Free songs
Home / समाचार / प्रमुख समाचार / आकाशियो तरकारीको मूल्य

आकाशियो तरकारीको मूल्य

एक किलो किन्ने उपभोक्ता पाउमा चित्त बुझाउँदै

दशरथ घिमिरे

देउखुरी। लमही नगरपालिका वडा नं. ५ निवासी यमुना बस्नेत तरकारी किन्न बजार पुग्नुभयो। एक किलो तरकारी किन्ने योजनाका साथ बजार पुग्नुभएकी यमुना एक पाउ मात्रै किनेर फर्कनुप¥यो। ‘बजारमा तरकारी त छोइ नसक्नु रैछ’– उहा“ले भन्नुभयो– ‘किलो खान सकिदैन, अब पाउ मात्रै खाने हो।’ बजारमा तकारीको मूल्यले आकाश छुनै लाग्दा तरकारी बजारको अनुगमनमा कसैले ध्यान नदिएको गुनासो उहॉ“को छ। ‘तरकारीमा विषादीको तरंगले कसैले पनि बजारमा त्यसको असर कस्तो परेको छ भनेर हेर्ने आ“टसम्म गरेका छैनन्’– उहा“ले भन्नुभयो– ‘पसलेले जति भन्यो उति रुपैया“मा किन्नुपर्ने बाध्यता छ।’

यस्तै देवका रजौरेले एक हप्ताअघि २५ रुपैया“ किलो प्याज किन्नुभयो। तर अहिले बजारमा प्याजको भाउ ठीक दोब्वरले बृद्धि भएको छ। ‘तरकारीको मूल्य त दोब्वरले बृद्धि भयो’– उहा“ले भन्नुभयो– ‘हरेक दिन तरकारी किनेर खाने हामीजस्ता उपभोक्तालाई त हैरानै भयो।’ एक हप्ताको अवधिमा तरकारीको मूल्य दोव्बरले बृद्धि भएको छ। तरकारीको मूल्य आकाशिदा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्। नेपाल सरकारले भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्ने भन्दै नाकामा कडाइ गरेपछि नेपाली बजारमा तरकारीको मूल्य आकाशिन पुगेको हो। तर अहिले भारतीय तरकारी नेपाली बजारमा आइरहे पनि मूल्य भने घटेको छैन। लौका, करेला, भान्टा, खुर्सानी, परवर, भिन्डी, बोडीलगायत तरकारी भारतबाट नेपाल आउने गरेको छ।

नेपाली उत्पादनले तरकारी बजार धान्न नसकेपछि भारतीय तरकारी नेपाली बजारमा आउने गरेको हो। तर विषादी परीक्षणको ‘नाटक’ले तरकारीको मुल्य आकाशिन पुगेको उपभोक्ताको दाबी छ। दाङको प्रमुख बजार घोराही, तुलसीपुर, नारायणपुर, लमही, भालुबाङलगायतमा भारतीय तरकारी आउने गरेको छ। नारायणघाटको तरकारी भनेर बजारमा भारतीय तरकारी बिक्री हुने गरेको स्वयं व्यवसायीले बताउने गरेका छन्। केही तरकारी सल्यानबाट समेत आउने गरेको छ। तर स्थानीयस्तरमा उत्पादन भएको तरकारीले उपभोक्ताको माग धान्न नसक्ने अवस्था छ। जसले गर्दा मूल्यमा समेत असर पार्ने गरेको छ। वर्षा शुरु भएको छ। यो समयमा तरकारी समेत उत्पादन घट्ने भएपछि त्यसको असर बजारमा समेतपरेको छ। ‘स्थानीय उत्पादन घटेको छ। तरकारी अझै सटेज हु“दै जाने देखिन्छ’– लमहीका तरकारी व्यवसायी प्रकाश भुसालले भन्नुभयो– ‘तरकारीको मूल्य त हरेक दिनजसो फेरबदल भइरहन्छ। हामीले खरिदनै महंगोमा गर्छौं। अलिकति नाफा त खानैप¥यो।’

पसल पिच्छे फरक–फरक मूल्य

तरकारी पसलमा तरकारीको मूल्यमा भने एकरुपता छैन। तरकारी बजार अस्तव्यस्त र अनुगमन नह“ुदा मूल्यमा समेत फरक पर्ने गरेको छ। पसल पिच्छे एक किलो तरकारीमा १०/१५ रुपैया फरक पर्ने गरेको छ। तरकारी पसलमा मूल्यसूची समेत टागिएको छैन। पसल सञ्चालकले जति भन्यो त्यति मूल्यमा तरकारी खरीद गर्नुपर्ने बाध्यता रहेको उपभोक्ता तारा थापाले बताउनुभयो। ‘पसलमा तरकारी किन्न गयो जति भन्छन् त्यति मूल्य हाल्नै प¥यो’– उहा“ले भन्नुभयो– ‘यसो अर्काे पसलमा बुझ्न पुग्दा किलोमा १५/१५ त फरक परिहाल्छ।’

तरकारी व्यवसायीको कुनै समिति छैन। लमही क्षेत्रमा तरकारी व्यवसाय गर्दै आएकाहरुको बजार व्यवस्थित गर्न नगरपालिकाले छलफल गर्ने तयारी गरे पनि अझै सम्म हुन सकेको छैन। तरकारी बजार व्यवस्थित नहु“दा पसलपिच्छे मूल्यमा फरकपना देखिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top