Free songs
Home / फिचर समाचार / रोकिएनन् हिंसा

रोकिएनन् हिंसा

आभास बुढाथोकी

घोराही। पितृसत्तात्मक सोच बोकेको नेपाली समाजमा अहिले पनि महिलामाथि हुने हिंसा रोकिएको छैन। जिल्लामा भएका अनेक प्रकृतिका घटनाहरु केलाउ“दा महिलामाथि हुने हिंसा अहिले पनि कायमै छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको लंैगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा हिंसामा परेर आउने महिलाको संख्या धेरै छ। बितेका तीन वर्षमा मात्रै विभिन्न प्रकृतिका गरी हिंसामा परेका एक हजार पाच सय ८३ जना आइपुगेका छन्। आर्थिक वर्ष ०७३/०७४ मा चार सय ९४, ०७४/०७५ मा पाच सय ८३ र ०७५/०७६ को जेठ मसान्तसम्म चार सय ९५ हिंसाका घटना आएका छन्। केन्द्रकी नर्सिङ स्टाफ हिमा घर्तीका अनुसार महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसाहरु बढ्दो देखिन्छ।

महिलामाथि हुने हिंसाका प्रकृति फरक–फरक भए पनि घरेलु हिंसा र यौनजन्य हिंसाका घटनाहरु बढी आउने गरेको घर्ती बताउनुहुन्छ। ‘अधिकांश घटना हेर्दा घरेलु हिंसाका सबैभन्दा धेरै छन्’– उहा भन्नुहुन्छ– ‘त्यसपछि यौनजन्य हिंसामा परेर आउने महिलाको संख्या पनि ठूलो छ।’ उहा“का अनुसार घरेलु हिंसाका प्रकृति हेर्दा शारीरिक कुटपिट, मानसिक यातना दिइने र यौनजन्य हिंसामा बलात्कार र बलात्कारका प्रयासका घटनाहरु धेरै छन्।

तथ्यांककै आधारमा हिंसाका शिकार भएका १५–४९ वर्ष उमेर समूहका महिलाहरु बढी छन् भने १४ वर्षमुनिका पनि उत्तिकै छन्। ‘वयस्क महिलादेखि बालिका र किशोरीहरु पनि हिंसाको शिकार हुने गरेका छन्’– उहा“ भन्नुहुन्छ। त्यस्तै हिंसामा परेर आएका महिलाको घटनाक्रम हेर्दा अधिकांश अशिक्षित र आर्थिकस्तर कम भएका महिलाहरु छन्। ‘विशेषगरी ग्रामीण क्षेत्रमा बस्ने महिलाहरु बढी हिंसाका शिकारछन्’– उहा भन्नुहुन्छ ।

हिंसाको स्वरुप फेरिदै

पछिल्ला वर्ष शारीरिक हिंसाका घटनाहरु भन्दा मानसिक हिंसाका घटनाहरु बढी आउन थालेको ओसीएमसीको तथ्यांकले देखाउ“छ। ‘अहिले हिंसाका घटनाहरुमध्ये मानसिक हिंसाका घटना धेरै छन्’– उहाले भन्नुभयो– ‘शारीरिक कुटपिटमात्र नभई धाक, धम्कीजस्ता अनेक मानसिक हिंसाहरु महिलामाथि बढिरहेको छ।’ उहा“का अनुसार हिजोका दिनमा महिलाहरुलाई शारीरिक यातना दिइन्थ्यो भने अहिले मानसिक यातना।’ मानवअधिकारकर्मीहरुको भनाइमा पनि हिंसाको स्वरुप फेरिएको छ।

महिला अधिकारकर्मीहरुको भनाइमा महिलामाथि हुने जुनसुकै हिंसा अन्त्यका लागि कानुन कार्यान्वयन गरिनु आवश्यक छ।
‘अहिले पीडितले न्याय नपाउने र पीडक भने खुलेआम हि“डिरहेको अवस्था छ’– उनीहरु भन्छन्– ‘यसले झन् महिला हिंसा गर्नेहरुलाई हौस्याइरहेको छ।’ त्यस्तै महिलामाथि हुने हिंसाबिरुद्ध सचेतना र कानुनी साक्षरता बढाइनुपर्ने आवश्यक ठान्छन् उनीहरु।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top