Free songs
Home / समाचार / संक्षिप्त समाचार / आन्दोलन स्थगित भएको स्पष्टोक्ति

आन्दोलन स्थगित भएको स्पष्टोक्ति

 यमलाल भुसाल

बुटवल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले महासंघको जारी आन्दोलन फिर्ता नभई स्थगित मात्र भएको बताउनुभएको छ। उहा“ले सञ्चारसम्बन्धी बिभिन्न बिधेयकको बिरोधमा शुरु गरिएको आन्दोलन
फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताउनुभएको हो।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको बिहीवार सहजीकरण गर्दै उपाध्यक्ष पोख्रेलले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चारसम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका बिषय हटाउने र सरोकारवालाहरुस“ग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरिएको बताउनुभयो। उहा“ले भन्नुभयो– ‘आन्दोलन फिर्ता गरिएको होइन तेस्रो चरणका सडक आन्दोलन स्थगित गरिएको हो। प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चारसम्बन्धी बिभिन्न विधेयकमाथि छलफल, दबाबलगायतका कार्यक्रम जारी रहन्छन्।’
संघीयतालाई सफल बनाउन मिडियाको महत्वपूर्ण भूमिका हुने बताउ“दै उपाध्यक्ष पोख्रेलले मुलुक संघीय संरचनामा गएस“गै मोफसलका पत्रकारहरुको जिम्मेवारी थप बढेको धारणा राख्नुभयो।

नेपाल प्रेस युनियनका सल्लाहकार हरि लम्सालले मुलुक संघीयतामा गएपछि पत्रकारहरुको भूमिका पनि बदलिएकाले पत्रकारहरुले सक्रिय भइ सिर्जनशील तवरबाट पत्रकारिता गर्नुपर्ने बताउनुभयो। युनियनका सभापति रेखा भुसालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top