Free songs
Home / फिचर समाचार / महिला चालक राखेर चलाउने नगर बस भित्रियो

महिला चालक राखेर चलाउने नगर बस भित्रियो

युगबोध समाचारदाता

बाके। नेपालगञ्ज उप–महानगरपालिकाले नगर बस भिœयाएको छ। महिला चालक राखेर नगर बस चलाउने उपमहानगरपालिकाको योजना छ।

प्रदेश सरकारले सहयोग गरेको सात करोडमध्ये पा“च करोड खर्च गरेर उपमहानगरपालिकाले सातवटा नगर बस चलाउदैछ।

नेपालगञ्जदेखि खजुरा, कम्दी, गौघाट, बेतहनी, कोहलपुरलगायत ठाउमा सञ्चालन गरिने नगर बसको चालक महिला हुने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो। महिला चालक उत्पादन गर्न उपमहानगरपालिकाले ७१ जनालाई प्रशिक्षण दिएको छ। ‘तालिम पाउने बित्तिकै बस चलाउन त सक्दैनन् होला, शुरुमा उनीहरुलाई खलासी, कन्डक्टर राखेर चालकको सीटमा पु¥याउ“छौं’– प्रवक्ता रिजालले भन्नुभयो– ‘कोही चलाउन सक्ने महिला आए शुरुमै स्टेरिङ समात्न पाउछन्।’

बस सञ्चालनका लागि नेपालगञ्ज उप–महानगरपालिकाले कार्यविधि बनाउ“दैछ। बसमा क्यामेरा जडान गरिने प्रवक्ता रिजालले जानकारी दिनुभयो। ‘दुव्र्यवहार, चोरी नहोस् भनेर बसमा क्यामेरा जडान गर्दैछौं’– रिजालले भन्नुभयो।

नेपालगञ्जदेखि कोहलपुर, खजुरा र गौघाटका लागि माइक्रोबस र सनराइज (सानो गाडी) यात्रुका लागि चलिरहेको छ।

उपमहानगरपालिकाले ग्रामीण बजारसम्म सहुलियतमा नगर बस चलाउने योजना अघि सारेको हो।

नेपालगञ्जदेखि ग्रामीण बजारसम्म सिधै बस चलेमा त्यस क्षेत्रका वासिन्दाले धेरै राहत पाउने प्रवक्ता रिजालको भनाइ छ। बस साउनपछि नै सञ्चालनमा आउनेछन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top