Free songs
Home / समाचार / संक्षिप्त समाचार / बाकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

बाकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

नेपालगञ्ज,  (रासस)– दुई दिनदेखिको अविरल वर्षाका कारण बा“केको डुडुवा गाउ“पालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ।

सो गाउपालिका–२ स्थित कजवे डुुुबाउदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो।

बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पु¥याएको छ। सोमवार र मङ्गलवार रातभरि परेको पानीले डुडुवामा बाढी आउ“दा डुडुवा गाउ“पालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताउनुभयो। बाढीका कारण सो गाउ“पालिकाको वडा नं. ३ राजारामपूर्वाका मोलहे अहिरका तीन भैंसी मरेका छन्। भैैंसीलाई बाढीले बगाएको थियो।
यसैबीच जिल्ला विपत व्यवस्थापन समितिले बा“केको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी गराउनुभयो।

यसैगरी नेपालगञ्जमा भएको दुई दिनदेखिको अविरल वर्षाका कारण नगरका होचा बस्ती डुबानमा परेका छन्। ढल तथा नालाको निकास थुनिदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन्। नालाको निकास नहु“दा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाकेगाउ, कोरियनपुर, भृकुटीनगर, कारका“दो, रा“झालगायत क्षेत्र जलाम्य भएका छन्।

ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज– १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ। थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएकोे स्थानीयवासीको गुनासो छ। एशियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहु“दा नेपालगञ्जवासी आक्रोशित भएका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top