Free songs
Home / विचार / जनै पनि छैन, टुप्पी पनि छैन, हिन्दू नभनी भाछैन

जनै पनि छैन, टुप्पी पनि छैन, हिन्दू नभनी भाछैन

मधुसूदन सुवेदी

हिन्दू शब्दमा होइन व्यवहारमा हुनुप¥यो। हिन्दू जबर्जस्ती होइन जानेर र मानेर हुनुप¥यो। हामीलाई हिन्दू भन्न खुब मन लाग्छ। हाम्रो देशलाई हिन्दूराज्य बनाउन पनि खुब मन लाग्छ। तर हामीले हाम्रो धर्म र संस्कार कसले बचाइदिएको छ ? त्यो चाहि“ थाहा छैन। हाम्रो बोली मात्र हिन्दू हो। हामीले उच्चारण गर्ने शब्द मात्र हिन्दू हो। असलीरुपमा हिन्दूशास्त्र, हिन्दू पुराण र हिन्दू परम्पराअनुसार हाम्रो शरीर परीक्षण गर्ने हो भने हामी कदापि हिन्दू हुनेवाला छैनौं। हाम्रो संस्कार र आचरण अवलोकन गर्ने हो भने हामी कदापि हिन्दू भन्न सुहाउनेवाला छैनौं।
हामीले आफूलाई हिन्दू हांै त भन्छांै । तर कहिल्यै आफ्नो टाउकोको बीच भाग छामेका छांै र शिखाबन्धन टुप्पी भेट्टाएका छौं ? हामीले आफूलाई हिन्दू हांै भन्ने त ठानेका छौं तर कहिल्यै हाम्रो शीर टोपीले छोपेको पाएका छौं ? हामीले आफूलाई हिन्दू हांै भन्ने त मानेका छौं। तर कहिल्यै आफ्नो निधारमा श्रीखण्डको चन्दन लेपेका छौं ? हामीले आफूलाई हिन्दू हांै भन्ने त जानेका छौं तर कहिल्यै आफ्नो छातीमा जनै धागो बेरेका छौं ? टाउकोमा टुप्पी पनि छैन, शिरमा टोपी पनि छैन, निधारमा टीका र चन्दन पनि छैन र छातीमा जनै पनि छैन भने के को हिन्दू ?

यति मात्र होइन कसै कसैले टुप्पी, टोपी र चन्दनबिना जनै लगाए पनि त्यो कसले बनाएको हो थाहा छ ? त्यो जनै कहा“ बनेको हो थाहा छ ? त्यो जनै बाट्ने धागो कहा“ बनेको हो थाहा छ ? हामीले जनै पूर्णिमाका दिन हातमा बा“ध्ने धागो (डोरी) र का“धमा भिर्ने जनै कहा“बाट आउ“छ थाहा छ ? हामीले नागपञ्चमीका दिन घरको भित्तामा टा“स्ने नागको मूर्ति भएको नागको फोटा तथा तस्विर कहा“बाट आउ“छ थाहा छ ? हाम्रा महिला दिदीबहिनीहरुको पवित्र चाड हरितालिका अर्थात तीज पर्वमा शुद्ध कपडामा सजिएर भगवान महादेवको पूजा गर्ने र चढाउने यावत सामानहरु कहा“बाट आउ“छन् थाहा छ ?

हाम्रो महान चाड बडादशैंका लागि चाहिने सम्पूर्ण देवीपूजाको सामान र रङटीकाको सामान कहा“बाट आउ“छ थाहा छ ? हाम्रो तिहार पर्वमा घर झिलिमिली पार्ने बत्तीदेखि भाइ मसला र फूलका माला कहा“बाट आउ““छन् थाहा छ ? हामी आफूलाई निकै कट्टर हिन्दूवादी भन्न रुचाउनेले सबै अर्काको सामानमा पर्व धान्न र मान्न लाज लाग्छ कि लाग्दैन, हाम्रो धर्म कसले धानिदिएको रहेछ ? हाम्रो धर्म कसले मानिदिएको रहेछ ? थाहा भयो ? हामीलाई हाम्रो टुप्पीको गा“ठो पार्ने मानिससमेत चाहिएको छ। एक त टुप्पी नै छैन भए पनि त्यही टुप्पीको गा“ठो पार्ने विधि र मन्त्र थाहा छैन। हाम्रो कम्मरदेखि मुनि पहिरिने धोती छैन भए पनि धोतीको गा“ठो पार्ने र धोती बेरिदिने मान्छे चाहिएको छ।

