Free songs
Home / समाचार / संक्षिप्त समाचार / नेपालले जित्यो इस्टर्न रिजनको उपाधि

नेपालले जित्यो इस्टर्न रिजनको उपाधि

काठमाडौं,  (युस)– नेपालले एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ। मलेसियामा मंगलवार भएको फाइनलमा नेपालले हङकङलाई छ विकेटले पराजित ग¥यो।

नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा ४३ दशमलव एक ओभरमा ९५ रनमा अलआउट भयो। जवाफमा नेपालले १६ दशमलव एक ओभरमै लक्ष पूरा ग¥यो। नेपालले २०१७ को पछिल्लो संस्करण जित्दा पनि मलेसियामै भएको फाइनलमा हङकङलाई पा“च विकेटले पराजित गरेको थियो। उपाधिस“गै नेपालले अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म श्रीलंकामा हुने एसीसी यु–१९ एसिया कपमा स्थान पक्का गरेको छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र कुवेतले प्रतिस्पर्धा गर्नेछन्।

नेपाललाई विजय दिलाउनेक्रममा पवन सर्राफले ३९ रन बनाए। रित गौतमस“ग पहिलो विकेटमा सात ओभरभित्र ५२ रनको साझेदारी गरेका पवनले ३६ बल खेली पा“च चौका र एक छक्का प्रहार गरे। खडकबहादुर बोहरा आठ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए। भीम सार्की आठ रन बनाई अविजित रहे। स्पिनर सागर ढकालले ५ विकेट लिएर हङकङलाई धरारायी बनाएका थिए। उनले कुल १० ओभरमा ५ मेडन राख्दै १८ रन खर्चे। अन्तिम ओभरमा उनले नौ रन खर्चेका थिए। सागर खेलको पहिलो ओभर नै बलिङ लिएर आएका थिए। उनले आफ्नो पहिलो दुई ओभरमा ओपनर नसरुल्ला राना र राहुल शर्मालाई आउट गर्दा हङकङले बिना रन दुई विकेट गुमाइसकेको थियो।
सागरस“गै आएका ओपनिङ बलर कमलसिंह ऐरीले ३ विकेट लिए। तीब्र बलर कमलले सो क्रममा आठ ओभरमा दुई मेडन राख्दै २३ रन खर्चे। कुशल मल्ल र तिलकराज भण्डारीले एक–एक विकेट लिए। हङकङबाट कप्तान आदित गोरावाराले २४, ओपनर मार्क चल्लुले १९ र रौनक कपुरले १२ रन बनाउनुबाहेक अन्य कसैले दोहोरो स्कोर बनाउन सकेका थिएनन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top