Free songs
Home / समाचार / संक्षिप्त समाचार / लागूऔषधसहित पक्राउ

लागूऔषधसहित पक्राउ

घोराही,  (युस)– जिल्ला प्रहरी कार्यालय दाङले लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ। मंगलवार सा“झ साविक उवा–३ रोल्पा घरभई हाल घोराही–१३ डुमरगाउ“स्थित ईश्वरी थापाको घरमा डेरा गरी बस्ने च्याङरा भनेर चिनिने हिक्मत रोका मगरलाई पक्राउ गरेको छ। घरको शौचालयमा लुकाइछिपाइ राखेको र प्रयोग गर्दै आइरहेको डाइजापाम र निफुन सहित पक्राउ गरिएको छ।

रोकाको साथबाट डाइजापाम र निफुन २÷२ एमएल लेखेको १०÷१० थान बरामद गरिएको छ। पक्राउ परेका रोकालाई लागूऔषध नियन्त्रणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता विनोद विक्रम शाहले विज्ञप्ति जारी सार्वजनिक गर्नुुभएको छ।

साथै घोराही उपमहानगरपालिका –१० घर भई हाल घोराही–१३ मा बस्दै आइरहेका २३ वर्षीय केशव डा“गी, साविक रोल्पा कुरेली–८ घरभई हाल घोराही–१३ मा बस्दै आइरहेका २२ वर्षीय रमेश बुढा मगर र घोराही–१४ का २६ वर्षीय दामबहादुर पुनलाई पनि पक्राउ गरिएको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top