Free songs
Home / समाचार / संक्षिप्त समाचार / सरकारी कार्यालयमा बगंैचा निर्माणमा जोड

सरकारी कार्यालयमा बगंैचा निर्माणमा जोड

सल्यान,  सल्यान कपुरकोटमा सरकारी कार्यालयमा बगंैचाको महत्वका बारेमा चर्चा भएको छ। भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बुधवार आयोजना गरेको गार्डेनिङ प्लानिङ गोष्ठीमा कार्यालयमा गार्डेनको महत्वका बारेमा चर्चा भएको हो।

मन्त्रालयका उपसचिव हरिप्रसाद पण्डितले सौन्दर्यताका लागि साथै सेवाग्राहीले कार्यालयमा केही समय पर्खनुपर्दा पनि बगैंचामै समय ब्यतित गर्न सक्ने भएकाले बागवानीको महत्व रहेको बताउनुभयो।

स्थानीय तहका जनप्रतिनिधिहरुबीच भएको गोष्ठीमा गाउ“पालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भीमबहादुर सेनले कृषि पर्यटनलाई अगाडि बढाउनुपर्ने जनाउ“दै जो कोही पनि प्राकृतिक सौन्दर्यतामा रमाउन सक्ने बताउनुभयो। कपुरकोट गाउ“पालिकाका
प्रमुखसमेत रहनुभएका उहा“ले सडक छेउमा फूलहरु रोपेर सौन्दर्यता बढाउनुपर्ने बताउनुभयो।

कुनै पनि सरकारी निकायका कार्यालयमा बगैंचा निर्माण गर्नुपर्ने कुरामा जोड दिदै गोष्ठीमा बगैंचाको महत्व र यसले सेवाग्राहीलाई पार्ने प्रभावको बारेमा चर्चा गरिएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top