यसरी कुनै पनि ज्ञान, कुनै पनि ध्यान, कुनै पनि जानकारी नभएर रेडिमेड (तयारी) हिन्दू धर्म भन्न र मान्न पाइन्छ ? खै हिन्दूत्वको व्यवहार, आचरण, संस्कार, रीतिरिवाज, परम्परा र आदर्श ? हिन्दूका लागि हुनैपर्ने आधारभूत मान्यताहरु के–के हुन् ? थाहा छ ? जसरी महिला र पुरुष अर्थात लिंग बाहिरी आवरण र शारीरिक बनावट र संरचनाले चिनिन्छ त्यसरी नै धर्म पनि आवरणले नै चिनिनुपर्दछ। महिला जातिले म महिला हु“ भन्नुपर्दैन। त्यसैगरी पुरुष जातिले म पुरुष हु“ भन्नुपर्दैन। यही रीति र भा“तीले हिन्दूले पनि आफ्नो आचरण र व्यवहारको पालना गरे म हिन्दू हु“ भन्नुपर्दैन। हिन्दूबोहक जो कोही धर्म किन नहोस् यदि आफ्नो धर्मको मर्यादा र आदर्शअनुरुप आफ्नो आवरण सजाएको छ भने देख्ने बित्तिकै हिन्दू, बुद्ध, क्रिश्चियन, इस्लाम, जैन आदि जस्ता धर्मको सजिलै पहिचान पाउन सकिन्छ। धर्म भनेको नै पहिचानको पालना हो। धर्मलाई चिन्ने र चिनाउने पहिचान नै छैन भने कसरी धर्मको व्याख्या र पालना हुन सक्छ ?

ठीक छ हामीले धर्म मान्ने र धर्म धान्ने वस्तु तथा सामग्री त उत्पादन गर्न सकेनौं र हामीले टाउकाको टुप्पी र निधारको टीका पनि कसैले पालिदिनु र लगाइदिनुपर्ने हो ? हामीले आफूले लगाउने जनै बाट्न पनि बाहिर कोही खटिनुपर्ने हो ? जनैमा कति सुरा हुन्छन् ? ती के का प्रतीक हुन् ? हामीलाई थाहा छैन। जनैमा कति गा“ठा हुन्छन् ? ती के को प्रतीक हुन् ? हामीलाई थाहा छैन। हाम्रो धर्मको बारेमा फरक धर्म मान्नेलाई जानकारी र चासो छ । तर हामीलाई थाहा छैन। हाम्रा देवी देवता तथा तिनका शक्तिका बारेमा अन्य धर्मावलम्बीलाई जानकारी छ । तर हामीलाई जानकारी छैन।

जस्तै क्रिश्चियन धर्म मान्नेले आफू क्रिश्चियन भए पनि सबै हामीलाई अन्य धर्मको बारेमा त जतासुकै जाओस आफ्नै हिन्दू धर्मका बारेमा यथेष्ठ जानकारी नै छैन। न हामीमा हिन्दूत्वको पहिचान छ। न हामीमा हाम्रा देवी देवताको शक्ति र उत्पत्तिका बारेमा राम्रो ज्ञान छ। न हामीमा हिन्दू मान्ने र धान्ने साधन र स्रोत नै छ। यस्तो अवस्थामा हाम्रो धर्म हामीले धानेको भन्ने कि कसैले धानिदिएको भन्ने ? हामीले कसरी हिन्दूलाई जगेर्ना गर्न सक्छौं ? यहा“ बोलेर हु“दैन । कराएर हु“दैन । कुर्लिएर हु“दैन र उफ्रिएर ह‘ुदैन। हामी प्रमाण बन्न सक्नुप¥यो। प्रमाण बोल्ने हो। प्रमाण लड्ने हो र प्रमाण बाझ्ने हो। यदि प्रमाण दरिलो छ भने नबोले पनि आफू त्यसमा विजय भइन्छ यदि प्रमाण कमजोर छ भने जति बोले पनि आफू त्यसमा पराजय भइन्छ।

पछिल्लो समयमा नेपालको राजनीतिक परिवर्तन स“गस“गै धर्मको कुरा पनि जोडिएको छ । मोडिएको छ र जोडतोडले उठ्ने गरेको पनि छ। तर हामीमा भएको हिन्दूत्वको प्रमाण नष्ट र भ्रष्ट हु“दैछ। यदि आजकै गति र चाल स“गस“गै हामीमा भएको हिन्दूको प्रमाण र पहिचान नष्ट तथा भ्रष्ट गर्दै जाने हो भने खाली शब्दजालमा हामी हाम्रो धर्मलाई टिकाउन र बिकाउन सक्दैनौ। संसारकै प्रचलित तथा मान्यता प्राप्त धर्महरुमध्ये नेपालको हिन्दू धर्म एक अलौकिक, शक्तिशाली तथा वर्णनयोग्य भए पनि हामी स्वयंले यसको प्रमाण नष्ट गर्ने काम ग¥यौं । यसमा कोही शक्ति समूह तथा सम्प्रदायलाई दोष दिनुभन्दा पनि व्यक्तिबाट नै यो कुरा लोप हुन थाल्यो।

