनि उस्तै छ।

उपचार गरे निको हुुन्छ, नगरे समाज नै रोगी बन्छ

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य अम्बिकाप्रसाद उपाध्यायले उपचार गरे क्षयरोग निको हुुने नगरे समाज नै रोगी बन्ने भएकाले यसको नियन्त्रण तथा निवारणका लागि स्वास्थ्य शिक्षा आवश्यक रहेको बताउनुुभयो।

नेपाल क्षयरोग निवारण संस्था दाङका अध्यक्ष खिमलाल डा“गीको अध्यक्षतामा भएको चौथो अधिवेशन तथा १२ औं साधारणसभामा बोल्दै प्रमुुख अतिथि उपाध्यायले यस्तो बताउनुुभएको हो। संस्थाका उपाध्यक्ष हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना, निवृत्त राष्ट्रसेवक संघ दाङका अध्यक्ष चतुरमान डा“गी, संस्थाका सल्लाहकार भुपबहादुर शाह, क्षयकुुष्ठ रोग अधिकृत डम्वरबहादुर कुु“वरलगायतले बोल्नुभएको थियो। संस्थाका सचिव लालबहादुर आरसीले संस्थागत र कोषाध्यक्ष कर्णबहादुर बुुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुुत गर्नुुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव लालबहादुर आरसीले गर्नुुभएको थियो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top