Free songs
Home / समाचार / संक्षिप्त समाचार / शारदा नगरपालिकामा ‘एक बिरुवा, बीस रुपैया“’ अभियान ःजन्मदिनको अवसरमा एउटा बिरुवा रोप्नुपन

शारदा नगरपालिकामा ‘एक बिरुवा, बीस रुपैया“’ अभियान ःजन्मदिनको अवसरमा एउटा बिरुवा रोप्नुपन

 बुद्धि पुन

सल्यान,  सल्यानको शारदा नगरपालिकाले ‘एक बिरुवा, बीस रुपैया अभियानको शुरुवात गरेको छ। नगरलाई हरियाली बनाउने र वातावरण स्वच्छ राख्ने उद्देश्यले यो अभियान शुरु गरेको हो। अभियान अन्तर्गत एउटा बिरुवा हुर्काएवापत नगरले २० रुपैया“ अनुदान उपलब्ध गराउ“छ। नगरवासीलाई बृक्षारोपण कार्यमा सक्रिय बनाउने उद्देश्यले यो अभियान शुरु गरिएको हो।

नगरपालिकाले गएको असार महिनामा नगरका १५ वटै वडामा चौडापाते र जडीबुटी प्रजातिका १५ हजार बिरुवा निःशुल्क वितरण गरेको थियो। वितरण गरिएका बिरुवा हुर्काउने नगरवासीलाई प्रतिबिरुवा २० रुपैया“ अनुदान दिने घोषणा गरेको थियो। सोही अनुसार
‘एक बिरुवा, बीस रुपैया“’ अभियान शुरु गरिएको शारदा नगरपालिकाले जनाएको छ।

नगरप्रमुख सुरेश अधिकारीले नगरको वडा नम्बर ३ बाट ‘एक बिरुवा, बीस रुपैया“’ अभियान शुरु गरिएको बताउनुभयो। नगरपालिकाले गत वर्ष घोषणा गरेबमोजिम बिरुवा हुर्काएका नगरवासीलाई प्रतिबिरुवा बीस रुपैया“ वितरण गर्न थालिएको उहा“ले बताउनुभयो। उहा“ले नगरका सबै वडाहरुमा बृक्षारोपण गरेर बिरुवा हुर्काएका ब्यक्तिहरुलाई प्रतिबिरुवा बीस रुपैया“ उपलब्ध गराउने बताउनुभयो।

‘हामीले नगरलाई हरियाली बनाउने अठोटका साथ काम गर्दै आएका छौं । सोहीअनुसार बृक्षारोपण कार्यमा स्थानीयलाई जागरुक बनाउन यो अभियान सञ्चालन गरेका हांै’– उहा“ले भन्नुभयो। वनजंगलको विनाशले मानवीय अस्तिृत्वमाथि संकट उत्पन्न भइरहेको भन्दै वातावरणको संरक्षण गर्ने अभियानस्वरुप बिरुवा हुर्काउनेलाई प्रोत्साहनका लागि अनुदानको ब्यवस्था गरिएको उहा“ले बताउनुभयो।
नगरअन्तर्गतको कृषि शाखाका अनुसार गत असारमा वितरण गरिएको बिरुवामध्ये करिब तीन हजार बिरुवा हुर्किएको तथ्याङ्क छ। नगरका १५ वटै वडाबाट लिइएको तथ्यांक अनुसार बिरुवा हुर्काउने नगरवासीलाई सम्बन्धित वडाबाटै अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

यसैबीच शारदा नगरपालिकाले आफ्नो जन्मदिनको अवसरमा एक बिरुवा रोप्ने नीति अगाडि सारेको छ। नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा प्रत्येक नगरवासीले आफ्नो जन्मदिन पारेर एक बिरुवा रोप्नुपर्ने अवधारणा अगाडि सारेको छ। नगरलाई हरियाली बनाउन जन्मदिनको अवसरमा बिरुवा रोप्ने योजना अगाडि सारिएको शारदा नगरपालिकाले जनाएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top