Free songs
Home / समाचार / संक्षिप्त समाचार / चार सय हलिया आफ्नै घरमा

चार सय हलिया आफ्नै घरमा

जाजरकोट, (युस)– आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थाल्नुभएको छ। आफ्नो घर नहु“दा अर्काको घरमा हलिया भएर बस्दा सधैं हेलाको पात्र हुनुपरेको र शरीर थिलो–थिलो हुनेगरी कामसमेत गर्नुपरेको उहा“ले बताउनुभयो। उहा“ जस्तै अर्का बुद्धे नेपालीलाई पनि घर र जग्गा नहु“दा दैनिक पीडा पोख्नुपरेको थियो। अहिले सरकारको उपलब्ध गराएको पा“च लाख २५ हजारले घर तथा जग्गा किनेर ढुक्कस“ग बस्न पाएको बुद्धेले बताउनुभयो। उहा“हरू जस्तै जाजरकोटका चार सय हलियाले घर निर्माण गरी आनन्दस“ग बस्न पाएको बताएका छन्।

प्रतिपरिवारलाई रु. दुई लाख जग्गा किन्न र रु. तीन लाख २५ हजार घर निर्माणका लागि रकम उपलब्ध गराइएको थियो। अर्काको हलिया बसेर दैनिक जिन्दगी गुजार्दै आएका हलिया आफ्नै घरमा बसेर आफ्नै खेतबारीमा किसानी गर्न थालेपछि अहिले परिवार नै खुशी भएको बुद्धेले बताउनुभयो। पुनःस्थापना भएर आफ्नै दाजुभाइस“ग बस्न पाउ“दा जेलबाट मुक्त भएझैं लागेको अर्का कालीबहादुर टमाटाले बताउनुभयो। जिल्लाका सात स्थानीय तहमा रहेका र अर्काको घरमा काम गर्न बाध्य भएका हलिया अहिले पुनःस्थापना भएपछि निकै खुशी भएका छन्। जिल्लाका सबै ठाउ“मा निर्माण भएका घर अनुगमन गर्दा राम्रो भेटिएको र सबै परिवार खुशी भएर बसेको पाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो। अर्को जिन्दगीको शुरुआत भएको प्रतिक्रिया दिएको प्रजिअ बस्नेतले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top