Free songs
Home / फिचर समाचार / अन्तरजातीय विवाह गर्ने जोडी विस्थापित

अन्तरजातीय विवाह गर्ने जोडी विस्थापित

युगबोध समाचारदाता

जाजरकोट,  अन्तरजातीय विवाह गरेका जुनीचा“दे गाउ“पालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउ“की ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन्।

ठकुरीकी छोरी, दलितस“ग विवाह गरेको भन्दै माइती पक्षको धम्कीले उनीहरु विवाह गरेको चार वर्षसम्म पनि आफ्नो घरमा जान पाएका छैनन्। सदरमुकामस्थित भाडाको कोठामा उनीहरुले गुजारा चलाइरहेका छन्। माथिल्लो जातका भनिने माइतीपक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन बिताउन बाध्य भएका हुन्। दलितले ठकुरीकी छोरी विवाह गरेका कारण माइतीपक्षको मात्र होइन, उनीहरु सामाजिक बहिष्करणमा परेका छन्। यहा“ अहिले पनि जातीय छुवाछूत कायमै छ। विसं २०६७ मा गणेश १७ वर्षका थिए। ज्योति १५ वर्षकी। त्यतिखेर तिनीहरुबीच प्रेम बस्यो। उनीहरुबीच गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ असार २९ गते ज्योतिलाई भगाएर घर ल्याए। कथित तल्लो जातको केटास“ग बिहे गरेको भन्दै तत्काल माइतीपक्षले ज्योतिलाई खोसेर लगे। गणेशलाई कुटपिट गरे। परिवारलाई धम्क्याए। फेरि फर्केर हेरे बालविवाहको मुद्दा लगाउने र ज्यानै लिने धम्की दिएपछि गणेश केही समय पछि हटे। वास्ता गर्न छाडे। तर उनीहरुबीचको प्रेमलाई न त जातले रोक्न सक्यो न ज्योतिका आमाबुवाको धम्कीले नै।

उनीहरु उमेर पुगेपछि पुनः २०७२ कार्तिक ९ गते स“गै मर्ने स“गै बा“च्ने कसम खा“दै गाउ“बाट भागेका थिए। उनीहरु भागेर कैलालीको धनगढी गएर केही समय बसे। यता माइतीपक्षले गणेश र उनका बुवा कमारा चदाराविरुद्ध रु. आठ लाख ५० हजार चोरी गरेको आरोपसहित इलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्दा दर्ता गराए। गणेशको घरमै गएर ढुंगामुढा गर्दै एक हप्ताभित्र छोरीलाई नल्याए जे पनि हुनसक्छ भन्दै धम्क्याएको उनीहरुको भनाइ छ। प्रहरीले गणेशका बुवालाई पक्राउ ग¥यो। छोरालाई खोजेर ल्याउ“छु भनेपछि प्रहरीले कमारालाई छोडिदियो। उनले छोराबुहारीलाई जिल्ला सदरमुकाम खलंगा बोलाए। गणेश धनगढीबाट खलंगा आए। सुरक्षाका कारण देखाउ“दै गर्खाकोट जान नसक्ने बताएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालयमै बयान लियो। दुबै पक्षको बयानका आधारमा ज्योतिका बुबा उत्तम शाहले चोरी गरेको भनी दर्ता गराएको मुद्दा झुटा ठहर भएको उनीहरुको भनाइ छ।

प्रहरीले पनि उमेर पुगेका केटाकेटीको मनचित्त लागेर बिहे गरे अरुले हस्तक्षेप गर्न नहुने बताउ“दै दुबै पक्षलाई मिलापत्र गर्न आग्रह ग¥यो तर माइतीपक्षकाले मिलापत्र गर्न मानेनन् फर्केर गाउ“ गए। उनीहरुको सम्बन्धविच्छेद गराउने र जतिखेर पनि आक्रमण हुनसक्ने डरले आफूहरु गाउ“ जान नसकेको गणेशले बताउनुभयो । गाउ“कै शिवपुरी माध्यमिक विद्यालयमा दुबै अध्ययन गर्थे। ‘११ कक्षा दुबै पास भयौं तर १२ कक्षाको परीक्षा दिन पाएनँंै’– गणेशले भन्नुभयो– ‘१२ कक्षाको परीक्षा आवेदन फाराम भरे पनि माइतीपक्षको धम्कीका कारण परीक्षा दिन पाएनँंै।’ गाउ“मै रहेको विद्यालयमा अध्ययनरत उनीहरु माइतीपक्षको धम्कीका कारण दुईपटक परीक्षा छुटाइसकेका छन्। विद्यालयले स्थानान्तरणसमेत नगरिदिएपछि उच्च शिक्षा पढ्ने धोको पूरा हुननसकेको उहा“ले गुनासो गर्नुभयो। सदरमुकाममा खान बस्न समस्या भएपछि गणेशले ज्याला मजदुरी गर्नुहुन्छ भने ज्योतिले सदरमुकाममै सानो घुम्तीमा खुद्रा पसल राख्नुभएको छ। ‘जेनतेन गुजारा चलेको छ’– गणेशले भन्नुभयो– ‘गाउ“मा जान पाएको भए खेतीकिसानी गरेर जहान केटाकेटी पाल्थें। अहिले म साह्रै समस्यामा छु।’ यस अवधिमा उनीहरुका दुई छोरीको जन्मसमेत भइसकेको छ।

अझै पनि माइतीपक्षको मन पग्लिएको छैन। ‘अरु हामीलाई मतलव छैन। हाम्रो छोरी मरीसकी। तिनीहरु फर्केर हाम्रो गाउ“मा नआउन्, आए राम्रो ह“ुदैन भन्नुहुन्छ रे बाबामम्मीले मैले के बिगारेकी छु र ? प्रेम गर्नु पाप हो र ?’ ज्योतिले भन्नुभयो– ‘अहिलेको एक्काइसौं शताब्दीमा पनि जातभातको कुरा गरेर मलाई सामाजिक बहिष्कार गरे। म के गरु।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top