Free songs
Home / समाचार / संक्षिप्त समाचार / होटललाई व्यवस्थित गर्न आग्रह

होटललाई व्यवस्थित गर्न आग्रह

 जयमान बुढा मगर

रुकुकोट,  रुकुमपूर्व अस्थायी जिल्ला सदरमुकाम रुकुमकोटमा होटल व्यवसायीस“ग प्रहरीले अन्तत्र्रिmया गरेको छ।
रुकुमकोटका होटल व्यवसायीस“ग जिल्ला प्रहरीले अन्तत्र्रिया गरेको हो। अस्तव्यस्तरुपमा होटल व्यवसाय सञ्चालन भइराखेको अवस्थामा त्यसलाई व्यवस्थित तवरले सञ्चालन गर्न टेवा पुयाउन कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो।

‘होटलमा राम्रा व्यक्तिको मात्र आगमन हुन्छ भन्ने छैन खराव नियतका व्यक्तिको पनि आगमन हुन सक्छ । त्यसैले होटल व्यवसायीले अनिवार्य प्रत्येक व्यक्तिको रेकर्ड राख्नुपर्नेछ’– निरीक्षक सुनारले भन्नुभयो– ‘होटल व्यवसायीले आफ्नो होटल फष्टाउन र बाह्य पर्यटक भिœयाउने वातावरण निर्माण गर्न होटल व्यवसायीहरुस“ग अन्तत्र्रिmया गरिएको हो।’

उहा“ले थप्नुभयो– ‘होटल व्यवसायीका लागि ग्राहकस“ग शिष्ट व्यवहार आवश्यक पर्दछ त्यसखालका व्यवहारिक कार्य सञ्चालनका लागि समेत अन्तत्र्रिmया गरिएको हो।’

होटल व्यवसायीसग अन्तत्र्रिया गर्नुका साथै कार्यान्वयनका लागि विभिन्न निर्णय गरिएको छ। प्रत्येक होटलमा अनिवार्य लगबुक, आगन्तुकले होटलमा रह“दा पालना गर्नुपर्ने नियम सम्बन्धी सूचना टा“स्ने, तोकिएको समयभित्र सम्पूर्ण होटल अनिवार्य रुपमा बन्द गर्नुपर्ने र होटलका प्रत्येक कोठामा नम्बरिङ सिस्टम गर्नुपर्ने निर्णय गरेको हो।

उक्त निर्णयले आगन्तुकको सबै विवरण थाहा हुने, शान्तिपूर्ण वातावरण तथा सेवामा प्रभावकारिता आउने र बजार क्षेत्रमा झै–झगडा नहुने र शान्ति सुरक्षा कायम हुने होटल व्यवसायीले बताए।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top