मान्छु भन्नेले कट्टर भएर मान्न सकेन। धान्छु भन्नेले आत्मनिर्भर भएर धान्न सकेन। मान्न पनि नसक्ने र धान्न पनि नसक्ने अनि कसरी बन्छ धर्म बलियो र भरपर्दो ? दया, माया, करुणा र अहिंसा यी चार कुराहरु सबै धर्मका चार पाउ हुन्। एउटा पाउ मात्र पनि नष्ट भ्रष्ट र कमजोर भयो भने त्यो धर्म अपुरो भइहाल्छ। त्यसैले हामीले यो धर्म त्यो धर्म भन्नुभन्दा पनि सबै धर्मका मूल्य र मान्यतालाई जान्ने र बुझ्ने कोसिस गरौं। कुनै पनि धर्मलाई घृणा पनि नगरौ र कुनै पनि धर्मलाई तिरस्कार पनि नगरांै। हामी हाम्रो वैदिक सनातन धर्मको प्रमाण जोगाउ“दै अन्य धर्मको पनि जानकारी हासिल गरौं। धर्म–धर्मबीचको फरकता, भिन्नता र पृथकता बुझौं। धर्म र लिंग स्वतः चिनिनुपर्छ भन्ने कुराको पनि राम्रोस“ग हेक्का राखौं। धर्म बोलेर भन्दा पनि व्यवहारमा देखाएर स्थापित गरौं। हाम्रो संस्कृति तथा परम्पराको जगेर्ना गरौं। हामीमा धर्म मान्ने तत्व थाहा पनि छैन र हामीमा हिन्दूको पहिचान पनि थाहा छैन र हामीमा हिन्दूत्वको प्रमाण पनि थाहा छैन। थाहा के छ भने नेपालका अधिकांश जनता हिन्दूप्रति आस्थावान छन् । यत्तिले मात्र त प्रमाण पुग्दैन र जुट्दैन।
हाम्रो मोह र आकर्षण के मा हो ? हाम्रो वाणी र झुकाव के मा हो ? हाम्रो आस्था र आदर्श के मा हो ? हाम्रो आवरणले के भन्छ ? हाम्रो व्यवहारले के देखाउ‘छ ? हाम्रो बोलीले के भन्छ ? हाम्रो भाषाले के संकेत गर्छ ? हाम्रो पहिरनले के पहिचान दिन्छ ? टुप्पी र जनै त सामान्य कुरा हुन्। हिन्दूत्वभित्र कति कुरा अडेका छन् र कति कुरा समेटिएका छन् भन्ने कुरा सामान्य लेख, बहस, छलफल र विचारले पूर्ण हुन सक्दैन। यसका लागि विस्तृत ज्ञान र छलफलको आवश्यकता पर्दछ।

यदि हामी सा“च्चिकै सचेत र सजग नागरिक हुने हो भने धर्म कसैले भन्दैमा र गन्दैमा फेरिने र बदलिने कुरा होइन। धर्म कसैले भन्दैमा र व्याख्या गर्दैमा परिवर्तन हुने होइन। त्यो त हामी आमनेपालीको संस्कार र व्यवहारले देखाउने कुरा हो। हामी कतातिर जा“दैछौ भन्ने कुरा त हाम्रो यात्राले पनि त जानकारी गराउ“छ। हामी कुन धर्मप्रति आकर्षित वा विकर्षित छौं भन्ने कुरा त हाम्रो चरित्र तथा व्यवहारले नै पुष्टि गर्दछ। यदि हामी जान्ने बुझ्ने र सुन्नेछांै भने धर्मका बारेमा हामी एक शब्द नबोले पनि पुग्छ। हामी हाम्रो व्यवहार, चरित्र, आचरण, संस्कार, लगाव, झुकाव, शारीरिक पहिरनलाई हेरौं। हामी हाम्रो शिक्षा, दीक्षा, रोजगार तथा व्यवसायलाई पनि हेरौं। हामीले हाम्रो सीप, कला, क्षमता, योग्यता जोश र जा“गरसहितको पसिना बगाएको भूमि र माटो पनि हेरौं। यी र यस्तै कुरा हेरी सकेपछि कुन धर्मको पहरेदार हौं घोषणा गरौं।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top