Free songs
Home / समाचार / संक्षिप्त समाचार / ‘माक्र्सवाद र एशियाली/पूर्वीय दर्शन’ अन्तर्राष्ट्रिय सम्मेलन हुने

‘माक्र्सवाद र एशियाली/पूर्वीय दर्शन’ अन्तर्राष्ट्रिय सम्मेलन हुने

घोराही,। नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको आयोजनामा
‘माक्र्सवाद र एशियाली÷पूर्वीय दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुनेभएको छ।

साउन ३२ देखि भदौ ३ गतेसम्म काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको हो। नेपाल पूर्वीय दर्शनको उद्गमस्थल र माक्र्सवादको अभ्यास गर्ने स्थलका रुपमा गतिशील रहेकाले सम्मेलन आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।

माक्र्सवादको आ“खाले एशियामा उत्पन्न भएका दार्शनिक दृष्टिलाई हेर्नुपर्ने र एशियाली÷पूर्वीय दर्शनले माक्र्सवादलाई जसरी हेर्नुपर्ने हो त्यसमा ह्रास आएकाले दुबैमा भएको महत्वपूर्ण विचार एवं व्यवहारका विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।

विश्वभर चलेका दार्शनिक चिन्तनका सम्बन्धमा एशियाली÷पूर्वीय दर्शनको मूलमर्मको खोजी गर्ने, माक्र्सवाद र एशियाली÷पूर्वीय दर्शनका समानता र विषमताका बारेमा नया“ अवधारणा विकास गर्नु, राज्य सञ्चालनको विधिमा दुबै अवधारणाबारे प्रामाणिक दृष्टिकोण प्रस्तुत गर्ने लक्षसमेत सम्मेलनको छ।

समाज र दर्शनको चिन्तन प्रणालीका विषयमा नवीन आयाम पत्ता लगाउनु र छलफल गर्नु, नया“ दार्शनिक चिन्तन पद्धतिको विकास गर्नु, संस्कृत भाषा विज्ञान र माक्र्सवादी चिन्तनको आधार अन्वेषण गर्ने लक्षसाथ सम्मेलन आयोजना गरिएको हो।
एशियामा धेरै सभ्यताको शुरुवात भएकाले तिनका बारेमा जानकारी दिने उद्देश्यसमेत सम्मेलनको छ। बौद्ध दर्शनको शुरुवात नेपाल, कन्फ्युसियस र ताओ दर्शन चीन, पूर्वीय दर्शनका धेरै सभ्यताको आरम्भ नेपाल र भारतका विभिन्न स्थानबाट भएको थियो। यसैगरी जापानबाट पनि यस्तै किसिमका सभ्यताको विकास भयो।

मानव सभ्यताको समान लक्षका लागि भन्ने नाराका साथ सम्मेलन गरिने जनाइएको छ। सम्मेलनमा चीनका प्रा लिउ झिओतिङ (ीष्ग ह्ष्बयतष्लन) लगायत विज्ञले कार्यपत्र प्रस्तुत गर्नुहुने छ। अन्य विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्न इच्छुक विज्ञलाई आयोजक समितिले सार्वजनिकरुपमा आह्वान गरेको जनाइएको छ।

सम्मेलन आयोजना गर्न चीनको बेइजिङस्थित विज्ञान तथा मानवीयता अध्ययन केन्द्रका निर्देशक जिओटिङको संयोजकत्वमा चार सदस्यीय आयोजक समिति गठन गरिएको सचिव एवं संस्कृत विश्वविद्यालय बौद्ध दर्शन विषयका उपप्राध्यापक डा. प्रेमराज न्यौपानेले जानकारी दिनुभयो।

समितिमा नेपाल खुला विश्वविद्यालय दर्शन विभागका डा. खगेन्द्र प्रसाईं र रामचन्द्र कार्की सदस्य हुनुहुन्छ। सम्मेलनमा नेपाल, भारत, चीन, थाइल्याण्ड, बेलायत, मरिसस, अमेरिका, क्यानडा, कोरियालगायत देशका विज्ञ सहभागी हुने जनाइएको छ। सहभागीले विचार विमर्श गरी विश्वमा नया“ दार्शनिक चिन्तन पद्धतिको प्रारम्भ गर्ने लक्ष राखिएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top